हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक

काठमाडौं, ११ भाद्र । चलचित्र ‘जीवन काँडा कि फूल’को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा मङ्गलबार एक कार्यक्रमको आयोजना गरी निर्माण पक्षले चलचित्रको ट्रेलर र सिनेमाघरमा आउँने मिति सार्वजनिक गरेको हो । चलचित्र सिनेमाघरमा कार्तिक २२ गते आउने घोषणा गरिएको छ ।
चलचित्रको ट्रेलरलाई नेपाल चलचित्र कलाकार सङ्घका उपाध्याक्ष मोहन निरौला, जीवन काँडा कि फूलका निर्माता तथा निर्देशक विनोद विष्ट, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्र पत्रकार सङ्घका पूर्व अध्यक्ष तथा सञ्चारकर्मी शान्तिपृयलगायतले चलचित्रको ट्रेलर सार्वजनिक गरेका थिए ।
साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’को ट्रेलर सार्वजनिक पछि अतिथिहरुले ट्रेलर हेर्दा चलचित्र राम्रो बनेको भन्दै चलचित्रलाई शुभकामना दिएका थिए ।
चलचित्र पत्रकार सङ्घकी उपाध्यक्ष गीता अधिकारीले सहजीकरण गरेको कार्यक्रममा नायिका तथा गायिका सारिका घिमिरले स्वागत मन्तव्य राखेकी थिइन ।
चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको भुमिका काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरीलगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
झमक घिमिरेको कथा, मुक्ति उपाध्याय बरालको पटकथा÷संवाद रहेको चलचित्रमा झमक र प्रकाश सिवाकोटीको गीत रहेको छ । प्रकाशकै सङ्गीत रहेको गीतमा जुनु गौतमको स्वर रहेको छ भने नृत्य निर्देशक कमल राई रहेका छन् । शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन, रिता बलामी र विमला तामाङको मेकअप रहेको यो चलचित्रको सह निर्माता जुनु गौतम हुन भने कार्यकारी निर्मातामा बद्री चौहान र उमेश सुवेदी रहेका छन् ।
विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण÷निर्देशन गरिसकेका छन् । चलचित्र ‘जीवन काँडा कि फूल’लाई वालाजी टेली फिल्म सुनिल मानन्धरले वितरण गर्दैछ ।






  • आयो चलचित्र धूम ३ को धमाकेदार ट्रेलर , प्रदर्शन भाद्र २७ गते (भिडियो सहित)
  • सुरु भयो नयाँ चलचित्र ‘रिजन अफ रिया’ निर्माण कार्य
  • ‘सोच’ को ट्रेलरमा पुजनको एक्शन,नीता र प्रज्वलको प्रेम
  • चलचित्र मेरो आफ्नोको सम्पूर्ण छायांकन सम्पन्न
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution