हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’

काठमाडौं । राजधानीको नक्सालमा ‘दी पोश आउटफिटर्स’ नामक बुटिक सञ्चालनमा आएको छ । उक्त बुटिकको बुधबार अभिनेत्री शिल्पा मास्के, हेयर स्टाइलिस निल डेभिड कटवाल र बुटिक एशोसिएसन अफ नेपालका अध्यक्ष उज्जलकृष्ण श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा अभिनेत्री मास्केले ‘दी पोश आउटफिटर्स’को विशेषताबारे आफूलाई मनपरेको बताइन् । उनले भनिन्, ‘यो बुटिकले दैनिक प्रयोगमा आउने क्याजुअल पहिरनलाई प्राथमिकता दिएको रहेछ, जुन अरु बुटिकले गरेको पाइँदैन ।’ अभिनेत्री मास्केले अबका दिनमा आफूलाई क्याजुअल पहिरन चाहिएमा दि पोशमै आउने बताइन् ।

उक्त बुटिकलाई फेसन डिजाइनरद्वय नेना राई र सम्झना राईले सञ्चालनमा ल्याएका हुन् । ‘दी पोश आउटफिटर्स’ बुटिकले नामजस्तै काम पनि भिन्न गर्ने उनीहरुको भनाइ छ । कार्यक्रममा नेना र सम्झनाले भने, ‘बुटिक फेसन’ भन्नेवित्तिकै ‘महँगो होला’ भन्ने बुझाइ छ । तर, त्यसलाई हामी चिर्न चाहन्छौँ ।’ उनीहरुले सर्वसाधारण व्यक्तिको पहुँच पुग्नेगरी दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएको सुनाए ।कार्यक्रममा बोल्दै बुटिक एशोसिएनका अध्यक्ष श्रेष्ठले डिजाइनरद्वयलाई शुभकामना दिए । ‘फेसनको दुनियाँमा केही नयाँ काम गरौँ भन्ने उद्देश्यले बुटिक सञ्चालनमा ल्याएकामा खुसी लाग्यो’ उनले भने, ‘यहाँहरुलाई सफलताको शुभकामना छ ।’
त्यस्तै, हेयर स्टाइलिस तथा फेसन डिजाइनरसमेत रहेका कटवालले दि पोशको बुटिक कन्सेटको प्रसंशा गर्दै भने, ‘अन्य बुटिकहरुभन्दा फरक सोच र उद्देश्यले सञ्चालनमा आएको यो बुटिकले पक्कै फेसन पारखीको चाहनालाई पूरा गर्ने छ भन्ने मलाई लागेको छ ।’ नेना र सम्झना इन्टरनेशनल इष्न्टिच्युट अफ फेसन टेक्नोलोजी (आईआईएफटी)को उत्पादित डिजाइनर हुन् ।
नेना र सम्झनाले आईआईएफटीबाट डिप्लोमा कोर्ष सकेपछि दी पोश आउटफिटर्स सञ्चालनमा ल्याएका सुनाए । उनीहरुले राजधानीमा खुलेका अन्य बुटिकहरुभन्दा फरक सेवा प्रदान गर्ने समेत दावी गरेका छन् ।डिजाइनर तथा सञ्चालिकामध्ये नेनाले भनिन्, ‘दी पोश आउटफिटर्सको स्लोगन नै ‘सिम्पल एण्ड क्लासिक’ राखेका छौँ । हामी अर्डरअनुसार अन्तर्राष्ट्रियस्तरको पहिरन सर्वसुलभमा उपलब्ध गराउँछौँ । हामी चाहन्छौँ, बुटिकमा सबैको पहुँच पुगोस् ।’ दी पोशले विशेषगरी क्याजुअल पहिरनमा ध्यान दिए पनि अर्डरअनुसार सारी, गाउन, टप्स, कुर्था–सुरुवाल इत्यादी तयार गर्ने सम्झनाले बताइन् । दी पोश आउटफिटर्सको सुरुवाती लगानी २० लाख रुपैयाँ रहेको बताइएको छ ।






  • गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न
  • गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।
  • दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा
  • बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution