हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

पर्सनालिटी भएको केटा मन पर्छ : करिष्मा ढकाल

काठमान्डौँ , फागुन १६  । ‘बाग्लुङ बजार’पञ्चेवाजा गित बाट नेपाली गितको मोडलिङमा डेब्यू गरेकी हुन मोडल करिष्मा ढकालले । पहिलो म्युजिक भिडियोबाट राम्रो प्रतिक्रिया पाएकी करिष्माले दोश्रो गित सेल्फी हानौला गितबाट स्थापित भएपछि उनि निकै विश्वस्त छिन् । दर्शक तथा निर्देशक तथा अग्रज कलाकारको नजरमा राम्रो अभिनय प्रस्तुत गरेकी उनले अटोग्राफ मागेको र केहीले आफूलाई मन पराएको मा उनी निकै खुशी छिन । उनी कलाकार करिष्मा ढकाल सगँ सहकर्मि साथी रोशन पोखरेलले गरेको कुराकानीको एक अंश

करिष्मा जि तपाई यस क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ?
सानै उमेर देखी गित संगित क्षेत्रमा मेरो रुचि थियो । बाल्यकालमा देखी नै नित्य तर्फ मेरो विशेष रुचि रहेको थियो । विद्यालयमा आयोजना गरिने अतिरिक्त क्रियाकलापका साथै विभिन्न साँगितिक कार्यक्रममा जादाँ आफुपनि यसरी नै आम मानिसको माझँमा आफुले देखाउन पाए हुने थियो लाग्यो यसै क्रममा करिव २ वर्ष अगाडि एउटा पञ्चेवाजामा आधारित भिडियो बाग्लुङ बजारमा अभिनय गर्ने अवसर आयो यहि बाट मैले आफनो मोडलिङ यात्रा शुरु गरे ।

हाल सम्म धेरै म्युजिक भिडियोमा खेली सक्नुभयो थप केही रोचक कुरा ?
धेरै वटा रोचक कुराहरु रहेको छ , जस मध्ये मलाई पहिलो पटक म्युजिक भिडियोमा अभिनय गर्दाको अनुभव भन्दै छु हजुरहरुलाई पहिलो पल्ट क्यामेरामा काम गर्दा निकै अफ्टयारो भएको थियो , जुन कुरा आजको दिन सम्मपनि सम्झन्छु ।

कहिले बाट अभिनय थाल्नुभयो ?
मैलै एस एल सी पछि बाट हाल सम्म विभिन्न म्युजिक भिडियोमा काम गरिसकेको छु । विगत ३० महिना देखी यस क्षेत्रमा क्रियाशिल रहेको छु ।

मोडलिङ गर्दै हुनुहुन्छ फिल्म खेल्न अफर आयो भने के गर्नुहुन्छ ?
हा हा हा –हासो ) फिल्मका लागी योग्य भैसकेको छु जस्तो लाग्दैन अझै धेरै कुरा मैैले सिक्न बाकिँ छ यस क्षेत्रमा मैले । अभिनय भनेको लाखौँकरोडौँसम्म पुग्ने कुरा हो । मानिसले यसमा सानो–सानो कुरामा पनि जज गर्छन् । राम्रो गरेको नगरेको तुरुन्तै थाहा हुन्छ । फिल्ममा बोली, एक्सन, रियाक्सन सब चीजमा पर्फेक्ट हुनुपर्छ ।जस्तो लाग्छ मलाई ।

कहिलेदेखि मोडल बन्छु भन्ने सोच आएको थियो ?
मोडल बन्छु भन्ने त मैले कहिले पनि सोचेको थिइनँ । तर, मलाई नशा चाहिँ रहेछ भन्ने बल्ल ठम्याउँदैछु । म गित बज्ने वितिकै ममा एक किसिमको आनन्द लाग्ने गर्दथियो ।सानोमा गितमा देखाए जस्तै नक्कल गर्ने जस्तो की। सल च्यापेर लजाएजस्तो गर्ने, हाँस्ने, रुने सबै गर्थें जे गितहरुमा गर्थे । तर, मेरा सबै गतिविधिको साक्षी ऐना मात्र हुन्थ्यो । म अनि परिवारले मलाई कहिलै अलाउ गर्नुहुन्थ्यो जस्तो पनि लागेको थिएन ।
भनेपछि अहिले चाहिँ परिवारका सवैजना करिष्माको सपोर्ट छ ?
एकदमै । अहिले त मैलेभन्दा पनि मेरो प्रमोट मामुले ज्यादा गर्नुहुन्छ । कहिलेकाहीँ कसैलाई चिनाउनुपर्यो भने ‘यो मेरी हिरोइन छोरी’ भनेर भन्नुहुन्छ । मलाई थाहा छ मैले त्यत्रो ठूलो उपलब्धि हासिल गर्न सकेको छैन, बाँकी नै छ तर यसमा पनि बाबाले गर्व गरेको देख्दा असाध्यै खुशी लाग्छ ।

करिष्माको कोही ड्रिम ब्वाई त होला नि ?
अफकोर्स छ । मलाई पहिलो नम्बरमा पर्सनालिटी भएको केटा मन पर्छ । हेर्दा नै एक खालको एटिच्युड देखिनुपर्यो । अर्काे मलाई श्रीमतीको चम्चागिरी गर्ने केटा मन पर्दैन । श्रीमतीलाई ड्रप गर्ने, पिकअप गर्ने, बेलुका सधैँ तरकारी बोकेर घर फर्कने, भान्सामा लुसुलुस छिर्ने यस्तो खालको केटा मन पर्दैन ।

केटाको मामलामा करिष्माको सोच राम्रो रैछ ? के चाँडै विवाह गर्ने संकेत हो यो ?
एक्चुअल्ली मलाई त चाँडै विवाह गर्न मन छैन कहाँ अझै मैले धेरै कुराको योगदान नेपाली संगितको क्षेत्रमा दिनुपर्छ जस्तो लाग्छ ।

नयाँ प्रोजेक्ट के गर्दै हुनुहुन्छ ? 
तत्काल धेरै ओटा म्युजिक भिडियो छायाँकनको क्रममा रहेका छन त्यहीलाई निरन्तता दिने सोचमा रहेको छु ।






  • तेह्रथुमको छथर शुक्रबारे बजारमा संबिधान तथा राष्ट्रिय दिवस -२०७६(फोटो फिचर)
  • बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
  • कला क्षमता प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन्छु – मोडल सिर्जना थापा
  • इण्डियन मोडल गीता बर्मा नेपाली मोडलिङ क्षेत्रमा आफ्नो भबिष्य खोज्दै
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution