हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

ताप्लेजुङमा अवस्थित पाथिभरा देविकाे उत्पति किम्वदन्ति अनुसार यसरी उत्पति भएकाे थियाे

ताप्लेजुङको पाथीभरा देवी नेपालकै चर्चित धार्मिक पर्यटकीयस्थलकाे रूपमा मानिन्छ । पूर्वाञ्चलमा भने पर्यटकहरूकाेलागि पहिलाे गन्तब्य बनिने गरेकाे छ । चारैतिर हराभरा र उकाली अाेराली बिच पहाड तथा हिमाली भेगकाे फेदमा लेक लाग्ने ठाउमा पर्दछ पाथिभरा देवि मन्दिर ।

याे मन्दि यात्रा गर्न जाे काेहिका लागि त्यती सहज छैन । यात्रा कठिन भएकै कारण धेरै मानिसले यो मनाेरम पर्यटकिय स्थलकाे अवलोकन गर्न पाएका छैनन् । यातायातको सुविधा नहुँदा पहाड चढ्न कठीन भएकाले पाथीभरा दर्शन अझै पनि सहज सकेकाे छैन ।

परापूर्वकालमा त्यहाका गाेठालाहरूले पाथिभरा मन्दिर परिषरमा अाफ्नाे भेडिगाेठ बनाउने गर्थे एक दिन अचानक रातकाे समयमा राखेका भेडाहरू हेर्दा हेर्दै अलप भएकाे र प्रत्यक्ष देवीले दर्शन दिनु भई आफ्नो उत्पतिस्थल र आकृतिको बोध गराउँदै, भेडा बलीसहित पूजा अर्चना गर्ने निर्देशन दिनुभयो । देविले दिएकाे निर्देशन अनुसार बलियाे भेडालार्इ बलि दिनासाथ हेर्दाहेर्दै बिलाएका अथहा भेडाहरू जस्ताकाे तस्तै त्यहि ठाउमा देखिएपछि देविकाे साच्चै उत्पती रहेकाे किमदन्ती रहदै अाएकाे छ । त्यो भन्दा आश्चर्यको कुरा, बलि दिएको भेडाको रगत बलीस्थलमा झर्नासाथ बालुवामा पानी हराएझैं हराउन पुग्यो । यो देखेर आश्चर्य मान्दै गोठालाहरुले देवीको जय जयकार गरेको किम्वदन्तीमा पाइन्छ ।

साेहि किम्वदन्ति अनुसार अहिले पनि देविकै नाममा सयाैकाे संख्यामा भेडाहरूकाे बलि दिने चलन रहेकाे छ । पाथीभरा देवीलाई दैनिक सयकडौंको संख्यामा भेडा, बोका र पाठीको बली चढाइन्छ । तर, बलीस्थलमै रगत हराएको, सीमित रहेको जोकोही दर्शनार्थीले प्रत्यक्ष अनुभव तथा अवलोकन गर्न सक्दछन् ।

किम्वदन्तीलार्इ नमानी शंकाकाे घेरामा राख्ने हाे भने देवीकाे नाममा चढाइएको बलि संख्यालाई दृष्टिगत गर्दा त्यहाँ रगतको पोखरी जम्नुपथ्र्यो तर त्यसो देखिदैन । यसैकारण पनि रक्तकाली देवी पाथीभराले भक्तजनहरुले चढाएको बली स्नेहपूर्वक ग्रहण गर्छिन् भन्ने जनधारणा रहीआएको छ । पाथीभरा देवीका लागि पशु बली अनिवार्य नभए पनि बली चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरु देवीलाई फलफूल तथा मिठाइको भोग चढाउँछन् ।

पाथीभरा देवीलाई अटल सौभाग्यकी प्रतीकका रुपमा मानिन्छ । त्यसैले सबै किसिमका भक्तजनहरुले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँइयो, आदि अनिवार्य रुपमा चढाउने गर्दछन् । त्यस्तै पाथीभरा देवीको दर्शनका लागि साउन महिना बाहेक सबै महिना उपयुक्त मानिन्छ  ।






  • विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला
  • भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग
  • लोप हुँदै गएको धान नाच संरक्षण गर्न कार्यक्रम
  • ऐतिहाँसिक राँके मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम हुने
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution