हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

तेह्रथुम समाज यू के को वार्षिक भेला २०१९ सम्पन्न

सुरेन्द्र इङ्नाम – केन्ट, बेलायत । गत ८ जुन २०१९ को दिन बेलायतको आशफोर्डमा तेह्रथुम समाज यू केले वार्षिक भेला २०१९ भब्यरुपमा सम्पन्न गरेको छ । सुरेन्द्र तुम्बाहाङ्फे र पृथ्बि बहादुर तुम्बाहाङ्फे विशिष्ट अतिथिमा आसिन रहेका थिए र अन्य अतिथिहरुमा ताप्लेजुङ समाज यूकेका अध्यक्ष बुद्धिमान दर्नाल, पाँचथर समाजका प्रतिनिधी सकुन नेम्बाङ्, सङ्खुवा सभा समाजका प्रतिनिधी सुन्दर लिङ्थेप, नेपाल बाट आएका गायक विषेशत लिम्बु भाषाका गीत गाएर धेरै चर्चा कमाई सकेका ब्रबिम शेर्मा, तारा लोक्साम, तेह्रथुम समाजका संस्थापक संम्योजक भिमराज तुम्बाहाङ्फे, समाजका सल्लाहकार लोक गुरुङ्, सल्लाहकार तथा पुर्बध्यक्ष सुर्य खापुङ्, कानुनी सल्लाहकार उत्तरमान तिगेला साथै एन आर एन यूकेका उप–सभापति श्रीमती सुशिला राई रहनु भएको थियो ।

उक्त कार्यक्रममा नेपाल र यूकेको राष्ट्रिय गान बजाएर पछि संस्थाका अध्यक्ष डम्बर सिङ्गक साथै विशिष्ट अतिथिहरुले संयुक्त रुपमा दिप प्रज्वलन गरेपछि कार्यक्रम शुरु गरिएको थियो, तत्पश्चात स्वागत नाँच नानीहरुले गरेका थिए । संस्थाका नयाँ आजीवन सदस्यता लिने सदस्यहरुलाई सम्मान पत्र र ब्याज हस्तान्तरण, उत्तम शैक्षिक योग्यता लिने नानीहरुलाई प्रोत्साहन पत्र साथै अन्य कुनै समाजलाई प्रतिनिधि मुलक सन्देश, योग्यता तथा ज्ञान हासिल गर्नेहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

त्यस पश्चात चेलिबेटिहरुलाई स्वागत सम्मान गर्दै पहिलो सत्रको कार्यक्रम सकिएको थियो । कार्यक्रमको दोस्रो सत्र संस्कृतिक कार्यक्रमबाट सुरु भएको थियो जस्मा फेशन सो अन्तर्गत विभिन्न जात जातीहरु लीम्बु, राई, नेवार मगर साथै अन्य जातजातीहरुको मौलिक पहिरनहरुलाई उदृत गर्ने प्रयास मोडेल तथा नायिका सिर्जना निङ्लेकुले गरेका थिए, वहा बेलायतलाई कर्मभुमि बनाए सँगै सिर्जना ढाका फेशन “Srijana ढाका fashion” सँञ्चालनमा ल्याएकि छिन जस्मा ढाकाका लुगा कपडाहरु अडर अनुसार सुफत मुल्यमा उपलब्ध हुने छ ।

उक्त फेशन सो पश्चात नृत्य, च्याभ्रुङ नाँच लगायत गायकहरु तारा लोक्साम, प्रनेश लीम्बु र ब्रबिम शेर्माले गीत गाएर कार्यक्रमको अन्त्य सम्म सबैलाई भरपुर मनोरञ्जन दिलाए ।

समाजका अध्यक्ष डम्मर सिङ्गकले पाहुना तथा उपस्थित सम्पुर्णलाई हार्दिक धन्यवाद दिदै कार्यक्रम औपचरिक रुपले सकिएको र बाँकि समय मनोरञ्जनात्मक कोकटेल नृत्य भएको जानकारी दिए ।

विहानको १० बजे बाट सुरु भएर साझको ७ बजे सम्म चलेको उक्त कार्यक्रम संस्थाको सचिव जय मादेम्बाले सञ्चालन गरेका थिए, साङ्गेतिक कार्यक्रमलाई मोडेल तथा नायिका सिर्जना निङलेकुले संचालन गर्नु भएको थियो र सहध्यक्ष श्रीमती सानु सुब्बाले स्वागत मन्तब्य दिएका थिए ।






  • चौंथो ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ कार्यक्रम सान फ्रन्सिस्कोमा भब्यताको साथ सम्पन्न
  • बिश्व चर्चित फोर्ब्स म्याग्जीन (पत्रिका)मा नेपाली युवा राजन थपलिया
  • केवाईसी यूकेको च्यारीटी डिनर सम्पन्न ।
  • दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजद्वारा कोरियामा निधन भएका टुकेन लिम्बूको परिवारलाई सहयोग
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution