राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७६ का लागि गाउँपालिका स्तरीय छनौट प्रतियोगिता सुरु

प्रकाश पाक्साँवा
तेह्रथुम १२ जेठ । जिल्लाको छथर सुक्रबारेमा राष्ट्रपति रनिङ शिल प्रतियोगिता २०७६ को लागि छथर गाउँपालिका स्तरीय छनौट प्रतियोगिता सुरु भएको छ ।
छनौट प्रतियोगितालाई औपचारीक रुपमा उद्धघाटन गरी सुरु गरिएको हो । गाउँपालिकालाई खेलकुद पर्यटन प्रबर्धन गर्ने उदेश्यका साथ यही जेठ १५,१६ र १७ गते प्रतियोगिता आयोजना गरीएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले बताउनु भयो । शनिबार भएको छनौट खेलमा भलिवल छात्र तर्फ मछिन्द्र माध्यमिक विद्यालय सुदाप प्रथम र सरस्वती माध्यमिक बिद्यालय शुक्रबारे दोश्रो भएका छन । त्यस्तै एथ्लेष्टीक्स खेल तर्फ १०० मिटर दौड छात्र तर्फ प्रथम सरस्वती मा. वि. शुक्रबारे द्धितिय भगवती मा. वि. ओख्रे छात्रा तर्फ प्रथम पञ्चकन्या मा. वि. पन्चकन्या द्धितिय सरस्वती मा. वि. शुक्रबारे २०० मिटर दौड छात्र तर्फ प्रथम सरस्वती मा. वि. शुक्रबारे द्धितिय भगवती मा. वि. ओख्रे छात्रा तर्फ प्रथम पन्चकन्या मा. वि. पञ्चकन्या द्धितिय भगवती मा. वि. ओख्रे भएका छन् ।
त्यस्तै ४०० मिटर दौड छात्र तर्फ प्रथम भगवती मा. वि. ओख्रे द्धितिय पन्चकन्या मा. वि. पञ्चकन्या छात्रा तर्फ प्रथम भगवती मा. वि. ओख्रे द्धितिय सरस्वती मा. वि. शुक्रबारे लङजम्प छात्र तर्फ प्रथम भगवती मा. वि. ओख्रे द्धितिय पञ्चकन्या मा. वि. पन्चकन्या तर्फ प्रथम शारदा मा. वि. फयाक द्धितिय सरस्वती मा. वि. शुक्रबारे ट्रिपल जम्प छात्र तर्फ प्रथम भगवती मा. वि. ओख्रे द्धितिय नवीन शिक्षा सदन फाक्चामारा छात्रा तर्फ प्रथम नवीन शिक्षा सदन फाक्चामारा द्धितिय भगवती मा. वि. ओख्रे ८०० मिटर दौड छात्र तर्फ प्रथम पन्चकन्या मा. वि. पन्चकन्या द्धितिय सरस्वती मा. वि. शुक्रबारे छात्रा तर्फ प्रथम पञ्चकन्या मा. वि. पन्चकन्या तृतिय सरस्वती मा. वि. शुक्रबारे भएको गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो ।
पुरुष तथा महिला भलिबल प्रतियोगिता एथ्लेष्टीक्सका खेलहरु हुने गाउँपालिकाले जनाएको छ । छनौट प्रतिया्गितामा छथर गाउँपालिकामा रहेका ९ वटै माध्यमिक विद्यालयहरुको सहभागीता रहेको छ ।