हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

कविता – प्रदूषणका कुहिएका चल्लाहरू ।

जेठोदाइ आउँदा

कूचो लगायौ तिमीले

तर अहँ कूचो होइन

दक्षिणको किटाणु भित्र्यायौ तिमीले ।

नाराउखान र हावाहुरीको

भुँवरी चलायौ तिमीले

पलाएका समृद्धिका पखेटाहरू पनि

सबैसबै भाँच्यौ

तर अहँ कहिल्यै रोपेनौ तिमीले

वातावरणका एउटै हरियो बिरुवा पनि ?

केवल उडायो सपनाहरू शहीदका

अनि रोप्यौ भ्रमका विषालु ऐंशेलु कँडाहरू

र उमार्यौ तिमीले

तीखातीखा खिया लागेका काँटीहरू

जसले रोपिएर हजारौँ समृद्धिका

कलिला पाइतालाहरू आज रकाताम्मे भएर

टिटानसको विषालु विषले कुहिरहेछन्

दह सुकेर माछा कुहेझैँ ।

जबसम्म

बालुवाटार र सिङ्गो दरबारमा

भाले र पोथी मिलेर कोरल्छन्

प्रदूषणका कुहेका चल्लाहरू

जबसम्म देश भक्तका बादल मडारिएर

वर्षेर भिज्दैन देहावसान भएका बारीका डल्लाहरू

तबसम्म फेर्न सक्दैनन् सास आरामले फोक्सोबाट

ती डाँडाकाँडा, भीरपाखा, पर्वत र तराइका

अग्राख, धुपी र सल्लाहरू ।

फेरि म कसरी फेर्न सक्छु

स्वच्छ वातावरणको फोक्सोबाट

त्यो शुद्ध अक्सिजन ए मनुवाहरू ?

जबसम्म

बालुवाटर र सिङ्गो दरबारबाट बहिरहन्छ

कुहिएका सिनुका दुर्गन्धहरू

मेरै फोक्सोको कुलेसोभएर ।

-राजबाबु श्रेष्ठ ‘सागर’

महोत्तरी, गौशाला न. पा. १






  • स्व.कर्णकुमार श्रेष्ठको ‘उस्तै उस्तै मान्छे’ र ‘मनको सागर’को लोकार्पण
  • सोविता सिंखडाको उपन्यास “वराङ्गना” को दोसो प्रोमो सार्वजनिक
  • जय लिम्बुवान र दुङ्दुङ्गे माइला
  • कविता – बस्दैन अचेल आमसभा बिस्कुन सुक्ने सुकुलहरूमा
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

    काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

    कञ्चनजंघा अनलाईन / March 16, 2020

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution