हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

पर्यटकको पखाईमा तेह्रथुम स्थित चाङ्लुङ्ग गुफा (तस्विरहरू सहित)

तेह्रथुम । कोशी राजमार्गको ठ्याक्कै पारी पट्टी तेह्रथुमको छथर गाउँपालिका छ । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको यो गाउँपालिकाको काखमा रमाई रहेको छ चाङलुङ गुफा । केही बर्षअघी सम्ममा झोरझाडी जंगल र ओडार झै देखिँदा यहाँका स्थानीयहरु गुफामा पुग्नै डराउने गर्थे । ओझेलमा रहेको गुफालाई देबस्थलको रुपमा पुजाआजा गर्दै आएका थिए यहाँका स्थानीयहरु । गाउँपालिकाकै धेरै थाहा थिएन यो गुफाको बारे । दुई बर्ष सम्म गुमनाममा रहेको गुफा संरक्षणका स्थानीय युबाहरुको सकृयतामा सुरु गरे पछी प्रचारमा आउन थालेको हो । धनकुटाको सिधुवा देखी सवारी साधानमा करिब १ घण्टामा पुग्न सकिने गुफा पछिल्लो समय पर्यटकहरुको रोजाईमा पर्न थालेको छ । आन्तरिक पर्यटकहरुको रोजाईमा रहेको गुफामा पछिल्लो समय दैनिक पचास देखी सय जना गुफा अबलोकनमा लागी आउने गरेका छन ।
खासगरी मेलापर्बहरुमा भने पर्यटकहरुकाृ घुँईचो हुन थालेको छ । चारैतिर हरियाली बनको काखमा रहेको गुफा सँगै निर्माणधिन भ्यु टावरमा पर्यटकहरु रमाउने गरेका छन । गुफा क्षेत्रमा आवातजावात सहज बनाउनका लागी सिडी तथा रेलिङहरु निमार्ण गरीएको छ । यो गुफामा दर्शन गरी भाकल गरे मनोकाक्ष पुरा हुने बिश्वास रहँदै आएको छ । स्थानीय युबाहरुको सकृय तथा ताक्लुङ तक्मीनाक्ला संरक्षण समितीको अगुवाईमा गुफालाई संरक्षण सम्बर्धनमा जुटेपछी प्रचारमा आउन थालेको थियो ।
छथर गाउँपालिकाले गुफालाई पर्यटकीय रुपमा बिकास गर्न आर्थीक बर्ष २०७४÷७५ मा ५ लाख र ०७५÷७६मा ७ लाख रुपैयाँ बिनीयोजन गरेको थियो । रकम बिनीयोजन पछी गुफामा भ्यु टावर निमार्ण चारैतिर सिडीहरु,बस्नेचौतारी,का साथै बिभीन्न गुफाहरु प्हिचान गरीएको छ । २ बर्ष पहिलो सम्म झाडी बन रहेको बनलाई युबाहरुको सकृयता र स्थानीय सरकारले गुफालाई पर्यटकीय रुपमा बिकास गर्न चासो दिए पछी पर्यटकहरुको नजरमा पर्न थालेको हो । जिल्ला सदरमुकाम म्याङलुङदेखि करिब ४ घण्टा पैदल हिडेर पुग्न सकिने यो स्थानको आफ्नै बिशेषता रहेको स्थानीयको भनाइ छ । ढुङ्गैढुङगाको चाङ रहेको लिम्बु भाषामा चाङलुङको रुपमा भनिँदै आएको चाङलुङ अपभ्रंश भई गुफाको नाम ’च्याङलुङ’ रहन गएको संरक्षण समितीका पुर्बअध्यक्ष सचिब कमान सिंह आंखेवाले बताए ।

यो गुफाबाट परापूर्वकालमा एक जना बिज्वानी र कुकुरसँगै छिर्दा बिज्वानी बिचैमा हराए पनि कुकुर भने सुदापकै डाँडेगौडा भन्ने स्थानमा निस्किएकोले गुफाको माथिल्लो भागलाई कुकुर छिर्ने भनिएको किंम्बदन्ती रहेको स्थानीयको भनाई छ । गुफा परिसरमा पर्यटकहरुलाई आकर्षीत गर्न बिभीन्न पार्क निमार्ण सुरु गरीएका छन । गुफाको भ्यु टावरमा बाघको आकृती निमार्ण भई रहेको छ । गुफाको प्रचार प्रसार संरक्षण तथा सम्बर्धनका लागी स्थानीय सरकारले रकम बिनीयोजन पछि भौतिक निमार्णका कामहरु हुँदै आएको छ । गुफालाई छथर क्षेत्रको मात्र नभई जिल्लाकै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न स्थानीय सरकारले चासो दिनु पर्ने संरक्षण समितीका पुर्बअध्यक्ष महेन्द्र मादेनले बताए ।
स्थानीय सरकार गठन पछी पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न गुफालाई गाउँपालिकामा योजनाको रुपमा अघी सारेको छथर ६ का वडाध्यक्ष टेकराज आंखेवाले बताए । गुफा प्रबर्धनका लागी स्थानीयको श्रमदान र स्थानीय सरकारले रकम बिनीयोजन गरी काम भई रहेको आंखेवाले बताए । गुफाको डिपीआर निमार्णका गरी पर्यटन बोर्डबाट रकम बिनीयोजनमा लागी पहल गर्ने उनले बताए । १ सय २० मिटर लामो गुफा छिर्ने सकिने भएको र गुफाको पहिचान गरी नेपालकै पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न लक्ष्य रहेको वडाअध्यक्ष आंंंखेवाले बताए ।
पर्यटन प्रबर्धनका सम्भावनाहरुको खोजी गर्दै गुफालाई पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न सके पर्यटकहरु भित्र्याउन मात्र नभई यहाँका नागरिकहरुलाई आर्थीक रुपमा समृद्ध बनाउन सकिने छ ।






  • भदौ पुर्णिमा मेलाको अबसरमा आयोजना भलिबल प्रतियोगिताका लागि होटल व्यावसायी रामकाजी भट्टराईद्धारा ७ हजार सहयोग
  • लायन्य क्लब अफ काठमाडौँ पिंगलास्थानको वनभोज कार्यक्रम सम्पन्न
  • चाङ्लुङ गुफा पर्यटन प्रवर्धन गर्न गुफाको काखैमा चासोक तङनाम मनाइयो
  • चोत्लुङ्ग पार्कमा मंसिर २४, २५ र २६ गते उद्यौली मेला
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution