हेडलाईन

आयो रगत तताउने गीत “गोर्खालीको शान “भिडियो सहित ।         बिपतको समयमा महत्वपुर्ण भुमिका खेल्छ रेडक्रस         छथर सुदापमा नेपाली कांग्रेसको वडा कमिटी गठन         चलचित्र ‘लभ जोन’कोे गीत सार्वजनिक         उपचार हुन नसक्दा हइकम लिम्बुको खुट्टाका औला झरे छोरा पनी अपाङ्ग         दोलखा श्यामा शेर्पा समाज अमेरिका द्वारा पर्यटन दुत छिरीङ डोल्मा शेर्पा सम्मानित         आर्थिक बिपन्न हइकम लिम्बूलाई समाजसेवी शिव ईम्सङ्द्धारा खाद्यन्य र लत्ताकपडा सहयोग         गायक समिर लिम्बुको आवाजमा“ लभर ब्वाई “ भिडियो सहित ।         पौष ११ लाई रिलिज मिति तोक्दै नेपाली कथानक चलचित्र “ मेरो दिल छ पोखरामा ” सम्पादन हुदैं ।         गायिका विन्दु सुनारको“ उडि सरर ” भिडियो सहित ।         गायक टिकाराम थापा को आवाजमा“चोखो माया ” भिडियो सहित ।         गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)         रामु विरहीको आवाजमा सोरठी देउसी भैलो ’ गीत भिडियो सहित ।         गायक गजेन्द्र लिम्वुको आवाजमा“ शुभ कामना “ भिडियो सहित ।         छथरको सुदापमा तरुण दल गठन नेकपा त्यात्दै कांग्रेसमा दर्जनौ युवाहरु प्रवेश ।        

कार्यक्रमहरु

भित्ता कोर्ने दाह्रीवाल

काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि भित्तेकलाको काम सुरु गरेका हुन् । लामो कपाल, झुस्स दाह्री पाल्ने उनी दाह्री ग्याङमा पनि आवद्ध छन् । सुमनले विर अस्पतालसँगै सयभन्दा बढी भित्ताहरुमा आफ्नो कला देखाईसकेका छन् । उनको यो कलाले पछिल्लो समय प्रशंसा पनि पाईरहेको छ । बिजनेस स्टडिजका विद्यार्थी उनी अहिले भित्तेकलालाई नै आफ्नो मुख्य पेशा बनाईरहेका छन् । जागिरको लागि कोशिस पनि गरेँ तर चित्रकलामा जस्तो रमाउन सकिन र भित्तेकलामै केन्द्रित भएँ, उनी सुनाउँछन् । बाल्यकालदेखि चित्र बनाउन रहर गर्ने उनलाई बुवाले नै उनलाई चित्रकलाको आधारभूत शिक्षा दिए । तर, चित्रकला संघर्ष बुझेका उनले छोरोलाई मूल पेशा नै चित्रकला नबनाउन सुझाव दिने गर्थे । यद्यपि, सुमनले बुवाको इच्छा अनुसार अन्य पेशामा रमाउन सकेनन् र अध्ययनको साथमा आफ्नो कलालाई पनि उति्तकै महत्व दिए । अहिले उनको लागि रहरको काम नै जीवन चलाउने आधार बनेको छ ।अहिले उनी काम खोज्दैनन्, उनलाई नै कामले खोज्न सुरु गरिसकेको छ । तर, पाँच वर्ष अघि भने उनी चित्रकलाबाट दिक्क भएर नैराश्यमा गईसकेका थिए । सामाजिक संजालमा रहेको दाह्री ग्याङ ग्रुपले उनको कला यात्रालाई नयाँ मोड दिएको उनी बताउँछन् । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय दाह्री ग्याङले धुर्मुस सुन्तली फाउण्डेशनको सामाजिक काममा पनि सघाउँदै आएको थियो । त्यही शिलशिलामा विर अस्पताल रंग्याउने अभियान चल्दै गर्दा सुमनले भित्तकला गर्ने नयाँ अवसर पाए । यो अवसरले अरु थुप्रै नयाँ अवसरहरु जुराईदियो । उनले केही विद्यालय, थुप्रै रेष्टुरेन्ट र घरका भित्तामा आफ्नो कला देखाईसकेका छन् । हरेक पटक फरक र नयाँ सिर्जना गर्न चाहन्छन् । तर, अल्लारे उमेर र हुलियाका कारण उनलाई कतिपयले भने अविश्वास गरेर नयाँ चित्र बनाउने अवसरै दिँदैनन् । हेर्नुहोस् भिडियो ।






  • अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)
  • “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने
  • काउली बुढीको अभिनयमा तिज गीत ’बैना रुमाल ’ भिडियो सहित
  • सेवाव्यवसाय र मुल्यअभिवृद्धि कर
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution