हेडलाईन

गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न         गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।         दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा         बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।         गायिका रेखा पौडेलको आवाजमा ”बेईमाना पाराको ” (भिडियो सहित )         आठौं प्रभु पे म्यूजिक खबर म्यूजिक अवार्ड सम्पन्न (अवार्डको सूची यस्तो छ)         कैलास मैनालीको नयाँ गीत ‘तिम्रो मेरो’ सार्वजनिक         घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।        

कार्यक्रमहरु

सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रे शिलान्यास, मुख्यमन्त्री राईले भने, ‘संघीयता देशको बोझ हैन, नागरिकलाई सुविधा दिएको छ ।’ (तस्विरसमेत)

प्रकाश पाक्साँवा,
तेह्रथुम (कञ्चनजंघा अनलाईन) । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले छथर गाउँपालिकालाई पुर्वी तराईसँग जोड्ने अत्यधिक महत्वको सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रे शिलान्यास गरेका छन् । १६ किमि सडक कालोपत्रे भएपछि यहाँका बासिन्दालाई आवत्जावत् सँगै उत्पादन भएको कृषि उपज निर्यात र खाद्यान्न लगायत बस्तुहरु आयातकालागि सहज हुनेछ । मुख्यमन्त्री राईले सोमबारै छथर अस्पतालको समेत उद्घाटन गरेका छन् ।

सडक शिलान्यास र अस्पताल उद्घाटनपछि आयोजित सभामा मुख्यमन्त्री राईले संघीयताले नागरिकलाई राज्यले प्रवाह गर्ने सेवा सुविधा सहजै प्राप्त गर्ने बातावरण तय भएको बताए । उनले भने, ‘संघीयता देशकालागि बोझ हैन, यसले नागरिकलाई सुविधा दिएको छ ।’ उनले प्रदेशको विकास र संमृद्धिकालािग प्रदेश सरकार डटेर काममा लागेको बताए ।

पुर्वाधार विकास कार्यालय संखुवासभाले सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेकालागि भ्याट समेत ७४ करोड ३६ लाखमा ठेक्का लगाएको छ । निर्माणको काम ०७९ सालभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । छथर अस्पताल भने गाउँपालिकाको स्वास्थ्य शाखाले हमरजुङ स्वास्थ्य चौकीको स्तरोन्नति गरेर सन्चालन गरेको हो ।

कार्यक्रममा प्रदेश सभा सदस्य लक्ष्मण तिवारीले छथरबासी नागरिकहरुलाई सडक निर्माणकालागि खबरदारी गरिरहन आग्रह गरे । ‘सडक कालोपत्रेको शिलान्यास भएको छ, अब ठेकेदारले समयमा काम गर्छ गर्दैन ? कस्तो काम गर्छ ? गुणस्तरीय सडक बन्छ कि बन्दैन ? यसमा खबरदारी छथरबासीले गर्नुपर्छ,’ उनले भने ।

सो अवसरमा गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले छथर क्षेत्रको शिक्षा, स्वास्थ्य, सुरक्षा, पर्यटन तथा भौतिक निर्माणकालािग सर्वदलीय, सर्वपक्षीयरुपमा तयार भएको ज्ञापनपत्र समेत बुझाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवप्रसाद ढुंगाना, म्याङलुङ नगरपालिकाका मेयर सन्जयकुमार तुम्बाहाम्फे, प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओली लगायतले मन्तव्य राखेका गाउँपालिकाका प्रवक्ता राजन नेपालीले जानकारी दिए ।

पुर्वाधार विकास कार्यालय संखुवासभाले सिधुवा–शुक्रबारे–ओख्रे सडक कालोपत्रेकालागि भ्याट समेत ७४ करोड ३६ लाखमा ठेक्का लगाएको छ । निर्माणको काम ०७९ सालभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । छथर अस्पताल भने गाउँपालिकाको स्वास्थ्य शाखाले हमरजुङ स्वास्थ्य चौकीको स्तरोन्नति गरेर सन्चालन गरेको हो ।








  • गुरुङ भाषा विज्ञान सम्बन्धी प्रशिक्षण तथा १२औं रचना वाचन कार्यक्रम सम्पन्न
  • गायक सुन्दर परियार र गायिका सर्मिला गुरुङको आवाजमा ”बालिङ त्रियासी ” भिडियो सहित ।
  • दिल कुमारको गीतमा जुना र अर्जुनको रोमान्स हेर्नुहोस भिडियोमा
  • बेबिंन अमात्यको शब्दमा ‘हर रात ‘ भिडियो सहित ।
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution