हेडलाईन

अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।         गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।         रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ         गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले         नेपाली कथानक चलचित्र ‘बाग्मती कि रानी’ निमार्ण हुने ।         सरकार कुनै धर्म जातको हुदैन         संगीत नै जिवन हो संगीत बिना अधुरो,अपुरो छु गायिका नित्याशिवा।         सर्वजित शाहको अभिनयमा ”मायाको गाउँमा ”भिडियो सहित         नरेश मैनालीको शब्द तथा संगीतमा“छोडी गयौ” भिडियो सहित         रेश्मा बम्जन र अनिल लामाको “सोल्टेनी मैच्याङ “ भिडियो सहित ।         गर्भवती महिलालाई गाउँमै निःशुल्क भिडीयो एक्सरे सेवा         छायाँछवि नारी पत्रकारिता पुरस्कार शारदा थापालाई         पार्टीे शक्तीशाली बनाउने तरुणदल नै हो         विमानस्थलकै कर्मचारी मानव तस्करीमा संलग्न भएको प्रमाण फेला         छथर आङदिममा तरुणदल गठन, बिनोद भट्टराईको अध्यक्षतामा ४९सदस्यीय नयाँ कार्यसमिती        

कार्यक्रमहरु

विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

काठमाडौं, गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो । गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठीत गीतकार एसपी कोइराला, गीतकार सङ्घ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि प्रतिष्ठीत कवि, गीतकार तथा साहित्यकार उषा शेरचन, अतिथिहरु पूर्वमन्त्री सुशिल शेरचन, गीतकार/सङ्गीतकार आभाष, गायिका लाशिमीत राई, एल्बमका सङ्गीतकार वसन्त मुकारुङ, गीतकार विमला तुलाचन, निर्मल गौचनलगायतले एल्बमको लोकार्पण गरेका थिए ।
सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको सभापतित्व र शिलु अधिकारीको उद्घोषणमा भएको समारोहमा एल्बममा रहेका दुई गीत ‘कहिले खहरे झै…’ र ‘मेरी आमा…’को भिडियो पनि देखाइएको थियो ।

समारोहमा एल्बम माथि समिक्षा लाशिमित राई र आभाषले गरेका थिए भने सुशिलमान शेरचन, उषा शेरचनले शुभकामना मन्तव्य राखेका थिए । वसन्त मुकारुङले धन्यवाद ज्ञापान गरेका थिए भने गायिका विमला तुलाचनले स्वागत मन्तव्य राखेकी थिइन ।
प्रमुख अतिथि एसपी कोइरालाले प्रमुख अतिथिको शुभकामना सहित मन्तव्य राख्दै एल्बममा रहेका गीत उत्कृष्ट रहेको बताएका थिए । कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो भने अतिथिहरुलाई पनि मायाको चिनो वितरण गरिएको थियो ।
एल्बममा ‘कहिले खहरेझैं…’, ‘हाम्रो प्रेम अजम्बरी…’, ‘सुन मायालु…’जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

समारोहमा कवि तथा गीतकार श्रवण मुकारुङ, शशि लुमुम्बु, चन्द्र रानाहँछा, सङ्गीतकार राजु सिंह, गायक तथा गीतकार गौरब गुरुङ, भीमलाल गुरुङ, जगतमर्दन थापा, विश्ववल्भ, जनगायक जीवन शर्मा, गीतकार सङ्घका सम्पूर्ण पदाधिकारी, गीत सङ्गीत क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारीलगायतका व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।






  • अर्जुन दृष्टि गु्रप अफ इन्टरटेन्मेन्टको आयोजनामा सास्कृतिक कार्यक्रम आयोजना हुने ।
  • गायिका कविता खत्रीको आवाजमा “ गरिबको जुनी “ भिडियो सहित ।
  • रामकुमार नेपाली लाई जिताउन सक्दो शेयर गरौ
  • गायक राजेश पायल राईको घरमा आगलागी, प्रमाणपत्र जले
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    भित्ता कोर्ने दाह्रीवाल

    काठमाडौं । तनहुँका सुमन वाग्ले भित्तेकलामा पोख्त छन् । सानैदेखि चित्रकलामा रुची भएपनि उनले विगत ५ वर्षदेखि... बाँकी यता

    कञ्चनजंघा अनलाईन / August 17, 2019

    “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” भदौ २५ गते हुने

    काठमाडौँ : “औधोगिक शान्ति नेपाल म्युजिक अवार्ड २०७६” यहि आउदो भदौ २५ गते राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।उक्त... बाँकी यता

    कञ्चनजंघा अनलाईन / July 23, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution