हेडलाईन

घरमै पुगेर जेष्ठ अपांगहरुलाई सम्मान तथा फलफुल प्रदान         विनय खत्रीको स्वरमा “मृत्‍यु सैया” (हेर्नुहोस भिडियो सहित)         गायक बादल श्रेष्ठको “तिमि फुल हौ कि जुन” सार्बजनिक(भिडियो सहित)         गायक जिवन लामाको नयाँ गीत ‘जानी नजानी ’ सार्वजनिक         “कालापानी हाम्रै हो लिपुलेक हाम्रै हो“ भिडियो सहित         गायक कमल न्यौपानेको आवाजमा “ गाजलु पहाड “ भिडियो सहित ।         धरान उपमहानगरमा तिलक राई विजयी, बहुदल आएको २९ वर्षमा पहिलो पटक कांग्रेसको जित         मेरो दिल छ पोखरामा मुभिको ट्रेलर सार्वजनिक ।         छथरको भगवती माबिमा डिजिटल सारक्षरता कार्यक्रमको उद्धघाटन         गायक पदम थापा को आवाजमा तिम्रो बाउ भिडियो सहित ।         नेपाली कथानक चलचित्र“के भुल भयो प्रीया“ निमार्ण हुने ।         पिम नेपाल फिल्म फेष्टिवलको दोश्रो संस्करण धनगढीमा हुँदै ।         ऐतिहाँसिक सत्यहाङमा मेला तथा चासोक तङनामको अबसरमा फुलबल प्रतियोगिता हुने         शुभ मुर्हत गर्दै आजबाट ‘बल्छी धुव्रे’ को छायांकन सुरु         सिंगापुरमा सम्पन्न लेडी अफ एक्सिलेन्स अवार्डमा एलिजा र सावित्री सम्मानित        

कार्यक्रमहरु

मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो रोबोट, कसरी सुरु भयो रोबोट प्रबिधि ?

काठमाडौं । रोबोट एक प्रकारको मानव निर्मित यन्त्र र कम्प्युटर प्रोग्राम हो, यसलाई हेर्दा लाग्छ यो यन्त्र भित्र पनि जीवन छ। रोबोटको निर्माण विभिन्न प्रकारको काम गराउनको लागि गरिन्छ । यसभित्र मानिसहरु संग दोहोरो संबाद गर्न सक्ने प्रोग्राम राखिएको हुन्छ ।

रोबोटहरु हिड्न सक्छन् ,आँखाले वस्तुलाई स्क्यान गरेर हेर्न सक्छन् । अनेक प्रकारका शारीरिक हलचल गर्न सक्छन् ।अहिलेका आधुनिक ह्युमोमोइड रोबोटहरुले भने मानिसले गर्न नसक्ने जटिल कार्यहरु समेत गर्न सक्छन् । प्राचिनकालमा रोबोटलाई रोबोट भन्ने चलन थिएन र सबैभन्दा पहिले रोबोट शब्दको प्रयोग १९२१ मा ’चेकमा रोसमको युनिभर्सल रोबट्स ’(rossums universal roberts) नामक नाटकमा प्रयोग गरिएको थियो । रोबोटको मतलब चेक भाषामा कठिन परिश्रम अथवा मजदुर भन्ने बुझाउँछ । उक्त नाटकका लेखक केरेल केपेकले रोबोट शब्द प्रचलनमा ल्याएका थिए । त्यसपछि यो शब्द विश्वभरमा व्यापक प्रयोगमा आएको थियो ।

ग्रिकका देवता हेफेस्टसले यान्त्रिक कर्मचारीहरु निर्माण गरेका थिए । त्यस्तै यहुदीको कथामा माटोको गोलेम,पिगमेलियनको पौराणिक मुर्ति गालातिया समेत जीवित भएका,अनेकौ पौराणिक कथाहरु छन् । यसकारण अटोमेटा अर्थात् रोबोटको इतिहास प्राचिन चीन,प्राचिन ग्रिस र इजिप्ट लगायत विश्वका धेरै देशका पौराणिक कथाहरुको संस्कृति संगै विकास भएको मानिन्छ ।

तर वास्तबमै सबै भन्दा पहिले रोबोटको निर्माण भने इसापुर्बको चौथो शताब्दीका एक जना ग्रिकका दार्श्निक अर्काइटसले गरेका थिए । दार्श्निक भएतापनि अर्काइटस म्याथम्याटिसियन,एस्ट्रोनोमर तथा स्ट्राटेजिस्ट समेत थिए । उनले आँफै उड्न सक्ने द फ्लाईङ पिजन नामको एउटा डिभाइसको निर्माण गरेका थिए ।

यो डिभाइस वाफको सहायतामा चल्न सक्थ्यो । आर्काइटसले बनाएको यहि स्वचालित डिभाइसलाइनै संसारमा सबैभन्दा पहिलो रोबोट मानिन्छ र आर्काइटसको यहि प्रयोग रोबोटिक्सको इतिहासमा कोषे ढुंगा साबित भयो ।

तत्पश्चात् अलेक्जेन्ड्रीयाका हिरोले वाफबाट चल्ने धेरै स्वचालित यन्त्रहरुको निर्माण गरे । यसपछि दशौ शताब्दितिर चीनमा सु(सोंगले एउटा घण्टाघरको निर्माण गरे जहाँ एउटा यान्त्रिक मुर्तिले हरेक घंटामा घन्टी बजाउने काम गर्दथ्यो । रोबोटहरु मानव आकृतिको जस्तो मात्र नभएर जनावर जस्तो र अन्य कुनै बस्तुको आकारमा पनि बनिएका छन् ।

ती रोबोटहरु बस्न तथा हिडडुल गर्न र हात चलाउन सक्छन् ,यिनीहरुको टाउको र अनुहार समेत चल्छ । यस पछि सत्रौं शताब्दीमा यस्ता धेरै आकार र प्रकारका स्वचालित रोबोटहरुका निर्माण भए र ती रोबोटहरुले चित्र बनाउने,उड्ने तथा संगीत बजाउने देखि लिएर मानिसले गर्ने धेरै प्रकारका जटिल कामहरु गर्न सक्दथे । जापानी शिल्पकार हिसशिगे तानाका जसलाई जापानका एडीसनको रुपमा समेत चिनिन्छ,उनले एकदमै जटिल मेकानिकल खेलौनाहरु बनाएका थिए । ती मध्ये केहिले चिया बाड्ने तथा तिर हान्न सक्ने थिए भने केहि जापानी कान्जीका चरित्रहरु पनि थिए ।

यसरि १८ औ दशकतिर बिस्तारै ह्युमोनोइड रोबोटको बिकास हुँदै गयो । साधारणतया मानव ब्यबहारको नक्कल गर्ने र झट्ट हेर्दा पनि मानिस संग मिल्दो जुल्दो रुप रेखा भएका रोबोटहरुलाई ह्युमोनोइड रोबोट भनिन्छ ।

रोबोटले बोल्ने देखि लिएर जति पनि मानवीय आचरणको नकल गर्छ त्यो हेर्दा हामीलाई यस्तो लाग्छ कि यसले आफ्नै बुद्दी र बिबेकको प्रयोग गरेर यी सम्पूर्ण कामहरु गर्दछ र यसको आफ्नै उद्देश्य छ । तर रोबोट एउटा यान्त्रिक एजेन्ट हो । यसमा विद्युतीय मेकानिकल प्रणाली हुन्छ । संसारकै पहिलो ह्युमोनोइड रोबोट १८१० मा फ्रेडरिक कफमेनले बनाएका थिए । उनले ट्रम्पेट सहितको सैनिक ह्युमोनोइड रोबोट बनाएका थिए ।

सामान्य स्वचालित रोबोट भने मानिस जतिकै लचिला हुँदैनन् । तर यिनीहरु आरामले घुमफिर गर्न सक्छन् । कम्प्युटर जस्तै स्वचालित रोबोटहरु पनि सफ्टवेयर तथा अन्य साधनहरु सँग जोडिएका कारण,मानिस अथवा कुनै पनि बस्तुलाई सजिलै पहिचान गर्न सक्छन्,कुराकानी गर्न र साथी बन्न सक्छन्,वरपरको वातावरणमा पनि निगरानी राख्न सक्छन । सामान्य स्वचालित रोबोट भिन्न भिन्नै प्रकारका कार्यहरु एकैसाथमा गर्न सक्छन र अन्य धेरै उपयोगी कार्य गर्न सक्छन् ।

१९२८ मा डब्ल्यु एच रिचार्डले ह्युमोनोइड रोबोटको निर्माण गरेका थिए र उक्त रोबोटलाई लन्डनमा प्रदर्शनीमा राखिएको थियो । रोबोटलाइ एरिक नाम दिइएको थियो र त्यसमा ११ वटा इलेक्ट्रोम्याग्नेट र १२ भोल्ट पावर भएको मोटर सहित एल्युमिनियमको कवच सूट थियो ।उक्त रोबोटले हात चलाउन सक्थ्यो भने यसलाई रिमोट कन्ट्रोल र भ्वाइस कन्ट्रोलले कन्ट्रोल गरिएको थियो।
यसपछि १९३९ मा वर्ल्ड्स फेयरमा अर्को इलेक्ट्रो नामको अर्को ह्युमोनोइड रोबोट देखा पर्यो । जसको उचाई सात फिट (२.१मिटर ) र वेट २५६ पाउण्ड (१२०केजि) थियो । यो रोबोटले भ्वाइस कमाण्डमा हिड्न र ७०० शब्द बोल्न सक्थ्यो । यसका अलावा सिगरेट पिउने बेलुनमा हावा भर्ने तथा हात र टाउको हल्लाउने समेत गर्न सक्थ्यो । यसको शरीरमा एक स्टील गियर क्यामेरा थियो र मोटर स्केलेटेन थियो जसलाई अल्मुनियम स्कीनले ढाकिएको थियो ।

यसरिनै २१ औ शताव्दी सम्म आइपुग्दा धेरै आधुनिक रोबोटहरुको विकास भयो । यान्त्रिक मानव अथवा कृतिम सहायक रोबोट र यिनीहरुलाई बनाउने प्रयाशको धेरै लामो इतिहास छ । तर पूर्णतया स्वायत्त मेशिनहरु भने केवल २० औ शताब्दीमा आए । विश्वमा पहिलो कमर्शियल,डिजिटल तथा प्रोग्रामेबल रोबोट जर्ज डेवल १९५४ मा बनाएका थिए,जसको नाम युनिमेट थियो । डिजिटल प्रणालीबाट चल्ने प्रोग्राम भएको पहिलो रोबोट युनिमेटको प्रयोग १९६१ मा मेसिनको लागि आवश्यक धातुका धेरै तातो टुक्राहरु उठाउन गरिएको थियो ।

आज विश्वसनीयताका साथ काम गर्ने बाणिज्य तथा औधोगिक रोबोटहरु व्यापक रुपमा सहज मुल्यमा उपलब्ध छन् र प्रयोगमा आइरहेका छन् । यसबाहेक नराम्रा र मानव जातिलाई बेफाइदा पुर्याउने कामका लागि पनि रोबोटहरूको व्यापक प्रयोग भइरहेको छ । ह्युमोनोइड रोबोटको प्रयोग यातायात, पृथ्वी र अन्तरिक्षको खोज,सर्जरी,हतियारको निर्माण, प्रयोगशाला अनुसंधान र उपभोक्ता र औधोगिक उत्पादनको लागि गरिंदै आइएको छ ।- livingwithict.com साभार






  • नेटगियरको अर्बी ट्राइब्यान्ड वाइफाई सिस्टम, ४ हजार स्क्वायर फिटसम्म वाइफाइ कभरेज
  • सूचना र प्रविधिसँग सम्बन्धित विषयमा अन्तरक्रिया
  • पल्सर र अपाचेलाई मात खुवाउने गरि यामाहाले ल्याउदै छ यस्तो नेकेड बाइक !
  • सामसङको जे- २ २०१८ मोबाइल बजारमा मूल्य १४ हजार ५ सय ९० रुपैयाँ
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    प्राण घातक किङ्ग कोब्राले टोक्दा पनि यिनलाई बिष लाग्दैन ! १३०० सय भन्दा बढ़ी सर्प पकडे कतिले टोके कतिले!(भिडियो सहित)

    कञ्चनजंघा अनलाईन । मानिस भित्र पक्कै पनि आ आफ्नो कला हुन्छ तर आज जुन कला भनौ या प्रतिभा हामीले देखाउदै छौ एकदमै... बाँकी यता

    कञ्चनजंघा अनलाईन / November 26, 2019

    अचम्मको कुखुरा फार्म, चितुवाले गर्छ ३ लाख पर्ने १६ बर्षीय भालेको सुरक्षा (भिडियो)

    पोखरा । पोखरा २७ डाँडाको नाकमा लेखनाथ ह्याचरी तथा एकीकृत कृषि फार्म छ । राजेन्द्र अधिकारीले बिगत लामो समय देखी... बाँकी यता

    कञ्चनजंघा अनलाईन / October 14, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2019: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution