हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

नेपाली कलाकारितामा एक उदयमान प्रतिभावान कलाकार नविन संगीत बावु ।

काठमाडौ ः कर्णालीको पानी सलल बोलको गीत अडियो– भिडियो सार्वजनिक गरेर श्रोता र दर्शकको मन जितिरहेका गायक नविन संगीत। प्रवासमा व्यस्त जीवन बिताइरहेका नविनले केही समय अगाडि मात्र कर्णालीको पानी सलल बोलको भिडियो सार्वजनिक गरेका थिए । प्रवासमा बसेर सृजनामा लाग्नु अत्यन्तै गाह्रो हुदाहुदै पनि नविनले आफुभित्रको जुनुनलाई त्याग्न नसकेको बताए । दैलेखको भैरबी गाउँ पालिका ३ मा जन्मिएका उनको रुचि गायन तथा संगीत र शब्द सिर्जनामामा रहेको थियो । उनै नविन संगीत सगँ सहकर्मि साथी बविता बस्नेतले गरेको संक्षित कुराकानी ।

गीत–संगीतमा कसरी प्रवेश गर्नु भयो ?

मेरो गीत संगीतमा लाग्ने रहर चै जब म बुझ्न र हिड्न थाले त्यो बेला बाटै हो। रेडियो अनि क्यासेटहरूमा गीत बज्थ्यो, म सोच्थे कि कसरी यो गीत बन्छ भनेर । बिस्तारै म ठुलो भए र मैले आफैले रेडियो किने त्यसपछिको पहिलो मेरो गीत संगीतमा रुचि अति नै बढाउने चाहि त्यहि रेडियो नै हो । म अगामि दिनमा दर्शक स्रोता हरुको माग बमोजिम नै गीत ल्याउनेछु ।

तपाईको खास बिधा के हो ? संगीत, गायन कि गीत लेखन ?
मेरो खास बिधा भनेको केही छैन । म कता हो कता ? चर्चित हैन । यो नै बिधा मेरो भन्न मिल्दैन । किनकी म भनेको गीत संगीतमा केही नै गरेको छैन । मैले १०० मा ९५५ अझै सिक्नु छ । त्यसैले यो हो भन्न मा सक्दिन । तर सानै बाटको गीत संगीतको साधनामा नै रहेर आफनो कलाकारिताको यात्रालाई अगाडि बढाउने सोचमा रहेको छु ।
गीत संगीतको अहिलेको अवस्था कस्तो छ ?
गीत संगीतको अहिलेको अवस्था धेरै नाजुक छ । सबैले गीत संगीत नै गरिरहेका हुन्छन् । मेरो बिचारमा गीत संगीतमा प्रसस्त लाभ सोच्नु, देख्नु गलत हो । गीत संगीत भनेको एउटा भाग्य पनि हो । जुन आम दर्शकहरूले मनपराईदिनु भो भने राम्रो पनि हुन्छ ।

गायनमा पनि गर्नु हुन्छ कतिको सजिलो महशुस गर्नुभएको छ ?
मैले नै शब्द रचना र संगीत पनि मैले नै गरेको हुदाँ मैले रहरको कारणले होला निकै सजिलो महसुस गर्ने गरेको छु । आजको दिन सम्म मेरो प्रतिभा लाई सबैले मन पराउनुभएको छ ।
क्षेत्रमा भविष्य छैन भन्छन नी ?

कुनैपनि काममा भविष्य छ छैन भन्नुभन्दा पनि त्यस काम प्रति आफु कति सम्पित भइएको छ । यस विषयमा बुझनु जरुरी रहेको छ ।

तपाइँ अब आउने र आउदै गरेका नब कलाकारहरुलाई के संदेश दिनु हुन्छ ?

अर्काको लह लहैमा लाग्नु हुदैन सबै कुरा सिकेर आउदा राम्रो हुन्छ आफुलाई जे गर्दा राम्रो हुन्छ त्यो गर्दा राम्रो हुञ्छ सबैको साथ सहयोग भयो भने अगडी बढ्न सकिन्छ ।

भविष्यमा यस गायन क्षेत्रमा कसरी अगाडि बढ्ने योजना छ ?

आगामी दिनमा पनि नेपाली लोक गीतको विकाश एव्म विस्तारका लागी आफना सर्वाेकृष्ट रचनाहरु आम दर्शक माझँमा ल्याएर । नेपाली लोक गीतको क्षेत्रमा केही गर्ने विचार छ ।

नविन जी तपाईको निकै ब्यस्त समयका बाबजुत पनि हामीलाई आफनो महत्वपुर्ण समय दिनु भयो त्यसका लागी धन्यवाद ।
बविना जी तपाईले पनि , मलाई आफनो मनमा लागेका कुराहरु तपाईको लोकप्रिय अनलाइन मार्फत भलाकुसारी गर्ने समय दिनुभएको मा हार्दिक नमन ब्यक्त गर्दछु ।






  • जिवनको अन्तिम अवस्था सम्म पनि रंगकर्ममै रहन्छुः शंकर अधिकारी घायल
  • गायनमा सक्रिय बन्दै गायिकाः नित्याशिवा
  • पैसा हाल्न सक्दैनौ भने मसँग एकरात सुत भन्नेहरु धेरै भेटे भन्दै गुनासो पोखिन् मोडल सदिक्षाले [हेर्नुहोस् भिडियो]
  • लाईभ भिडियोमा कस्लाई थर्काईन यिनले ? ब्याग खोतल्दा यस्तो भेटियो (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution