हेडलाईन

टिकटक भिडियो बनाएर ३ जना भाग्यमानीले जित्नुहोस् यति धेरै नगद पुरस्कार         दिनेश र तृप्तीको फिचरिङमा ”चिसो हावा सरर ” भिडियो सहित ।         किरण अधिकारी र संजीवनीको “तिमी त्यसै त्यसै राम्री ” सार्बजनिक(भिडियो सहित)         पार्वती राईको अभिनयमा ”अन गर है नेट ” भिडियो सहित ।         गायिका सुष्मा राईको आवाजमा ”खोटाङ रोधी घर ” भिडियो सहित ।         गायक दुर्गा सेन्चुरी को”पोख्रेली कान्छी ” भिडियो सहित ।         टेकेन्द्र रोकायाको शब्दमा ”झुम्का वाली ” भिडियो सहित ।         प्रेम दिवसमा मात्र होइन हरेक दिन मायाको सम्मान हुनुपर्छ : गायिका धनकुमारी थापा सरु         जनक विवस न्यौपानेको नयाँ गीत ‘मुना मदन’ सार्वजनिक         नेपाली कथानक चलचित्र ”मेरो दिल छ पोखरामा’ मार्फत नेपाली रजतपटमा डेब्यू गर्दै नव नायिका“ रन्जु रञ्जना ”         मेरो दिल छ पोखरामा फागुन १० गते विशेष शो हुदै         “रेल गाडी” लिएर आए समीर र सुरेखा(भिडियो सहित)         चिनीमाया गुरुङ र सुस्मिता गुरुङले पहिरिए मिसेस एण्ड मिस गुरुङ -२०२० को ताज         गायन क्षेत्रमा अब्बल बन्दैँ गायक सञ्जय थापा         रमा ठकुरी र शशीको अभिनयमा ”निमोहीको याद” भिडियो सहित ।        

कार्यक्रमहरु

स्व.कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’को लोकार्पण

काठमाडौं । समाजसेवी एबम साहित्यकार स्व. कर्णकुमार श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ को विमोचन गरिएको छ । सोमबार राष्ट्रिय नाचघर काठमाडौंमा एक कार्यक्रमकाबीच ‘उस्तै उस्तै मान्छे’ र गजल संग्रह ‘मनको सागर’ को वरिष्ठ साहित्यकार एवं चलचित्र निर्देशक यादव खरेलले विमोचन गरे ।

बिमोचन कार्यक्रममा शिक्षक ईश्वरी भण्डारी, वरिष्ठ साहित्यकार तथा समालोचक लक्ष्मण गाम्नागे, साहित्यकार, समालोचक, चलचित्र निर्देशक तथा संचारकर्मी प्रकाश सायमी र चर्चित संगीतकार राजु सिंह लगायतको उपस्थिती रहेको थियो ।
विमोचित एल्बम ‘मनको सागर’मा म ७ वटा गीत तथा गजलहरु रहेका छन् । संग्रहित गीत तथा गजलहरुमा चर्चित गायक गायिकाहरु अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, मनोज राज सिवाकोटी, दिपशिखा राहुल, सजल न्यौपाने र बुनु श्रेष्ठ आदीको आवाज रहेको छ । ति गीत तथा गजलहरुमा किरण कडेंल, बिएन.निराकार, रिदम कडेंल र रामकुमार रिमालले संगीत सिर्जना गरेका छन भने किरण कडेंल, बि.एन.निराकार, रिदम कडेंल र देवेन्द्र नेवाले संगीत संयोजन गरेका छन ।
चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यज्यूको सभापतित्वमा आयोजित समारोहमा स्व. श्रेष्ठद्वारा लिखित पुस्तक ‘उस्तै उस्तै मान्छे’ र श्रेष्ठद्वारा रचित गीत तथा गजलहरु संग्रहित एल्बम ‘मनको सागर’ एकैसाथ विमोचन गरिएको हो ।
बि. स. २००० सालमा गढीथुम्का, इलाममा जन्मिइ पूर्वाञ्चल क्षेत्रको दमकमा स्थायी बसोबास गर्नु भएका श्रेष्ठको गत बर्ष निधन भएको थियो । श्रेष्ठ साहित्यिक क्षेत्रसंगसंगै समाजसेवामा समेत क्रियाशील थिए । करिब ४ दशक शिक्षण पेशामा अनवरत रुपमा क्रियाशील श्रेष्ठले आफ्नो जीवनकालमा नेपालका विकट क्षेत्रहरुमा व्वतःस्फूर्त रुपमा निःशुल्क शिक्षा समेत प्रदान गरेका थिए । श्रेष्ठको यसअघि नाकको अप्रेशन (हास्यव्यङ्ग्यसंग्रह), ऋतम्भरा (गजलसंग्रह), मनको सागर (गजलसंग्रह) र मुखाले पोथी (बाल–कथासंग्रह) प्रकाशित भैसकेका छन् । कार्यक्रम चलचित्र निर्माता एवं समाजसेवी गोपाल कर्माचार्यको सभापतित्वमा सम्पन्न भएको हो ।
यी २ वटै कृतिहरुको प्रकाशन लेखककी छोरी बुनु श्रेष्ठले गरेकी हुन।






  • कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।
  • सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक
  • जय लिम्बुवान र दुङ्दुङ्गे माइला
  • कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    गायिका सरु थापाद्धारा क्रिष्मसको शुभकामना सन्देश ।

    काठमान्डाँै । लोकदोहोरी गायिका सरु थापा हालै काठमान्डौँमा सम्पन्न एपिक नेपाल म्युजिक अवार्डमा सर्वोकृष्ट... बाँकी यता

    roshan pokharel / December 25, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution