हेडलाईन

नेपाली कथानक चलचित्र ”तक्दिर ” को फष्ट लुक्स सार्वजनिक ।         गायिका गीता देवी सुनारकोनयाँ सालैजो गीतको म्युजिक भिडियो सार्वजनिक         टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज        

कार्यक्रमहरु

आजको राशीफल

आजको पञ्चाङ्ग

वि.सं. २०७४ साल जेठ ८ गते। सोमबार। इश्वी सन् २०१७ मे २२ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। उत्तरायण। ग्रीष्म ऋतु। नेपाल संवत् ११३७ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– एकादशी, १०:२१ बजेउप्रान्त द्वादशी। नक्षत्र– उत्तरभाद्रपदा, ६:१४ बजेउप्रान्त रेवती। योग– प्रीति, ११:२१ बजेउप्रान्त आयुष्मान्। करण– वालव, १०:२१ बजेदेखि कौलव, २१:३२ बजेउप्रान्त तैतिल। आनन्दादिमा गद योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ५:१४ बजे, सूर्यास्त– १८:४९ बजे र दिनमान ३३ घडी ५८ पला। पञ्चक। अपरा एकादशी व्रत।

 

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

1
धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । पारिवारिक समस्या हल गर्ने दिन हो । जीवनसाथी वा बालबच्चासँग कुराकानी गरी व्यवहारिक जानकारी लिनु असल हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा पहेंलो वा केशरी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धर्मराजाय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

2
पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । स्वास्थ्यमा सुधार आउने छ । सानोतिनो समस्याले तपाईंको उत्साहमा कमी ल्याउने छैन । नयाँ काम थाल्दा व्यवहारिक लाभ पुग्नेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

3
दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । घरपरिवारमा हर्षको वातावरण हुनेछ । दिन मनोरञ्जनपूर्ण रहनेछ । आनन्द र रमणीयताका लागि समय र धन खर्च हुन सक्छ । घुमघाम, भ्रमण र पर्यटनको अनुकूलता मिल्नेछ । रमाइलो र रमझममा समय व्यतीत हुने समय छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

4
रिस, आवेग र क्रोधलाई नियन्त्रणमा राखी काम गर्दा राम्रो प्रतिफल पाइने दिन छ । पुख्र्यौली सम्पत्तिको विवाद छ भने आज त्यसलाई निराकरण गर्ने दिन हो । आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ । बन्धुवान्धव र साथीभाइले काममा सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । मनमा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

5बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

6पारिवारिक समस्यामा समय र धन खर्च हुनसक्छ । घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । रोजगारी र बन्दव्यापारमा कडा परिश्रम गरेमा सोचेजस्तै उपलब्धी लिन सकिने छ । अभिभावक, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना पनि छ, चुप लाग्नु र संयम हुनु बेस हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

7
लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। चिताएको काममा बाधा हुँदा मन खिन्न हुनेछ। दिनभरि सानातिना घरेलु काममै अल्झनुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। स्वास्थ्य कमजोर रहनाले पढाइलेखाइमा पनि समय दिन नसकिएला। सवारीमा सावधानी अपनाउनुहोला। हुलमुलमा धनमाल हराउन सक्छ। साथीभाइको सहयोग जुटाउन प्रयत्न गर्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

8हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

9क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

10शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धैर्यले काम लिने समय छ । काममा साथसहयोग वा सद्भाव मिल्न कठिन छ । साथीभाइ टाढिने छन् । लगानीमा रहेका धनको उचित प्रतिफल नआउनाले मन खिन्न हुनेछ । बन्दव्यापार र व्यवसायमा समय दिन सकिंदैन र सोचेबमोजिम काम नबन्न सक्छ । प्रणयसम्बन्धमा चिसोपन आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

11जिम्मेवारीप्रति सचेत रहनुपर्छ, परिश्रम र मिहिनेत गर्न सकेमा बन्नलागेको कुनै काममा चिताउँदै नचिताएको सफलता पाउन सक्नुहुन्छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । आर्थिक समस्याले पिरोल्ने छ । व्यापारव्यवसायमा सामान्य छ । आर्थिक पक्षमा ठूलो फड्को मार्न सक्नुहुन्न । पारिवारिक जीवन सामान्य छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

12गरेको प्रयास सार्थक बन्नेछ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर प्राप्त गर्नेछन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । परिवारका सदस्यको स्वास्थ्यमा देखिएका समस्या हट्ने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।


मोडेल / मनोरन्जन

भर्खरै...

लोकप्रिय

रोचक खबर

नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

roshan pokharel / December 29, 2019

गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

roshan pokharel / December 25, 2019

फेसबुक

 म्युजिक भिडियोहरु

बिज्ञापनका लागि:
 kanchanjanghaonline@gmail.com
लेख, रचना र समाचारका लागि:
 kanchanjanghaonline@gmail.com
हालसम्म पाठकहरुको संख्या:
हालसम्म हेरिएको संख्या
कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
संस्थापक:
संयोजक/प्रधान सम्पादक:
डेस्क सम्पादक:
सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution