हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

अमेरिकाको प्रसिद्ध फोर्ब्सको ” फोर्ब्स ३० बर्ष मुनी का ३०,” २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौट

विजय थापा
काठमाडौं । विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले “फोर्ब्स ३० बर्ष मुनीका ३० ” २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् । उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चन अमात्य ,जोली अमात्यकि बहिनि पनि हुन् l

२०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् । उक्त सूचीमा हिरोशी मिकितानी ,प्रमुख कार्यकारी अधिकारी (सीईयो) -राकुटेन ,सिनो भेसन उद्यमका काइ फु लि ,संगीत निर्देशक ,कलाकारहरु लगायत अन्य सम्मानित भएका छन् । अमात्य भन्छिन ” विश्वभरका लाखौं महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारि दिन्छन्। यो मान्यता मलाई महिलाहरुको लागि सक्रिय, सुरक्षित र निष्पक्ष रुपमा भाग लिनको लागि नयाँ अवसर सिर्जना गर्न मेरो यात्रामा लड्नको लागी प्रेरणा दिएको छ । तिनीहरूलाई गरिबीबाट बचाउन मद्दत गर्दछ उनि भन्छिन ।
बिघटन तथा नविन पद्धति नामक बिषय वस्तु तय गरिएको यस बर्षको सूची बिशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० बर्ष तल उमेरका लाई १० वर्गमा विभाजित बनाईएको थियो । जस्ले परम्परागत ज्ञानलाई चुनौती दिदै तथा भावी पिढीहरुका लागि नियमहरुलाई पुन: लेखन गर्ने रहेको थियो । उक्त १० वर्गमा कला ,मनोरंजन तथा खेलकुद ,वित्तीय तथा उद्यम पूँजी ,संचार ,बजारीकरण तथा बिज्ञापन आदि रहेका थिए ।

२३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उधमी तथा हाल उनि युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् । अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन स्थापना कि संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् ।

उनको संस्थाले खाद्यान्नको असुरक्षा र दिर्घकालिन जल संस्कृति गरीबीको समाधान गर्न मद्धत गर्दछ । त्यति मात्र हैन उनको संस्थाले ग्रामिण महिलाहरुलाई बित्तिय सहयोग ,प्रबिधि ,स्थानीय पूँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम संचालन गर्न तालिम समेत दिने गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको थियो ।

यसै गरि अमात्य अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाएकी थिइन् l

नेपाली चेलीः कन्चन अमात्य

नेपाली चेलीः कन्चन अमात्य

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् ।
उनले व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै गरि अमात्य गत बर्ष ” २०१७ एभ्रिडे योङ्ग हिरो अवार्ड ” बाट सम्मानित भएकी थिइन् भने उक्त पुरस्कार युथ सर्विस अमेरिकाले आयोजना गरेको थियो । यसै गरि बेलायत को इम्प्याक्ट ईस्क्वार्ड ले गरेको एक सय जना को सूचीमा २५ बर्ष मूनिका युवा नेतृत्वहरुको सूचीमा कन्चन अमात्य छनौट भएकी थिइन् ।

यसै गरि महिला आर्थिक मंचले गत अप्रिल महिनामा अमात्यलाई “२०१८ योङ्ग लिडर्स अवार्ड “बाट पुरस्कृत गरेको थियो ।






  • तेह्रथुमको छथर शुक्रबारे बजारमा संबिधान तथा राष्ट्रिय दिवस -२०७६(फोटो फिचर)
  • बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
  • कला क्षमता प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन्छु – मोडल सिर्जना थापा
  • इण्डियन मोडल गीता बर्मा नेपाली मोडलिङ क्षेत्रमा आफ्नो भबिष्य खोज्दै
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution