हेडलाईन

छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।         पौष ११ मा मुभी मेरो दिल छ पोखरामा         दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)         गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।         गायक मचिन्द्र राईको आवाजमा”फुलको कुरा ”भिडियो सहित         गायक दुर्गा सेन्चुरीको आवाजमा ”दशैँ तिहारमा ” (भिडियो सहित )         गायक सिदार्थ परियार को आवाजमा ”शुन्य छ गाउँ” भिडियो सहित ।         गायक मिराज अर्यालको आवाजमा “ कस्तो दिन सानी “ भिडियो सहित ।         गायक सज्जन धामी को आवाजमा “माया लाउने हो” हेर्नुहोस भिडियो ।         गायक राजेश पायल राईको आवाजमा ”के छ तिम्रो नाउँ” भिडियो सहित ।         गायिका बन्दना मगरको आवाजमा ”लास बनेर” भिडियो सहित ।         गायिका मेनुका राईको आवाजमा ” भुटेको मकै ” (भिडियो सहित )         गायिका सुनिता थेगिम, श्रेया राई र सुजन आङदेम्बेको त्रिकोनात्मक स्वरमा ”साथी भिडियो सहित ।         अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।        

कार्यक्रमहरु

बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो

समीर बलामी 
नुवाकोट । ककनी गाउँपालिकाको कोल्पु खोलामा खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको छ । स्थानीय खोलामा बालुवा उत्खनन गरेर छाडेको खाल्डोमा डुबेर दुई जनाको ज्यान गएको हो । नुवाकोट जिल्ला ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पु खोलामा डुबेर ज्यान गुमाएका मध्ये एक जना स्थानीय १३ बर्षकी बिनिता बलामी रहेकी छिन् । यस्तै अर्को सिन्धुली जिल्ला फिक्कल गाउँपालिकाकी ३५ बर्षिय लक्ष्मी तामाङ रहेकी छिन् ।
बिनिता बलामी नुहाउन जाने क्रममा बालुवा झिकेको खाल्डोमा परेर डुबेकी थिईन् । उनलाई बचाउन सँगै रहेकी लक्ष्मी तामाङ पनि बचाउने क्रममा डुेबको प्रत्यक्षदर्शी स्थानीयहरुले बताएका छन् । गाउँपालिका र वडा कार्यालयकै मिलेमतोमा बालुवा उत्खनन् कार्य हुदै आएको थियो ।
ज्यान गुमाएका दुई शबलाई वालुका उत्खनन् गर्ने ब्यक्ति मोहन कृष्ण श्रेष्ठको बालुवा भण्डारण र स्काभेटरसँगै राखेर प्रदर्शन जारी राखेको छ । खोलामा बालुवा झिक्न नपाउने माग सहित स्थानीयले प्रशासन र वडा कार्यालयको विरोध गरिरहेको छ ।
सोबार साँझ ५ बजेर ४५ मिनेटको उक्त घटनालाई लिएर यतिखेर कोल्पुखोलामा तानावपूर्ण अवस्था सिर्जना भएको छ । स्थानीयले क्षतिपूर्तिको माग सहित बालुवा उत्खनन् कार्य तत्काल बन्द गर्नुपर्ने माग राखेका छन् । स्थानीय प्रशासनका अनुसार वडा अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ बलामी सहितको स्काभेटरहरुले बालुवा उत्खनन् गर्दै आईरहेको बुझिएको छ । घटना घटेको ठाउँमा स्थानीय मोहनकृष्ण श्रेष्ठले बालुवा उत्खनन् गर्दै आईरहेका छन् । उनको स्काभेटरमा भने स्थानीयले कुनै क्षति पु¥याएका छैनन् । घटनाको ज्जिमा मोहनकृष्ण श्रेष्ठले नलिएसम्म शब नबुझ्ने भन्दै अहिले विरोध भईरहेको स्थानीय दिपक बलामीले घटनास्थलबाट जानकारी दिएका छन् ।
गाउँपालिका र वडाकै मिलेमतोमा बालुवा उत्खनन्
नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित कोल्पुखोलामा बालुवा निकाल्ने काम १ बर्षदेखी निरन्तर हुुदै आएको छ । बर्षायाम भन्दा अघि स्थानीय डाँडाँकाडाँमा स्काभेटर लगाएर बालुवा उत्खनन् गर्ने कार्य गरेको ठेकेदारहरुले बर्षायाम शुरु भएदेखी नै कोल्पु खोलाको ठाउँ ठाउँमा बालुवा उत्खनन् गरिरहेका छन् । पटक पटक प्रशासनले यसमा रोक लगाउन खोजेपनि अतेरी भएको स्थानीय प्रहरी प्रशासनले बताएका छन् ।
वडा अध्यक्षको दुई वटा स्कोभेटर छ । दुई वटा स्काभेटरले दिनको २० औं टिप बालुवा वडा अध्यक्षले किाल्नछन्, स्थानीयले बताए । यस्तै वडा अध्यक्ष नै यस्तो कार्यमा लागेपछि अरुले किन नगरोस् । वडा अध्यक्ष र गाउँपालिकाले कमिशनको चक्करमा लापरवाही गरेको आरोप स्थानीयहरुको छ ।
वडा अध्यक्ष चन्द्र बहादुर बलामीको २ वटा स्काभेटर सहित अहिले कोल्पु खोलामा ७०० मिटको बीचमा १० वटा भन्दा बढि स्काभेटर प्रयोग भईरहेको छ । ५०० घरदुरी रहेको गाउँको स्थानीयहरु नुहाउन खोलामा जाने गर्दछन् । त्यहि क्रममा मानवीय क्षति हुने खालको घटनाहरु भएकोले तत्काल बालुवा उत्खनन् कार्य बन्द हुनुपर्ने स्थानीयहरुको माग रहेको छ ।






  • छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।
  • पौष ११ मा मुभी मेरो दिल छ पोखरामा
  • दुख पिरलाई भुलेर दशै मनाउ भन्दै गायिका रजनी लामा( भिडियो सहित)
  • गीतकार दिलिप योञ्जनद्धारा ३ बालबालिकालाई सहयोग प्रद्धान ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution