हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

जय लिम्बुवान र दुङ्दुङ्गे माइला

-कोशी किनारे
संधैको भन्दा सांझ अलिक अबेर रुमपुग्दा सुकुटी को ह्वांस्सै गन्धले कुङ्बाले मलाई स्वागत गरि हाले।दुई महिन बित्नलाई कतिनै लाग्दो रहेछर? हिजैजस्तो लाग्छ कुङ्बा छुट्टीमा नेपाल गएको।दुई महिन बिताएर पनि कुङ्बा फर्केर आईसके।
” कतिबेला हौ कुङ्बा? ”
मैले सेप्टी सु खोल्दै ढोका बाहिर बाटै सोधें।
” प्लेनबाट अवतरण त बिहानै हो।तरसाङ आरिन अरबी ट्याक्सिवाल संग दमाममा भो दुईघन्टा ल्याङ ”
सोझाहरु लाई यी केही अरबी ट्याक्सिवालहरु ले ल्याङ गर्छन नै।सुकुटी ह्वांस्सै गनाउने झोलातिर हेर्दै मैले कुङ्बा लाई सोधें-
” हाउ कुङ्बा मैले भनेको ल्यायौ हैन? ”
दराजतिर औंला देखाउंदै बोल्यो कुङ्बा-
” उ त्यो हरियो डब्बाको फाक्सा प्लाष्टिक को चै याङ्बेन है अनि सुकुटी तल झोला भित्र छ ”
फाक्सा र याङ्बेन देख्ने बितिक्कै मेरोभोक त्यसै त्यसै उधुम नोस्टाल्जिक भैगो।नेपालबाट कोहि आए बिदेशका लाई घरपरिवारहरु ले पठाईदिने सप्पैभन्दा प्रीय कोसेली नै यति हो।र बिदेशमा रहेकाहरु लाई पनि यो भन्दा प्रीय कोसेली अरु केहिपनी हुन्न।नुहाइ धुहाइ र खानपिन सकिए पछि कुङ्बाले निकाल्न थाले गाउंको आर्गनिक कुराहरु ।
” हाउ कुङ्बा यसपटक दुङदुङ्गे माईलासंग संगै यात्रामा परियो ”
उसले यति भनी नसक्दै उसको मोबाइलमा इमोको कलिङ रिङ्ग बज्न थाल्यो।कुङ्बा कलिङ रिसिभ गर्छ।
-” हाव कुप्पा तिमीसीक के भाको पुगेपछि पुगेंहै भनेर एककल गर्नु पर्छनी सुतिको साह्रोबे ”
माक्सोती दिदी फोनमा बम्किन थाल्छिन।कुङ्बा फोनमा ब्यास्त हुन्छ।म भने कुङ्बाले कोट्याएको दुङ्दुङ्गे माईलाको प्रसंगले फेरि नोस्टाल्जिक भइ जान्छु।दुङदुङ्गे माईलाको असली नाम ओझाहाङ खेवा भनेर नागरिकतामा उल्लेख छ।पाँच बर्षकै उमेरमा आमाको देहावसान भएपछि मावली मामाहरु ले माथी ताक्लुङ सुदाप बाट परदेनमा ल्याएर हुर्काई बढाई गरेका हुन।बमबहादुर तुम्बाहाङ्फे प्रधानपन्च खलकका मावलिहरु ले भान्जाको रेखदेखमा कुनै कमिगर्ने कुरानै थिएन।पढाईमा उ एकदमै चतुर थिए।माथी ओझागाउं र पारी दाहाल गाउंका बाहुनहरु ले समेत पढाइमा उसलाई उछिन्न सक्दैनथे।क्याम्पस समय राजनैतिमा उसको सक्रियता ज्यादा रहेकोले गर्दा राजनैतिक चेतमा उ निक्कै खारी सकेको पनि थियो।मावला खलकको राजनैतिक परिवेश ले गर्दापनी राजनीतिमा उ ज्यादानै जानकार भईसकेको थियो।तर अचानक एकदिन पिपुरीबुङमा लाग्ने पुसेमेलामा आफुले मनपराएको तरेमाले अर्कैको हात समाएर यालाक नाच्दै गर्दा उसले जब त्यो मनपरेको तरेमाले भनेको पालाम सुन्यो –

धानैको थुप्रो धनसारैमा
हजुरै राम्रो सन्सारैमा…

त्यसपछि उसलाई खै के भयो ? उसको चेहराहरुमा एकाएक शुन्यताहरु देखिन थालिए।एकदिन पारी खैरेनी बाट कोइलाखाद तिर हिडेका मुग्लानिहरुको भिडमा मिस्सिएर लुङमाओ याङ्घेक ….गित गाउंदै उनिहरु संग उ बाटो लागेको थियो।आठ नौ साल सम्म उ कोइलाखांदमा भुमिगत जस्तै बेखवरी भयो।अचानक एकदिन हुलियानै बदलेर गाउँ आईपुग्दा उसलाई देखेर गाउंलेहरु अचम्मित भए।असहज ढंगका कपडाहरु र बोल्दाबोल्दै बुझ्नै नसकिने गरि बेलाबेला फेरीने उसको बाक्यहरुले स्पष्ट बताउंथ्यो ओझाहाङको मगज बिग्रीएछ।गाउंमा गाइंगुइ कानेखुसी सुनिन्थ्यो कोइलाखादमा खसियानी संग लाग्दा खसियाले थाहा पाएर ओझाहाङ लाई त्यो खसियाले नराम्ररी भेदेकोछरे। ओझाहाङ लाई मानसिक अस्पतालहरु मा पुर्याइयो तैपनी उसको हालतमा बिसको उन्नाइस हुने सम्भावना देखिएन।जान्ने येबा बिजुवाहरु लाई जोखाना खुट्याउन लगाउंदा दुङदुङ्गेले बिगारेको भन्थे।सालसालमा ओझाहाङको दुङ्दुङ्गेलाई एउटा बोका चढाएर बुझाउन थालेदेखी चैं उसको केही सुधार भएको जस्तो देखिन्थ्यो।तरपनी महिन महिनमा उ एकखेप उहीँ रुप धारण गर्न पुग्थे।त्यसपछी चतुर र चलाख ओझाहाङ लाई बाहुला दुङदुङ्गे माईला भनेर सबैसामु चिनिन थालेको हो।
” हाउ कुङ्बा मैले दुङदुङ्गे माइला लाई सिधुवाको भर्खरै बनाइएको काउलीको स्तम्भ अगाडी उभिएर भासण गर्दैगर्दा भेटाए ”
कुङ्बाले फेरि दुङदुङ्गे माइलाको प्रसंग लाई निरन्तर जोड्न थाल्यो।
” मुकुन्दे जतिकै बजाउंछ भासण त ”
मैले हांस्दै कुङ्बालाई भने।कुङ्बाले फेरि जोड्नथाल्यो दुङदुङ्गे माइलाको उधुम प्रसंगहरु-
काउलिको स्तम्भमा मुड्की बजार्दै दुङदुङ्गेले कस्तो दामी भासण दियो –
हुइ…..कोइछौ सुन्ने….
सब्जिको राजधानी भन्दैमा के खुत्तिन्छ हं? सब्जिको राजधानीमा सब्जी खेतिको निमित्त सरकारले बर्षौनी यंहाका श्रमजिबी किसानहरु लाई कति % अनुदान छुटाउने गरेको छ हं?
हुइ….सुनत सुन….
म ठोकुवा गरेर भन्छु सिधुवा देखिन पिपल डांडासम्मको सडकखण्ड लाई पुर्णरुपले सन्चालनमा आउन सक्ने गरि निर्माणमा पहिलो प्राथमिकता दिउं। र छावा खोला र तेल्लेखोला बाट आउने पानीको कुलो लाई ब्याबस्थित गरौं।र समय सुहाउंदो सब्जिको खेती गरौं र हाम्रो सब्जिहरु लाई मधेस सम्म पुर्याएर बेच्न सक्ने बाताबरण बनाउं।
हुइ…..सुन….
म ठोकुवा गरेर भन्छु यहांका मान्छेहरु रोजगारीको निमित्त बिदेश जानूनै पर्दैन।अब त्यो चेतना फैलाउने सरकारले हुर्मत राख्दैन।जनता सरकारले केई खुत्याउंदैन भनेर चुपचापले बसिदिन्छ।केही गर्न नयासोच भएका युबाहरु लाई भन्याजस्तो बाताबरण छैन।अनि के खुत्तिन्छ यहाँ ?
हुइ…..हाव…..
काउलिको स्तम्भ राख्दैमा बारीमा काउलित त्यतिकै फल्दैन।काउली फलाउन लाई कस्तो सामाग्रीहरुको आवश्यकता पर्छ? त्यसका निमित्त कृषि जन्य आधुनिक टुल्सहरु र प्रबिधिहरु केके हुन कृषकहरु लाई ओरिन्टेसन भन्याजस्तो छत?
हुइ…..अरिन्ने….
कोरियाले धान र सब्जी रोप्न लाई नेपालबाट पैसातिरेर मान्छे लान्छ र उ समृद्ध बन्छ।हामी भनेचैं कोरिया भन्दा राम्रो धान सब्जी फल्ने जमिनहरु लाई बांझै छाडेर कोरियातिर धान र सब्जी रोप्न जानुपरेको छ।र पनि हाम्रो सरकार चैं दम्भगर्छ हामी चांडो देशलाई समृद्धिमा लैजान्छौंरे।
हुइ….यी खुत्याइस….
समृद्धिका सम्बाहक युबाहरु लाई बिदेश लखेटेर कस्तोखाले समृद्धि ल्याउन चाहान्छ हं यो सरकार?
दुङदुङ्गे माइलाको यो प्रश्नले नजिकको चिया पसले पनि गम्भीर हुन्छ। चिया पसले उतैबाट कराउंछ-
सुब्बा भाइ,सरकार त बिजुलिको पोलमा झुन्डिएको छ तुर्लुङ्गै…।
चिया पसले तिर हेरेर दुङदुङ्गे माइला फेरि बोल्छ-
दाइ, यो सरकार तपाइले चिया बेचेको करचैं उठाउंछ तर चिया यसरी बनाउनुपर्छ भनेर ओरिन्टेसन दिन सक्दैन सक्छत हं देकोछ तपाईंलाई?
चिया पसलेले उतैबाट छैनछैन भन्ने सांकेतिक टाउको मात्रै हल्लाईदिन्छ।
मैले कुङ्बासंग दुङदुङ्गे माइलाको प्रसंगलाई झन झन कोट्याउन थाल्छु।कुङ्बा बताउन थाल्छ फेरि-
दुङदुङ्गे माइला अघि अघि म पछि पछि।सिधुवा पिपल डांडा सडकखण्ड हुंदै हामी झर्दैछुङ तल।उ फेरि करायो जोडले-
” हुइ…कोइछौ? ”
“आच्या ! म छुतोहोइ सुब्बा भाइ ”
माथी काउलीबारी बाटै दोर्जे शेर्पा कराउंछ उ तिर हेर्दै।दोर्जे तिर एकखेप हेरेर बोल्छ फेरि-
” छौ भनेत ठिकैछ। आङकाजिले के भन्यो? ध्यानदिएर सुन्नु ”
यतिभनेर उ फटाफट बाटो लाग्यो।उ संगको केही दुरिको फरकमा पछी पछि उसलाई पछ्याइ रहेको छु म।कहिलेकाही मलाई नियाल्छ म कसोकसो फिस्स मात्रै हांसिदिन्छु।मेरो फिस्स हांसोले उसलाई खास प्रभाव पार्दैन।तर उसले दिएको भाषणले मलाई बेहद प्रभाव पारेको थियो।त्यो छोटो अबधिको उसको सडक भाषणले म सायद पुरै उसको फ्यान जस्तै भईसकेको थिएं।
” हुइ…यो घरमा कोईछौ? ”
थोत्रो घरतिर हेर्दै करायो उ।घरको आधा छानोमा झार उम्रीएर छानो हरियो टिनले छाएजस्तै भएको थियो।गारोहरु कंही भत्किएका।आगनभरी कसिंंगारै कसिंगार। पिढी र सिकुवामा नलिपिएको।मैले अन्दाज लगाउन सक्थें त्योघर भर्खरै छाडेर घरका मान्छेहरु कंही बसाइँ गएका हुनुपर्छ।यसचोटी म तिर हेर्दै उ बोल्यो-
” यो घरका मान्छेहरु सहरतिर बसाइँ गएका हुनुपर्छ ”
” ओलाबा हाउ आदाङ्बा ”
मैले तुरुन्तै प्रतिक्रिया दिएं।छिटोछिटो पाइला चाल्दै उ फेरि कराउन थाल्यो-
हुइ…..सुनहए सुन्दैछौ….?
बिकाश आंगनमै आयो मान्छेहरु बिकाशलाई नचिनेर आफ्नै आगन छाड्न थाले।गाउंमा सबथोक छ केछ हाव शहरमा? गाउंबाट लाहुरे लाहुर जान्छ लाहुरेनी बसाइँ सर्छिन शहरमै।गाउंबाट अरपे अरब जान्छ अरपेनी सर्छिन शहरमै।अमुल्य औसधिरुपी अन्नैअन्न फल्ने सुनजस्तो खेतबारी लाई बांझै राखेर केमिकल पोइजन
हसुर्न र बनावटी फगत कंक्रीटको आधुनिक जिबनयापन गर्न मान्छेहरु शहरतिर लहसिन किन हतारिन्छन?
हुइ…..सुनहए….सुन….
शहरको कंक्रीट आधुनिक जिबनयापन गर्नेहरु हो गाउंमा फर्क।बांझो खेतबारीमा अन्न फलाउ कुखुरा पाल।सुँगुर पाल सुंगुरको पाठा बेच।गाई पाल गाईको दुध खाउ।बाख्रा पाल बाख्राको मासु बेच।गाउंले तिमिलाई सबथोक दिन्छ।शहरले तिमिलाई के दिन्छ? सागको एकपत्ताको मूल्य माग्छ शहरले तिमिसंग।तिमिले पिउने पानीको एक थोपाको पनि दाम असुल्छ शहरले।अरुत अरु तिमिले फेर्ने स्वासमा पनि प्रदुषणको सौदाबाजी गर्छ शहरले।
” चितुवा ले गजब..गजब बोल्यो ”
मेहेलको बोटछेउमा रहेको सिमेन्टको फलैचामा हल्लींदै खगेन्द्र थापाले रक्सी मिसिएको स्वासमा फुलो परेको आँखा फिर्लिक्क पिर्लिक्क गर्दै बोल्यो।खगेन्द्र थापाको धुलैधुलो लागेको कमिजतिर हेर्दै दुङदुङ्गे माइला बोल्यो-
” झ्यांक्ने बुढा रक्सी खाने तिमी यो कमिजको के दोस हं ? क्षेत्री बाहुनहरुले रक्सीत खाए ठिकैछ तर यो देशै खाना लागे ”
फुलो परेको आँखा पिर्लिक्क पल्टाएर हातको औंला घुमाउंदै अन्यन्त्रीत शरीर लाई फलैचामा अडेस लगाएर बोल्छ थापा फेरि-
” गजब …गजब…ओई चितुवा सुन..क्षेत्रीबाहुन ले देश नखाएर पनि केनै गरोस मतुवाली जनजातिहरुले केइ ख्यास्दैनन ”
यसो बोल्दै खगेन्द्र थापा ख्यांस्स हांस्यो।उसको स्वासबाट रक्सी ह्वांस्सै गनायो।दुङदुङ्गे माइला नाक बिगार्दै त्यंहाबाट अघि बड्छ।
” ओइ!चितुवा गजब ….गजब… बोलिस ”
खगेन्द्र थापा यसो बोल्दै लर्खरिएको जिउलाई लर्खराउंदै अलिकति उकालो रोडको बाटो तिर उक्लिन्छ।हामीले काफ्लेडांडा कटेपछी नया गाउंपालिका को नयाभवनमा आईपुग्यौ।नयाभवनको कार्यलय भित्र हेर्दै दुङदुङ्गे माइला बोल्यो-
” हुइ….कोइछौ? ”
” छौं….छौं…”
साहायक कर्मचारी दुर्ग चापागाईं भित्रबाट नाके आवाजमा बोलेको सुनेपछि दुङदुङ्गे फेरि बोल्छ-
” छौभनेत ठिकैछ ”
दुङदुङ्गे माइला लाई कार्यलय भित्रबाटै हेरेर अरु एकदुई जना मान्छेहरु गलल हांस्छन।
” हाव ! सुब्बासाप होनोलाम्नुरो ”
छथरे लिम्बुभाषा बोल्न सिपालु मास्टर राजेन्द्र ओझा देखा पर्छ त्यसैबेला।राजेन्द्र ओझातिर फर्किएर दुङदुङ्गे बोल्छ –
” यी एकात्मक पार्टिहरु लाई तम्मरमा सेलाएर लिम्बुवान को क्रान्तिमा फेरीपनी निरन्तर ऐक्यबद्धता जनाएर फिर्दैछु मास्टरसाब। ”
दुङदुङ्गेको अनुहार तिर हेरेर ठट्टालु राजेन्द्र मास्टर ठट्टा गरिहाल्छन फेरि-
” आल्ल याक्कुरो हाव! लिम्बुवान गो नामरे तेरुरो।लिम्बुवान गो खोलैखोला सक्का तेगारो हाव ”
राजेन्द्र मास्टरको ठट्टाले अरुहरु पनि गलल हास्छन।दुङदुङ्गेभने दुबैआफ्नो मुठ्ठी माथी उठाएर फेरि कराउन थाल्छ-
” हुइ….अब सुन….सुनहए…..इतिहास सांचिछ।तितेमाछा सिमेभुमेको कसम छंदैछ।लालमोहर र किपट जिबतनै छ।लिम्बुवान हार्दै नहारेको इतिहास हो।लिम्बुवान कहिल्यै हार्नै हार्दैन ”
कार्यलय भित्रबाट हेरीरहेका एकदुई जनाहरुले दुङदुङ्गेलाई हेर्दै बोल्छन-
” हैन हाव! यसलाईत दुङदुङ्गेले अचाक्लीनै बनाइ
सकेछ ”
कहिले जोडजोडले कहिले सुस्तसुस्त कहिले गोरेटो कहिले ग्रामीण सडकै सडक हामी झर्दैछौं परेवादिनको ओह्रालो बाटो।सितल चोकमा पुग्न आट्दा पसल घरको भित्र बाट एउटा आवाज सुनियो-
” जय लिम्बुवान ”
यो नारा सुन्ने बितिक्कै दुङदुङ्गे एकाएक झोंक्किएर कराउंछ-
” हुइ…… कोइछौ लिम्बुवान ? ”
ढकलसिं किराना पसलमा सौदा गर्दै गरेकी नयाघरेनी दुङदुङ्गे तिर फर्किएर बोल्छिन-
” छौङ है छौङ हामी सप्पै लिम्बुवान ”
मुढामा बसेर रक्सीको चुस्की लगाइ रहेकी चौराङ्गेनी बुढिपनी दुङदुङ्गे तिर लक्षित हुँदै बोल्छिन ठूलो हांसोका साथ-
” आहाहा…..आल्ल दुङदुङ्गे माइलाङा लिम्बुवान उक्कुदिउ रछ। आहाहा…..”
ग्राहकहरु लाई सामन दिदै गरेको ढकलसिं दुङदुङ्गे लाई देख्ने बितिक्कै भित्रैबाट बोलाउंछ-
” जयलिम्बुवान हए लुङा ”
” तिमी काङ्ग्रेसी काङ्ग्रेस संग लिम्बुवानको छेउटुप्पा मिल्दैन ”
ढकलसिं तिर फर्किएर बोल्छ दुङदुङ्गे माइला।दुङदुङ्गे माइलाको वृतान्त सुनाउंदै गरेको कुङबा लाई बिचमै रोकेर म सोध्छु-
” हाम्रो गाउँ त लिम्बुवानमा जिरो जिरो नै होनि ”
मेरो अनुहारतिर हेरेर कुङ्बा फेरि ठट्टामा बोल्छन-
” हाम्रो गाउंमा त जम्मा दुइजना मात्रैपो देखियो।त्योपनी फेसबुकमा सन्जय तुम्बाहाङ्फे र निरबिक्रम खोयाहाङ।धन्न दुङदुङ्गे रहेछन एक्लै भएपनी ”
म फिसिक्कै हांस्छु।कुङ्बा फेरि सुनाउन थाल्छ दुङदुङ्गेको वृतान्त –
ढकलसिंको पसल अगाडि टासिंएको तिनवटा पर्चा तिर दुङदुङ्गेको आँखा पर्छ।ती पर्चाहरु बितेका राजनैतिक चुनावी पर्चाहरु थिए।रंगहरु खुइली सकेका ती पुराना थिए।बिपीको फोटो अंकित पहिलो पर्चातिर औंला देखाउंदै बोल्यो दुङदुङ्गे-
” प्रजातन्त्रको निमित्त राणाहरु संग भिडेको कांग्रेस।पछि राजनैतिक सत्तामा आफू चढेपछी कांग्रेस आफै लिटिल राणा बन्न पुग्यो। ”
ढकलसिंले उसको कुरा सुनेपछि मुसुमुसु मात्रै हांस्यो।केही खित्का छोडेर दुङदुङ्गे हांस्दै बोल्यो-
” हेहेहे ..अचम्मत यो छकी केही इमान्दार लिम्बू कांग्रेसीहरुले उतिबेलानै लिम्बुवान लाई लिम्बुवान नामंकन गरौंन भन्दा बिपी थरर….कामेकोथ्योरे।कोनि के बिपीको समाजबाद रे ऐतिहासिक पहिचानको आधारमा राज्यसंरचना निर्माण गरौंभन्दा थरर काप्ने बिपीको कस्तोखाले समाजबाद? ”
चौराङ्गेनी बुढिले दुङदुङ्गेको कुरा खैके बुझिनकि बुझिनन तर फेरि हांस्दै बोलिन-
” आहाहा…..दुङदुङ्गेले गजब भन्यो ”
दोश्रो पर्चालाई औंल्याउनु भन्दा अगाबै दुङदुङ्गे जोडले हांस्यो-
” हेहेहेहे…..बहुदलीय जनबाद रे ”
आफ्नो हांसोलाई रोकेर मदन भण्डारी को चित्रतिर हेर्दै उ बोल्यो फेरी-
” बहुदलीय जनबाद त्रीसुलीको किनारमै स्वाहा….! सहकर्मी कमरेडहरुकै हातबाट पार्टीको उच्च सहयोद्द कमरेड लाईनै स्वाहा बनाइदिने एमालेको कस्तो थिएछ त बहुदलीय क्रान्ती? ”
तुरुन्तै ढकलसिं बोल्छ त्यसैबेला-
” हाव! बहुदल भनेको चैं अहिलेको स्थितिमा मधेसी लाई कुहिएको आँप र जनजाति लाई बांदर भनेर भनेको रहेछ हगि ? मधेसी र जनजाती लाई दल्नैसम्म भक्कु दल हगि ?”
ढकलसिंको कुरा सुन्ने बितिक्कै त्यंहाका मान्छेहरु सप्पै एकखेप गलल हांस्छन।त्यसैबेला हातमा कोट झुन्ड्याएर ठूलो तालु टल्काउंदै नब निर्बाचित वडा अध्यक्ष देखापर्छ। वडा अध्यक्ष लाई देख्ने बितिक्कै उसको ठूलो तालुतिर औंला देखाउंदै बोल्छ दुङदुङ्गे-
” दुङदुङ्गेले तालुको सराप दिएको त तुम्बाहाङफेहरु लाई हो तर यो खोयाहाङ लाई कसरी लागेछ? ”
दुङदुङ्गेको कुरा भुइँमा झर्न नपाई वडा अध्यक्ष आफ्नो तालुलाई सुम्सुम्याउंदै बोल्छ-
” यो दुङदुङ्गेले देको सराप हैन।योत मेरी आमाले दिएको आशीर्वाद हो बुझ्यौ ? ”
अध्यक्ष खोयाहाङ नजिकको बेन्चमा थचक्कै बस्छ।दुङदुङ्गे भने तेश्रो पर्चातिर आँखा लगाएर फेरि हांस्दै बोल्छ-
” हेहेहे….माक्र्सवाद,लेनिनवाद,माओवाद तिनटा वाद एकै ठाउंमा मिसाए पछित नेपालमा चटपटेबाद पो बन्दरछत हेहेहे.. ”
” आहाहाहा….”
दुङदुङ्गेको कुराले हासिन चौरांगेनी बुढी पनि बुढिले खै के बुझिन।दुङदुङ्गे फेरि बोल्छ अध्यक्ष खोयाहाङको अनुहार तिर हेरेर ब्यांग्य हान्दै-
” धुरन्धार नेपाली क्रान्तिकारी आफुलाई ठान्ने हिजोका माओवादीहरु।आज जस्तालाई तेस्तै हल पाएपछि त आफ्नो बादसाद भांडमा लत्याई दिए।हिजो त्यै सत्ताको बिरुद्दमा हतियार उठाउने माहान योद्दाहरु यतिबेला उधुम सत्ताको पक्षपोषक भइसकेका छन। ”
अध्यक्ष खोयाहाङ उसको अनुहार तिर धारेहात लम्काउंदै बोल्छ त्यसैबेला –
” हो त्यै भएर तिमीलाई बारम्बार भन्छु।अब तिम्रो लिम्बुवान आउंदैन।तिम्रो लिम्बुवान लाईत उनिहरुले दुइतिहाईमा बगाएर कंहाकंहा पुर्याई सके। ”
उसोरिनै धारेहात लम्काउंदै दुङदुङ्गे बोल्छ फेरि-
” दुई तिहाइ या त्यसको बाउनै आएपनी लिम्बुवान लाई त्यति सजिलै बगाउन सक्दैनन।योत कालन्तर देखिको निरन्तर पहिचानको क्रान्ती हो ”
त्यसैबेला थालायुक्ना डांडाबाट दिनेशको आवाज सुनिन्छ-
” जय लिम्बुवान ”
अध्यक्ष खोयाहाङको अनुहारतिर धारेहात फेरि लम्काएर लामो हांसोमा दुङदुङ्गे बोल्छ-
” हेहेहेहे देख्यौ सुन्यौ?दुई तिहाईको खहरेले लिम्बुवान लाई कहाँ बगाएको छर? लिम्बुवान त कहिल्यै सुक्नै नसुक्ने गरि गाउंको प्रत्येक कुनाकुना बाट मुल भएर निस्कंदै छ ”
उसको कुराले अध्यक्ष खोयाहाङ फिस्स हांस्छ मात्रै।दुङदुङ्गे त्यंहाबाट फेरि अघि बढ्छ।तेङगुचोक पुग्दा दुङदुङ्गे लाई देख्ने बितिक्कै पसल भित्रबाटै डिके कराउंछ-
” ए दुङदुङ्गे काका जय लिम्बुवान हए ”
छेउमै उभिएर नेत्रभने फिसिक्कै हांस्छ मात्रै।
” हुइ…..!
भतिज संग मेरो एउटै प्रश्नछ।तिमी जस्तो यो गाउंको जुझारु युबाले चैं लिम्बुवानको लागि कति काम गरिराछौ हं ? ”
दुङदुङ्गेको यो प्रश्नले भने हांसिरहेको डिके केही गम्भीर बन्न पुग्छ।त्यसैबेला आइपुग्छ हल्दारे। छड्के आंखाले दुङदुङ्गे लाई हेर्दै बोल्छ-
” खै आन्झाए! हामित केइ जान्दैनुङ बुझ्दैनुङ ”
हल्दारे तिर फर्केर अलिक कडा स्वरमा दुङदुङ्गे बोल्छ-
” नबुझेर नजानेर हुन्छ अब? कुकुर कबिहरुले भनेका छननि – दाङदाङ खुलिबिन्दाङ।जब कुरो बुझिंदैननी तब सांच्चै खुलिबिन्दाङ नै होइन्छ।”
डिके चुपचाप हुन्छ नेत्र आफ्नो ट्याक्टर स्टार्ट गरेर ट्याक्टर लाई दगुराउंछ फटफट….! फटफट…..! जोडजोडले आवाज निकाल्दै।ट्याक्टरको धुंवाले त्यंहा एकछिन अंध्यारोनै बनाईदिन्छ।पिपुरीबुङ पुगेपछि दुङदुङ्गे बरको फेदमै थचक्क बसिदिन्छ।उसको अनुहारमा म थकान स्पष्ट देख्छु।बस्दाबस्दै दुङदुङ्गे त्यंही भुसुक्कै निदाइ जान्छ।त्यसैबेला अचानक मेरो आँखा उसको कोटको खल्तिमा पुग्छ।कोटको खल्तिबाट सुर्यचन्द्र अंकित नेपालि झन्डाको आधाभाग बाहिर निस्किएर हावाको सुस्तरी झोक्काले झण्डाको आधा भाग हल्लिरहेको थियो।मैले राम्ररी नियालेर हेरें तर झण्डाको आधाभागमा कंहिकतै हिलोका नयापुराना टाटोहरु देखिन्थे झण्डा बिलकुलै सग्लो थिएन।
यति भनेर दुङदुङ्गेको वृतान्त कुङबाले टुङ्ग्याए।तर मलाई भने कुङबाको एउटा कुराले पिरोली रह्यो। म सोचिरहें दुङदुङ्गेको कोटको खल्तिमा झुन्डिएको झण्डामा हिलोका केही टाटोहरु देखिनु योत सांच्चै केही अशुभनै हो।






  • कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।
  • सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक
  • कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा
  • कविता~ यात्रा र मृत्यु ~
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution