हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

फेरि पत्याएन बेलायतले साम्राज्ञीलाई !

काठमाडौं– केहीहप्ता अघि मात्र फिल्म ‘ए मेरो हजुर २’को प्रिमियरका लागि अष्ट्रेलिया पुगेर फर्किएकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अहिले कुनै देश जान सबैभन्दा कठिन भएको छ भने त्यो बेलायत हो । पहिलो पटक ‘भिसा रिजेक्ट’ भएपछि दोस्रो पटक प्रयास गरेकी साम्राज्ञीलाई फेरि बेलायतले भिसा दिन अस्वीकार गरेको छ ।

उनी यूके जान खोज्नुको मुख्य कारण ‘इन्टु मिन्टु लन्डनमा’ नामक फिल्मको छायांकनका लागि हो । साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत हुँदा बिग बजेटको यो फिल्मको छायांकन सुरु हुन सकेको छैन । साम्राज्ञीले बेलायती दूतावासमा भिसा आवेदन दिनु अगाडि नै फिल्मको निर्माण घोषणा गरिएको थियो ।

स्रोतले फिल्मीखबर डटकमलाई दिएको जानकारी अनुसार, केहीदिन अगाडि मात्र साम्राज्ञी दोस्रो पटक ‘भिसा पाऊँ’ भन्दै भारतस्थित बेलायती दूतावास पुगेकी थिइन् । अंग्रेजी नयाँ वर्षको केही सिन खिच्नका लागि साम्राज्ञीसहित निर्माण टीम बेलायत जाने तयारीमा थियो ।

तर, दोस्रो पटक पनि साम्राज्ञीलाई बेलायतले नपत्याएपछि अब ‘इन्टु मिन्टु लन्डनमा’ निर्माण हुन्छ वा हुँदैन ? भन्नेमै प्रश्न चिन्ह खडा भएको छ । यो फिल्ममा साम्राज्ञीको अपोजिटमा देखिन लागेका धिरज मगर भने बेलायतमा बस्ने गर्छन । अहिले फिल्मकी निर्देशक रेनाशा वान्तवा राई यूकेमा साम्राज्ञीको प्रतिक्षा गरिरहेकी छिन् ।

प्राप्त जानकारी अनुसार, फिल्म निर्माण कम्पनीले वर्किङ भिसामा आवेदन दिएका कारण साम्राज्ञीको भिसा पटक-पटक अस्वीकृत भएको हो ।

गएको दुई महिना अगाडि पनि रेनाशा र कलाकार तथा पत्रकार दिलभुषण पाठक फिल्मको सुटिङका लागि भन्दै बेलायत पुगेका थिए । तर, साम्राज्ञीसहित १० जनाको भिसा रिजेक्ट भएपछि रेनशा र पाठक १ महिने बेलायत बसाईपछि नेपाल फर्किएका थिए । फिल्ममा दिलभुषण पाठकले साम्राज्ञीको पिताको भूमिका निर्वाहा गर्दैछन् ।-फिल्मी खबरबाट






  • बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।
  • चलचित्र ‘छ माया छपक्कै’अब डिश होमको सिनेमा घर च्यानल नम्बर १०८ मा
  • फ्राइडे रिलिज: चलचित्र “मखमली मखमली” पहिलो दिनमा नै हाउसफुल
  • १२ सत्ताईसको रिलिज मिति माघ ३ मासर्‍यो
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution