हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

खाडी संकटको नेपाल असरः इतिहादद्वारा काठमाडौं—दोहाका सबै उडान रद्द

काठमाडौं -२२ जेठ/साउदी अरब नेतृत्वमा चार मुस्लिम मुलुकहरुले कतारलाई एक्लाउँदै कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेपछि युनाइटेड अरब एमिरेट्स (युएई) को एयरलाइन्स कम्पनी इतिहादले काठमाडौंबाट दोहा जाने सबै उडानहरु बन्द गरेको छ।

एयरलाइन्सले आज सोमबार साँझदेखि अर्को सूचना जारी नभएसम्मका लागि उडान बन्द गर्ने जनाएको हो। टिकट बुक गरिसकेका ग्राहकहरुको लागि इतिहादले वैकल्पिक व्यवस्था गर्ने अथावा टिकट फिर्ता गर्ने सुविधा दिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

इतिहादले काठमाडौंबाट अावुधावी हुँदै दोहाको उडान गर्दै अाएको थियो। उसले काठमाडौंबाट दोहाका लागि दैनिक दुई उडान गर्दै अाएको थियो। खाडी संकटसँगै एयरलाइन्स कम्पनीहरुले दोहा उडान रद्द गर्दा वैदेशिक रोजगारीमा जाने नेपालीलाई प्रत्यक्ष असर पर्ने भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणको केही समयपछि साउदी अरब नेतृत्वमा युएई, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेका हुन्।
अवुधवीबाट इतिहादको दोहाका लागि अन्तिम अाज राति हुनेछ। सो उडान स्थानीय समयअनुसार अनुसार सोमबार राति ९:३५ मा गर्ने एयरलाइन्सले जनाएको छ। यसैगरी दोहाबाट अवुधवीका लागि अन्तिम उडान यीवाइ ३९८ कलसाइन भएको विमानबाट स्थानीय समय अनुसार १०:५० मा हुनेछ।

ट्रम्प नीतिले खाडीमा तरंग
साउदी अरबसहित चार मुलुकले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेद गरेपछि खाडी मुलुकहरुबीच नयाँ समस्या पैदा भएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रियाद भ्रमणको केही समयपछि साउदी अरब नेतृत्वमा युएई, इजिप्ट र बहराइनले कतारसँग कुटनीतिक सम्बन्ध विच्छेदको निर्णय गरेका हुन्।

कतार र इरानबीचको सम्बन्धलाई लिएर मुस्लिम मुलुकहरुमा विभाजन देखिनुमा अमेरिका फ्याक्टर निर्णायक देखिएको अन्तरार्ष्ट्रिय मिडियाहरुले उल्लेख गरेका छन्। इरानको सहयोगमा आतंककारी गतिविधि फैलाउन कतारले योगदान पुर्‍याइरहेको आरोप लगाउँदै चार साउदी गठबन्धनका मुलुकहरुले कतारलाई एक्ल्याउने निर्णय गरेका हुन्। इरान र अमेरिकाबीच सम्बन्ध तनाबपूर्ण छ।

रियाद्ले कतारसँगका सबै स्थल हवाई तथा सामुद्रिक सीमाना बन्द गरेको छ। आतंकवादी खतराबाट देशलाई जोगाउन भन्दै साउदीले सोमबार बिहान राष्ट्रिय सुरक्षाका लागि उक्त घोषणा गरेको जनाएको छ। कतारी नागरिकलाई देश छोड्न साउदीले दुई हप्ताको समय दिएको छ। उसले कतारसँगको हवाई सम्पर्क समेत विच्छेद गर्ने निर्णय लिएको छ।

साउदी, इजिप्ट, युएई र बहराइनका सबै एयरलाइन्सहरुले कतारको उडान नगर्ने घोषणासँगै इतिहादको काठमाडौं—दोहा उडान प्रभावित बनेको हो।

बहराइनले कतारका कुटनीतिज्ञहरुलाई देश छोड्नका लागि ४८ घण्टाको समय दिएको छ। इजिप्ट विदेश मन्त्रालयले पनि एक विज्ञप्ती निकाल्दै राष्ट्रिय सुरक्षाको विषयलाई विशेष महत्व दिँदै कतारका जहाज र विमानका लागि सबै मार्ग बन्द गरिएको घोषणा गरेको छ।

‘अन्यायपूर्ण निर्णय’
कतारको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै साउदी अरब नेतृत्वमा चार मुलुकहरुले गरेको निर्णय ‘अन्यायपूर्ण’ भएको जनाएको छ। कतारले विज्ञप्ति जारी गर्दै उनीहरुको निर्णयले ‘एक सार्वभौमसत्ता सम्पन्न राष्ट्रको सार्वभौमिकतामा खलल पुर्‍याएको’ बताएको छ।






  • यसरी बनाउन सकिन्छ जाडोमा उपयुक्त खसीको खुट्टाको सुप
  • किराँतहरुको चाड ‘चासोक तङनाम’ संक्षिप्त परिचय ।
  • मिङ्वा लिम्बू मृत्यु प्रकरण प्रहरीको भूमिका शंकास्पद !
  • जथाभावी हर्न बजाउने बानी भए छोडिहालौं, वैशाख १ देखि कार्वाही
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution