हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

स्कुटर दुर्घटनामा दुई जना युवतीले अकालमै ज्यान गुमाए

इटहरी । प्रदेश नम्बर १ का झापा र सुनसरीमा सोमबार भएका दुर्घटनामा दुई जना युवतीले ज्यान गुमाएका छन । ज्यान गुमाउनेमा एकजना स्टाफ नर्स हुन भने एकजना स्थानीय नेताकी छोरी हुन । बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्सको मृत्यु भएको छ । मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता विपि प्रतिष्ठानकी स्टाफ नर्स भएको इलाका प्रहरी कार्यालय धरानको सञ्चार शाखाले जानकारी दिएको छ । रोकि राखेको ट्रक मुनी छिरेकी तुम्बालाइ उपचारको लागी विपि ल्याइएको थियो । अस्पतालमा ल्याइपुर्याएपछि उनको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ ।

को २६ प ८५१ नंम्बरको स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं। को ट्रकको पछाडी छिरेकी थिइन् । घटनास्थलमा रहेका स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो भने ट्रकको पछाडी भागमा लाइट रिफ्क्टर समेत नभएको र इण्डिकेटर समेत नबाली सडकमा नै पार्क गरि राखिएको थियो ।

उता स्कुटर दुर्घटनामा परी झापामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका १ बस्ने २७ वर्षीया रञ्जना खनाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा मृत्यु भएकी खनाल नेकपा झापाका जिल्ला सदस्य राधाकृष्ण खनालकी छोरी हुन् । प्रहरीका अनुसार सोमबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत धरमपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १० प ८१ नम्बरको मोटरसाइकलले पश्चिमबाट पूर्वतर्फ आइरहेको मे ७ प १६७८ नम्बरको स्कुटरमा सवार खनाललाई ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक खनालको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । यता, प्रहरीले मोटरसाइकसहित चालकलाई नियन्त्रणमा लिएको छ ।






  • २७ बर्षका युवाको डरलाग्दो अनुहार, नेपालमै उपचार असंभव, आमा रुदै मिडियामा (भिडियो)
  • बाटो बनाउँदा ५ जनाको एकै चिहान, डोजरले निकाल्यो शब, प्रत्यक्षदर्शीले बताए बास्तविक कुरा (भिडियो)
  • दशैको टिकाको दिनमा बाघले मान्छे खायो, बाघ मार्न गाउँले जंगलमा (स्थलगत रिपोर्ट)
  • पोखराको न्यूरोड तनावग्रस्त, भिषण आगो लाग्दा निभाउनै कठिन (भिडियो)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution