हेडलाईन

गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।         राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड         गायिका सिता थापाको आवाजमा ”स्याङजाली माया ” भिडियो सहित ।         गायिका धनकुमारी थापा सरुलाई सर्वोकृष्ट लोकदोहोरी गायिकाको अवार्ड ।         रमा राज्य लक्ष्मी ठकुरी को अभिनयमा ”भुसुक्क निधाउदा ” भिडियो सहित ।         मेनुका राईको आवाजमा “वितेको पल “ भिडियो सहित         अर्जुन थापाको निर्देशनमा मौलिक कौडा गीत ”पछ्यौरी चुनीको ” भिडियो सहित ।         गायक प्रेम कुमारको आवाजमा ‘पिपलुको छायाँ’ भिडियोे सहित ।         काठमाडौँमा धरान सरोकार समाज द्वारा धरानको मेयर तिलक राई सम्मानित         अन्तरधार्मिक समन्वयबाट मात्रै बिश्वमा शान्ति         गायक लाल बहादुर थापाको राष्ट्रभक्ति गीत ”हाम्रो नेपाल प्यारो नेपाल” भिडियो सहित ।         “मलाई हैन तिमीलाई सुखी” भन्दै रमेश र सुजना(भिडियो सहित)         नेपाली कथानक चलचित्र लभजोन को ट्रेलर सार्बजनिक         गायक मनिष लोप्चनको आवाजमा ” मेरो हरेक स्वासमा बास छ तिम्रो ” भिडियो सहित ।         ‘दशकौ कलाकारिता सम्मान’बाट नायक श्रीदेब सम्मानित        

कार्यक्रमहरु

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई

काठमाण्डौं । ‘ब्युटिसियन नेपाल २०१८’ को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन ।

अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता ‘ब्युटिसियन नेपाल’ को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड र बेस्ट ट्यालेन्ट बिजेता शिलास्मा मल्लले नै हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतिक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पंचलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री , मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाईलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कोरियोग्राफर कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ बिजेता गोमा अधिकारी हुनुहुन्थ्यो ।

प्रतियोगितालाई युरोपियन ब्राण्ड पायस कस्मेटिक्स ले प्रायोजन गरेको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो ।
प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोस अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा कला सुब्बाको कोरियोग्राफीमा कल्पनाज कलेक्सन तथा तेह्रथुमे ढाका कलेक्सनको आकर्शक डिजाईनमा भएको ‘फेशन शो’ ले थप रौनक प्रदान गरेको थियो ।
फोटो : कुबेर तामाङ, सगुन श्रेष्ठ






  • जनकपुर फेसन शो एण्ड मुइजिकल ईभेन्ट (सिजन -३) को अन्तिम अडिसन (फोटो फिचर)
  • सुनसरी लिटल प्रिन्स एण्ड एन्जल’को दोस्रो अडिसन धरानमा सम्पन्न (फोटो फिचर)
  • गायिका प्रतिमा विश्वकर्माको आवाजमा ”सारा खुशी ” भिडियो सहित ।
  • राज सिक्देलको ”भगवान कसम ” गीतले पायो सर्वाकृष्ट आधुनिक गायक पव्लीक च्वाईस अवार्ड
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution