हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्ममै रहन्छुः शंकर अधिकारी घायल

काठमाडौँ । नेपाली चलचित्र लेखन तथा निर्देशन एवम संगीत क्षेत्रमा सिम्पल सिम्पल कान्छिको ,मेरि बास्सै जस्ता हजारौ लोकप्रिय गीतका सर्जक तथा दजनौ चलचित्रका गीतहरुमा आफना शब्द दिइसकेका सफल रंगं कर्मी हुन । शंकर अधिकारी घायल बिगत २ दशक देखी नेपाली कलाकारिता क्षेत्रमा नयाँ जोस र जागँरका साथ आएका उनि मनमा आटँ र काममा लगनशिलता भएको खण्डमा सवैले जुनसुकै क्षेत्रमा अब्बल स्थानमा पुग्न सकिने बताउँछन ।

समाजको परिवर्तन गर्न मुख्य भुमिका र समाजको ऐना बन्ने माध्यम चलचित्र भएकाले पनि आफुले यस क्षेत्रमा निरन्तर रुपमा लागेको उनले बताए । गीत लेख्दा लेख्दै उनमा चलचित्र लेखनमा पाइला सारेका घायल ले पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा तय गरे । तामाङ भाषा को जाथेवा,भोजपुरी मा इ कैसन बौछार लेखे गोरे मुभी लेखे सगैँ उनमालाई चलचित्रको निर्देशनको मोहले तान्यो र त्यसमा पाइला अगाडि बढाए, कस्मिक लभ मुभी मा सयुक्क्त रुपमा निर्देशन गरे पछि एकल निर्देशनमा मदहोश चलचित्रको निर्देशन गरे । उनै सफल गीतकार तथा चलचित्र निर्देशक शंकर अधिकारी घायल सगँ सहकर्मी साथी रोशन पोखरेल ले गर्नुभएको अन्तरङ्ग कुराकानी प्रकासन गरेका छौं ।

✍आजकाल के गदै हुनुहुन्छ ?
म आज भोली मेरो नयाँ चलचित्र ” मदहोश“ को पोष्ट प्रोडक्सनको काममा नै लागी रहेको । जुन चलचित्र लार्ई सर्वोकृष्ट बनाउनको लागी निरन्तर लागी परेको छु । साथमा विभिन्न म्युजिक भिडियोको डाइरेक्सनको काममा पनि ब्यस्त रहेको छु ।

✍कलाकारितामा धेरै क्षेत्रहरु छन तरपनि तपाई निर्देशनमा नै चै कसरी प्रवेश गनुभयो नी ?
म सानै उमेरदेखी अलिक भिन्न काम गर्न मन पराउने मान्छे , समाजका विभिन्न घटनाक्रमलाई समेटेर कथा लेख्ने र त्यसलाई कसरी अन्य मानिस समक्ष पुयाएर आफनो कला देखाउन सकिन्छ भन्ने मनो भावना बाल्यकल देखी रहेको थियो । त्यसपछि मैले पहिलो पटक पहिलो चलचित्र “ लभ इज लाइफ”चलचित्रबाट आफनो रंगमञ्चको यात्रा शुरु गरे जुन चलचित्रको कारणबाट आज सम्म पनि यो क्षेत्रमा स्थापित भएको छु ।

✍खासमा चलचित्र क्षेत्रमा अनुभवी र दक्ष निर्देशक कम भै रहेको अवस्थामा यस कर्म प्रति तपाईको निर्देशन यात्रा कसरी सुरु भयो ?
अनुभवी चलचित्र निर्देशक तथा गीतकारको अभाव पक्कै पनि रहेको छ । मैले जुन समयमा यस क्षेत्रमा आफनो पाइला अगाडि बडाए पक्कै पनि त्यो समयमा निकै ग्राहो रहेको थियो । विश्वासको बातावरण बनाउन सहज थिएन । तर निरन्तरको प्रयास , सहकर्मी साथीहरुको भुमिका आम दर्शक तथा स्रोताको माया र स्नेहको कारणबाट नै मलाई यसमा स्थापित बनायो ।

✍आफुले गरेको काम बाट कतिको सन्तुष्ट रहनुभएको छ ?
म पुर्ण रुपमा सन्तुष्ट रहेको छु । जुन कामबाट आज मैले एउटा सफल काम गर्ने बातावरण सिर्जना पाएको छु , अग्रज निर्देशक , रंगकर्मी कलाकार गायक गायिका , सहकर्मि साथीहरुको प्रेरणा होैसला र मार्ग्निर्देशन पाएको छु , जुन कुरामा मेरो परिवारको सदस्यको पुर्ण साथ र सहयोग रहेको छ ।

✍समाजले तपाईलाई हेर्ने दृष्टिकोणमा के फरक पाउनुभएको छ ?
यसरी निर्देशन क्षेत्रमा अगाडि बढिरहेको अवस्थामा समाजले आफुप्रति हेर्ने दुष्टिकोणमा फरक पाएको छु , आफनो रचनालाई मन पराएर आफनो बारेमा बनेको सकारात्मक दृष्टिकोण बाट र आफुले गरेको कामबाट समाजका गतिविधीमा परेको छाप र गीत संगीतको क्षेत्रमा रहनुभएका अग्रज सष्टा तथा सहकर्मी सवैले प्रसंसा गर्दा खुशी लाग्छ ।

✍चलचित्र क्षेत्रको श्रीबिध्दिको लागि राज्यले कलाकारको लागी कस्तो भुमिका निर्वाह गर्नुु पर्छ ?
हेर्नुस सर्बप्रथम त हामी आफुमा सक्षम हुन पर्छ , आफुमा एक जुट हुन पर्छ ,। कलाकारिताको सम्पुर्ण बिधालाइ एकै ठाउमा समेटेर सबैलाइ सेन्सर लगाएर पास गराउन पर्छ , बिकृत पक्षलाई कारबाही गर्न हिच्किचाउनु हुदैन । गलत कुरालाई गलत भनेर सरकारले उचित कानुनी निर्णय गर्नुपर्छ ।

✍मिडियाको भुमिका हरु कस्तो हुनु पर्दछ ?
मिडिया भनेको राज्यको चौथो अङ्ग हो , मिडियालाई लाखौ दर्शक श्रोताले बिस्वास गर्छन , तसर्थ हाम्रालाइ होइन राम्रालाइ मात्र स्थान दिने गर्नु पर्छ , अनि नराम्रा पक्षहरु आफै बिलिन हुनेछन । त्यस कारण तपाईहरुलाई जस्तो कला र मनोरञ्जनमा क्रियाशिल भएका सेलिब्रेटिका सकारात्मक गतिविधिलाई स्रोता माझँमा पुयाएर अगाडि बढनको लागी प्रेरणा दिनुभएको छ र्हाैसला दिनुभएको छ जुन कार्य प्रंसनिय रहेको छ ।

✍भाग्य र कर्ममा बिस्वास बढी कुन गर्नुहुन्छ ?
म दुबैलाइ उत्तैकै बिस्वास गर्छु , कर्म गरे भाग्य ढिलो चाडो अबश्य बन्नेछ । भन्ने विचार म मा रहेको छ ।

✍अन्तमा हाम्रा पाठकहरुलाइ छुटेका कुरा केही भन्न चाहानु हुन्छ ?
तपाईहरुको आत्मीय साथ र सहयोगको लागी धेरै धेरै धन्यवाद दिन चाहन्छु , मलाई सम्पुर्ण मेरा पाठक , श्रोता , सहकर्मि साथी साथै तपाईहरुको यो मिडियाको अझ प्रगती को लागी शुभकामना दिन चाहन्छु । नेपाली गित संगित र चलचित्र लाई माया गर्नुहोला र कला क्षेत्रमा प्रवेश गरेर पनि सक्रिय रहनुभएका सवै कलाकारलाई सम्मान गर्नुहोला भन्न चाहन्छु ।

धन्यवाद हामिलाइ महत्वपूर्ण समय उपलब्ध गराइदिनु भएकोमा । रोशन जी तपाई लगायत तपाई क्रियाशिल मिडियालाई लाई पनि धेरै धेरै आभार प्रकट गर्दछु , मेरो मनको तिता मिठा गन्थनको पोको फुकाउने मौका दिनु भएकोमा , यो अवसरको लागी र मलाई आफना मनभित्र गुम्सिएर रहेका तितामिठा कुराहरुलाई तपाईको लोकप्रिय अनलाईन मार्फत व्यक्त गर्नुभएकोमा आभारी छु ।
शंकर अधिकारी घायल द्धारा निर्दे्शित एक म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।






  • गायनमा सक्रिय बन्दै गायिकाः नित्याशिवा
  • पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे भन्दै गुनासो पोखिन् मोडल सदिक्षाले [हेर्नुहोस् भिडियो]
  • नेपाली कलाकारितामा एक उदयमान प्रतिभावान कलाकार नविन संगीत बावु ।
  • लाईभ भिडियोमा कस्लाई थर्काईन यिनले ? ब्याग खोतल्दा यस्तो भेटियो (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution