हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

गायनमा सक्रिय बन्दै गायिकाः नित्याशिवा

सुनसरीको प्रकाशपुर जन्मथलो भएपनि कर्मथलो काठमाडौँलामई बनाएर नेपाली सांगीतक आकाशमा राम्रो सम्भावना भएकी गायिका हुन नित्याशिवा । आफ्नो पहिलो एल्बम चाहना मनको गीतबाट नेपाली संगीतिक क्षेत्रमा प्रवेश गरेकी उनले हाल सम्म चलचित्र तथा पार्श गायनको क्षेत्रमा बर्चस्व राख्न सफल भएकी छन । उनले बिधवा ,रथ,गोरे,दिलदार, कन्फ्युज,मदहोस आरोप र इ कैसन बौछा र भोजपुरी मुभी मा आवाज दि सकेकी छन भने थुप्रै भोजपुरी गीत र नेपाली गीत हरु गाएकी छन हालै तिमी ट्याटु खोपन बाट आम दर्शक तथा स्रोताको मन मुटुमा बस्न सफल भएकी छन । तिनै गायिका नित्याशिवा सगँ सहकर्मी साथी  रोशन पोखरेलले गर्नुभएको संक्षिप्त कुराकानीको अंश ।

✍तपाईको बाल्यकाल कसरी बितेको थियो ?
मेरो बाल्य काल सुनसरीको प्रकाश पुरमा सामान्य परिवारमा बित्यो खास गरी मेरो प्राबि तहको अध्ययन गाउँमै भयो । त्यसपछि हाईस्कूल तह भने शहरमा गरियो अनि कलेज पनि त्यही शुरु गरे ।

✍साँगितिक क्षेत्रमा कसरी प्रवेश कसरी भयो ? 
म यो क्षेत्रमा सानैदेखि लागेकी हुँ जति बेला म ५-६ कक्षामा पढ्थे होला त्यस बेला म टेबल ठटाएर गीत गाउँथे । पछि काठमान्डौँ आएपनि संगीत प्रतिको मोहले तान्यो र संगीतको क्लास गर्न लागे । जसको केही समय पछि मैले “चाहना ” बोलको गीत बजारमा ल्याए । पहिलो एल्बम भएर होला खासै गीतले सफलता दिएन । त्यसपछि मैले विधवा गीतमा आफनो आवाज दिए । जुन गीतलाई धेरैले मन पराउनुभयो । जसको सफलताबाट आज सम्मपनि संगीतको क्षेत्रमा रहेकी छु ।

✍संगीतिक क्षेत्रको व्यवसायिक अवस्था कस्तो छ ?
अहिले व्यवसायिक दृष्टिले नेपाली गीत संगीतको अवस्था नाजुक छ बिक्री बितरण छैन सिडीहरु जादैन क्यासेटहरु बन्द भइ सक्यो पिआरबिटी र सिआरबिटीको पैसा कतिको आउला र यूट्यूबमा हालेको गीतको पैसा कहाँ जान्छ हाम्रो खास स्रोत भनेको केवल स्टेज कार्यक्रम मात्र हो । त्यसमा पनि कहिले यस्तै सहयोगको कुरा आउँछ । खास गरी साथी भाइले बिदेश तिर कार्यक्रमहरु गर्छन हाम्रो खास स्रोत भनेकै त्यही हो ब्यबसायीक हिसाबले अहिले निकै गाह्रो छ तर पनि गीत संगित बचाउन निरन्तर गाउने विचारमा छु ।

✍गीत संगितमा नलागेको भए नित्या शिवा लाई कहाँ भेटिन्थ्यो होला ?
यो क्षेत्रमा नलागेको भए सायद अन्य कुनै सामान्य मानिस सरहको जिवन ब्यक्तित गर्नुपर्यो होला । जुन आम नागरिक सरहको कुने थियो होला ।

✍यहाँलाई नित्या शिवा भनेर चिनाउने गीत कुन कुन हो ?
आफ्नो सिर्जना आफुलाई सबै नै प्यारो हुन्छन् तर पनि सम्झिनु पर्दा बिधवा ,रथ,गोरे,दिलदार, कन्फ्युज,मदहोस आरोप र इ कैसन बौछा र भोजपुरी चलचित्रमा समावेश भएका गीत जुन गीतको कारणले मलाई सागिँतीक फाँट अझ सफल सिर्जना ल्याउनको लागी प्रेरणा दियो ।

✍यस क्षेत्रमा स्थापित हुनका लागि यहाँले कतिको दुख र शंघर्ष गर्नु पर्यो ? 
धेरै दुख गरेको छु यो यात्रामा महाभारत हुन्छ भन्नुपर्दा, म काठमाडौको बसाई आफना आफन्तबाट टाडा बसेर रहरको यात्रालाई सधर्षको मैदानबाट हेर्दा निकै अफटयारो भयो । कतिपय अवस्थामा आफनो चाहना अनुसारको गर्न नसक्दा पिडा र सफलतामा खुशी हुनु स्वाभाविक रहेछ ।

✍कलाकार त राष्ट्रको गहना भन्छन्क नि , कला क्षेत्रमा लागिसके पछी आफ्नै गाउँ ठाउँ र देशको लागि के गरे जस्तो लाग्छ ?
हामिले गीतसङीत बाट नेपाललाई चिनाउने हो नेपालको कला र सस्कृतिलाई बचाउनु हो , त्यो काम गरिरहेको छु र गरिरहने छु, मैलेपनि आफनो विभिन्न भाषा भाषिको गीतमा आफनो आवाज दिएर उहाँहरुको गीतलाई माथी पुयाउने काम गरेकी छु ।

✍यस क्षेत्रमा स्थापित हुनमा सबै भन्दा पहिला कसको नाम सम्झिनु हुन्छ ?
बाटो देखाउने गुरु अनि मेरो आमा , परिवारका सदस्य , मेरो आवाजलाई मन पराउने श्रोता दर्शकलाई सम्झिन्छु, ।

धन्यवाद हामीलाई समय दिनु भएकोमा । धन्यवाद रोशन जी , तपाईले मेरो जिन्दगीका तिता मिठा भोगाइहरु हजुर मार्फत धेरै शुभचिन्तक मेरा श्रोता तथा दर्शक माझ पुर्याउने अवसर दिनुभयो । त्यसका लागी तपाई हृदय देखी नै आभार ब्यक्त गर्न चाहन्छु ।






  • जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्ममै रहन्छुः शंकर अधिकारी घायल
  • पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे भन्दै गुनासो पोखिन् मोडल सदिक्षाले [हेर्नुहोस् भिडियो]
  • नेपाली कलाकारितामा एक उदयमान प्रतिभावान कलाकार नविन संगीत बावु ।
  • लाईभ भिडियोमा कस्लाई थर्काईन यिनले ? ब्याग खोतल्दा यस्तो भेटियो (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution