हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने।

मन गुरुङ्ग
फाल्गुन- ४, स्याङ्गजा । आँधिखोला पिस यूथ क्लबको आयोजनामा आगामी फाल्गुन १७ गते बाट २७ गते सम्म तेस्रो बयरघारी रमाइलो मेला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। बयरघारिको खुला चौरमा हुने उक्त महोत्सवको तयारि तिव्र पारिएको मुल आयोजक समितिका अध्यक्ष राजकुमार गुरुङ्गले शुक्रबार भीरकोट नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

महोत्सवमा विभिन्न जाति, जनजातिका कला, संस्कृति प्रदर्शनी, सुचना प्रविधि, अटोमोबाइल, औधोगिक उत्पादन, स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय उपभोग्य वस्तुहरुको प्रदर्शनीका साथै उचित मुल्यमा विक्री वितरण गरिनेछ। त्यस्तै स्याङ्गजा जिल्लाका विभिन्न पर्यटकिय स्थलका होटलहरुका बारे पुर्ण जानकारी दिनुका साथै पर्यटकिय गन्तव्य स्वरेक मैदान, गडहरे गुफा, खिलुङ्ग कालिका, भीरकोट कालिका मन्दिर लगायतका स्थलहरु बारे जानकारी दिइने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

महोत्सव अवधिभर स्थानिय तथा राष्ट्रिय स्तरका कलाकारहरु द्वारा गायन, नृत्य एवं हाँस्य व्यंग्य प्रस्तुति रहने छ भने युवा वर्गहरुलाई लक्षित गर्दै नेपालका ख्याति प्राप्त व्याण्ड तथा कलाकारहरुको पनि विशेष लाइभ प्रस्तुति रहने छ।

छोटो समय मै विभिन्न क्षेत्रमा उल्लेखनिय कार्य सम्पन्न गर्दै आएको आँधिखोला पिस यूथ क्लबले शिक्षा, स्वास्थ्य र खेलकुदमा विशेष भूमिका निभाई सम्पन्न समाज तथा राष्ट्र निर्माणमा टेवा पुर्याउने उदेश्यका साथ आँधिखोला पिस यूथ क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्दन लागि महोत्सव भन्ने मुल नाराका साथ उक्त मेलाको आयोजना गरिएको हो।

८० लाखको अनुमानित लागतमा हुन गइ रहेको उक्त महोत्सवको अनुमानित आम्दानि १ करोड गरिएको छ। रमाइलो मेला बाट संकलित नाफा रकम बाट भीरकोट नगरपालिका भित्र रहेका निम्न स्तरका परिवारहरुलाई शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रमा अगाडि बढाउन आर्थिक सहयोग गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ। विज्ञप्तिमा रमाइलो मेलामा समावेश भएका विभिन्न कार्यक्रमहरु मध्ये आफुलाई अनुकुल हुने कार्यक्रमको प्रायोजन गरि आफ्नो व्यवासय प्रवर्दन गर्दै क्लवको उदेश्य पुरा गर्न आ-आफ्नो क्षेत्र बाट सक्दो सहयोग गरिदिनु हुन समेत अनुरोध गरेको छ।

कार्यक्रममा पुरुष भलिबल प्रतियोगिता, विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरुका साथै पशु पंछी प्रदर्शनी समेत गरिनेछ।






  • मनिकाले जितिन नेपालका लागि अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक
  • छथरमा सम्पन्न फुटबल प्रतियोगितामा पान्थरलाई हराउँदै धनकुटाले उपाधी हात पार्‍यो
  • धनकुटालाई हराउँदै रामप्रसाद राईले,अस्तीत्व बचाउँदै छथर गाउँपालिका अध्यक्ष कप चुम्यो
  • भोजपुर र धनकुटा तेह्रथुमका उपाधीका लागी भिड्ने
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution