हेडलाईन

जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित         अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’         बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो         छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती         छथरमा लिला राई सांगितीक प्रस्तुती हुने         गायिका धनकुमारी थापा सरुको “ जाम नाच्न जाम “ सार्वजनिक (भिडियो सहित )         नेपाली कथानक चलचित्र ‘काँचुली’ आज बाट देशभर प्रद्धर्शन हुदैँ ।         स्वर्गद्वारी आश्रमको जग्गा हडप्न यस्तो षड्यन्त्र रचियो         स्वरुप राज आचार्यको आवाजमा सजिएको ”छल्केको आँशु भित्र ”सार्वजनिक         सबैलाई रुवाउने गायक नारायण रायमाझीको मार्मिक गीत ‘हे मेरी आमा’ सार्वजनिक (भिडियो)         मिलन सापकोटाको आवाजमा मौलिक तिज गीत” गोठालो “भिडियो सहित         बाबुराम कटुवालको अध्यक्षतामा ३३ सदस्यीय नेपाल तरुण दल छथर सुदाप गठन         छथरमा पहिलो पटक चर्चीत गायक प्रमोद खरेल आउँदै         लोकमान मादेनद्धारा नृत्य प्रतियोगिताको तेस्रो पुरस्कार प्रायोजन         नेपाली कथानक चलचित्र काँचुलीको अर्को गीत ”तिमी साथ छौ र पो “ भिडियो सहति        

कार्यक्रमहरु

युवा समाजसेवी राज कुमार थापाद्धारा नृत्य प्रतियोगिताको पहिलो पुरस्कार प्रायोजन

प्रकाश पाक्साँवा
तेह्रथुम,१७ साउन । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा आयोजित ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा नृत्य प्रतियोगिताको पहिलो पुरस्कार युवा समाजसेवी राज कुमार थापाले गर्नु हुने भएको छ । छथर गाउँपालिका ५ ओख्रे तेह्रथुम निवासी थापाले पहिलो पुरस्कार प्रायोजन गर्नु हुने भएको हो ।

“खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागीएको छ । नृत्य प्रतियोगितामा प्रथम हुनेले नगद ११ हजार ५ सय दोश्रो हुनेले ७ हजार ५ सय र तेश्रो हुनेले ४ हजार ५ सय नगद सहित प्रमाण पत्र पाउने भएका छन । नृत्य प्रतियोगिता यती साउन ३० गतेबाट सुरु हुने भएको छ । नृत्यका साथै स्थानीय तह स्तरीय दोश्रो छथर गाउँपालिका रनिङ कप भलिबल प्रतिगोगित हुने भएको छ । भलिबल प्रगियोगितामा बिजेताले नगद १ लाख १० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएको खेलकुद बिकास समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । त्यस्तै उपबिजेताले नगद ७० हजार रनिङ कप प्रमाणपत्र र मेडल पाउने भएका छन ।

त्यस्तै सोही अबसरमा खुल्ला पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । फुटबलमा बिजेताले नगद ६७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले नगद ४० हजार प्रमाणपत्र र मेडल पाउने भएको समाजका सचिव सन्तोष सुबेदीले बताउनु भयो । खेलकुद तर्फ ब्यामिन्टन प्रतियोगिता हुने भएको छ । ब्यामिन्टन प्रतियोगितामा बिजेताले नगद १७ हजार ५ सय प्रमाणपत्र र मेडल पाउने भएका छन । उपबिजेताले ११ हजार ५ सय पाउने भएका छन । प्रतियोगिता यही श्रावण ३१ गतेबाट सुरु हुने आयोजक जनाएको छ । छथर गाउँपालिकाको आर्थीक सहयोग तथा रत्नदेबी युवा सेवा समाज छथर सुक्रबारे र छथर खेलकुद बिकास समितीको अयोजनामा मेला आयोजना हुने भएको समितीका अध्यक्ष अनिल आंखेवाले बताउनु भयो । प्रतियोगितामा पुर्बका बिभीन्न जिल्लाका स्थानीय तहरुको सहभागीता रहने भएको छ ।

पर्यटकहरुले छथरका पर्यटकीय गन्तब्यहरु मार्गपोखरी,साततले धाम,चाङलुङ गुफा,ताक्लुङ गढी,हाङमालुङ,सेप्माङलुङ,चाङसिङ गढी,बराह मन्दिर पञ्चकन्या ,योमुई चाम्खासिङ यक, थाक्चोलुङ मन्दिर लगायतका स्थानहरुको दृष्यालोकन गर्न सक्ने आयोजकले जनाएको छ ।






  • जिवन बुढाथोकी को अभिनयमा डान्सिङ गीत”बाडुल्की लाग्यो” भिडियो सहित
  • अभिनेत्री मास्केले रोजिन् ‘दी पोश आउटफिटर्स’ नक्सालमा खुल्यो ‘दी पोश आउटफिटर्स’
  • बालुवा उत्खननका कारण ककनीको कोल्पुमा दुईको ज्यान गयो
  • छथर ओख्रेमा तरुणदल गठन डन्जन सुवारको अध्यक्षतामा ६३ सदस्यीय कार्यसमिती
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution