हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

पाँचथरमा घट्यो बिश्वासै गर्न नसकिने घटना, कहिले आउँने हाम्रो समाजमा चेतना ?

हाम्रो समाजमा अझै पनि चेतनाको कमि छ, समाजमा पछौटेपनको प्रभाव छँदै छ । पाँचथरको हिलिहाङ–४(साविक पञ्चमी–८) मा यस्तो एउटा घटना घट्यो त्यो घटना सुन्ने वितिकै सबैको आङ जिरीङ्ग हुन्छ ।कुरा हो हिलिहाङ–४ (साविक पञ्चमी–८)की २२ वर्षिया तारा लुवागुनको उनलाई सुत्केरी व्याथा लागेको रहेछ । शनिवारको कुरा हो स्थानिय लयप्रसाद संग्रौला आफ्नो खेतमा पानी लगाउन गइरहेका थिए । लुवागुनको घरमा केहि मानिसहरुको होहल्ला सुनेर उनि पनि त्यतै तिर गए ।

त्यहाँ उनले लुवागुनलाई केहि महिलाहरुले डोरीमा झुण्ड्याएर केहिले पछाडिवाट ठेल्दै त केहिले छेउ छेउबाट निचोर्दै गरेको देखेपछि उनले “यो के गरेको भनि सोध्दा” त्यहाँ भएका महिलाहरुले “यसलाई सुत्केरी गराउन लागेको” भनेपछि संगौलाले उनलाई यसो गर्नु हुन्न यसो गर्नाले आमा र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्छ, तुरुन्त जिल्ला अस्पताल लैजानु पर्छ भनि तत्काल सवारी साधन समेतको व्यवस्था गरी स्वयंले लिएर आएक मेची पोष्टलाई बताए थिए ।

नियमित गर्भ जाँच समेत गरेको वताउने लुवागुन सुत्केरी हुन भने कसैले पनि अस्पताल जानु पर्छ नभनेको वरु हामीले कतिवटा वच्चा जन्मायौ भन्दै स्थानियहरुले घरमै वच्चा जन्मिन्छ भनेको सुनाउँछिन् । उनि अस्पतालको वेडमा आफ्नी छोरीका साथ छिन अहिले उनी“भन्छिन् धन्य छ लय अंकललाई उहाँले मलाई बचाउनु भयो ।”

शुक्रबार देखि व्यथाले च्यापेको र अरुले अस्पताल जानु पर्दैन यहि हुन्छ भनेपछि आफुले डोरीमा झुन्डीएर वच्चा जन्माउन खोजेको लुवागुनले बताइन् ।“मैलै केहिबेर ढिला गरेर देखेको भए यी महिला र वच्चा दुवैको ज्यान जोखिममा हुन सक्थ्यो” संग्रोला भन्छन्ः– “हाम्रो समाजमा चेतनाको कमि त छदै छ तर यतिसारो पिछडिएकै छ भन्ने मलाईनै थाहा थिएन ।”

आर्थिक रुपमा समेत कमजोर र पारिवारका अन्य सदस्यहरु समेत अपांग भएकी ती दलित महिलाको लागि संग्रौलाकै पहलमा जिल्लामा आर्थिक सहयोग समेत जुटेको छ । अहिले उनलाई विभिन्न स्रोतवाट करिव १५ हजार वढीको सहयोग भएको तारा स्वयंले वताउँछिन् । आफ्नो पहिलो सन्तानको जन्म दिने अस्पतालका डाक्टर र स्थानिय समाजसेवी संग्रौलालाई उनि भगवान भन्छिन् ।

महिलाको शारिरीक अवस्थाको कारण पनि सल्यकृया गर्नु परेको भएपनि अहिले उनको र वच्चाको अवस्था सामान्य भएको डा.पवनकुमार साहले वताए ।जिल्लामा स्वास्थ्य क्षेत्रमा कार्यरत धेरै संघ संस्थाहरु र स्वयं सरकारले आमा र वच्चाको पोषण र

सुरक्षा संगका थुप्रै योजनाहरु र कार्यक्रमहरु संचालन गरेपनि दुरदराजका यस्ता तारा लुवागुनहरुको पहुँच सम्म पुग्न नसक्नुले त्यस्ता कार्यक्रमहरु पहुँच भएका र सुगम क्षेत्रका लागी मात्र त होइनन् भन्ने प्रश्न उव्जनु अस्वभाविक होइन । –अनलाईन खवरवाट






  • दार्जिलिङको आन्दोलनले घुँडा नटेक्ने, अघोषित आपतकाल
  • प्रेमिकालाई आकर्षित गर्न चाहनुहुन्छ ? यी कुरा कहिलै नगर्नुस !
  • अनलाइनखबरकर्मी पोखरेल सम्मानित
  • उमेरको भिन्नताकै कारणले यौनेच्छा नभएको महसुस हुन्छ
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution