हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न

अमेरिका : चौथो ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसीको आयोजना तथा ८८४८ मिडिया हाउस एलएलसी, हिमालयन फाउन्डेसन कर्पको सह आयोजनामा सान फ्रन्सिस्को बे एरियामा भब्यताका सम्पन्न भएको छ।

नेपाली चलचित्र जगतमा ख्याती आर्जन गरेका सुप्रसिद्द कलाकार र सर्जकहरुको सम्मानमा आयोजना गरिएको कार्यक्रममा १०० भन्दा बढी कलाकार र १००० को हाराहरीमा दर्शकहरुको सहभागीताले हल भरिएको थियो। आफ्नै नाम, शान र पहिचान बोकेर नेपाली सिनेमा गाउँ देखी बिश्वसम्म भन्ने नाराका साथ गरिएको कार्यक्रममा चलचित्रकर्मिहरु, गायक, गायिका तथा संगीतकारको योगदानलाई बिसिष्ट ब्यक्तीत्वहरु माझमा सम्मान् गरिएको थियो।

कार्यक्रममा चलचित्र शिरोमनी लाइफटाइम अवार्डको सम्मानबाट बरिष्ट अभिनेता निर्देशक तथा निर्माता निर शाहलाई सम्मानित गरिएको थियो। त्यसैगरी लोकनायकको सम्मानबाट शिव श्रेष्ठ, युग नायक सम्मान भुवन केसी, दशकका माहानायक सम्मानबाट राजेश हमाल सम्मानित भएका थिए । संगीत महरथी सम्मानबाट सम्भुजीत बास्कोटा सम्मानित भएका थिए ।
श्री गेहेन्द्र धिमाल स्‍मृति सम्मानबाट निर्देशक उज्वल घिमिरे सम्मानित भएका थिए भने श्री राम केशर बोगटी स्‍मृति सम्मानबाट नेपाल चलचित्र कलाकार संघका अध्यक्ष तथा नायक रबिन्द्र खड्का भएका थिए । डिरेक्टर अफ दि इअर अवार्डबाट निर्देशक दीपाश्री निरौला सम्मानीत भएकी थिइन् भने फिल्म अफ दि इअरबाट छक्का पन्जा ३ चलचित्रले अवार्ड जित्न सफल भएको थियो ।

स्टार अफ दि इएर (male) आवर्डको सम्मान नायक अनमोल केसीले हात पार्न सफल भएका छन् त्यसैगरी स्टार अफ दि इएर (female) अवार्ड सम्मानबाट नायिका नम्रता श्रेष्ठ पर्न सफल भईन। सपोर्टिङ एक्टर अफ दि यिएर आवर्डबिक्रान्त बस्नेत बस्नेतले पाए । गायिका अन्जु पन्तलाई बर्षकै उत्कृष्ट गायिकाको अवार्ड प्रदान गरिएको थियो।

ग्लोबल नेपाली फिल्म डाएस्पोरा अवार्ड बाट निर्देशक सुरज सुब्बा नाल्बो, नायिका पूजा चन्द र नेपाली चलचित्र भैरे ले अवार्ड जित्न सफल भए । जुरी अवार्डबाट नायिका बर्षा राउत र दिपिका प्रसाईं सम्मानित भए भने निर्देशन तर्फ निर्देशक दिवाकर भट्टराई जुरी अवार्ड प्राप्त गर्न सफल भए ।
समाजका बिभिन्न बिधा र क्षेत्रमा योगदान पुर्याएका ब्यक्तित्वहरुलाई सम्मानार्थ दिइने अभियानश्री अवार्ड कल्पना लिम्बु, दिनेश कार्की, अन्जना गुरुङ र नारायण सोम्नामे बिजेता बन्न सफल भएका थिए ।

स्मरण रहोस् नेपाली चलचित्र ईतिहासमा पहिलो पटक नायकहरु शिवश्रेष्ठ, भुवन के सी र राजेश हमाल सम्मान तथा आवर्ड समरोहमा एकै स्टेजमा देखिदा दर्शकहरु निक्कै नै उत्साहित भएका थिए।

कार्यक्रममा नायक सुशिल क्षेत्री, नायिकाहरु श्वेता खड्का, पूजा चन्द, बर्षा राउत, केकी अधिकारी, दिपिका प्रसाईं र स्थानिय कलाकारहरुको नृत्य तथा हास्य ब्यङ्ग्यकार सैलेन्द्र सिम्खडाको प्रस्तुतीले कार्यक्रम झनै मनोरन्जनले भरिपूर्ण भएको थियो।
ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसीका अध्यक्ष नवराज श्रेष्ठले ग्लोबल नेपाली फिल्म अवार्डको बारेमा प्रकाश पार्दै अवार्ड कार्यक्रम भव्यताको सम्पन्न भएकोमा सम्पूर्ण सहयोगी संघ संस्था तथा व्यक्तिहरुलाई धन्यबाद ज्ञापन दिएका थिए । नेपाल फिल्म सोसाइटीका अध्यक्ष कृष्ण मल्लले निर्देशक तथा निर्माता निर शाहको नेपाली चलचित्र क्षेत्रमा पुर्‍याउनु भएको योगदानको मुक्तकन्ठले प्रसंसा गर्दै आगामी बर्षहरुमा निरन्तर भब्य अवार्ड कार्यक्रम गर्दै लैजाने बताए ।

अवार्ड कार्यक्रमका नेपाल संयोजक, नेपाल फिल्म सोसाइटीका सदस्य तथा नायक निर्माता मदु कुमार श्रेष्ठले चौथो ग्लोबल नेपाली फिल्म अवार्ड -२०१९ सफलता पुर्बक सम्पन्न भएकोमा सम्पूर्ण सह-आयोजक, कलाकार तथा अवार्डको गरिमा बढाउन आएका सम्पूर्ण दर्शकहरुलाई धन्यबाद ब्यक्त गरेका छन ।






  • अष्ट्रेलियाको सिड्नीमा बिक्की गुरुङको लाईभ प्रस्तुती
  • बिश्व चर्चित फोर्ब्स म्याग्जीन (पत्रिका)मा नेपाली युवा राजन थपलिया
  • केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।
  • दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution