हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित चलचित्र प्रदर्शन हुने

काठमाडौं, मंसिर २७ । मदन पुरस्कार बिजेता साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित ‘जीवन काडा कि फूल’ नामक आत्मकथात्मक कृतिमा आधारित भएर निर्माण भएको नेपाली कथानक चलचित्र अगामी चैत २२ देखि देशभरका सिनेमाघरमा आउने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमकाबीच चलचित्रको प्रदर्शन मिति र दुइओटा पोष्टर सार्वजनिक गरिएको हो ।

२०६७ सालको मदन पुरस्कार प्राप्त कृति ‘जीवन काडा कि फूल’मा आधारित यो चलचित्रको पोष्टर चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको थियो । कार्यक्रममा बरिष्ठ कलाकार मोहन निरौला, लय संगौला, उत्तम केसी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, चलचित्रका निर्माता तथा निर्देशक बिनोद बिष्ट, चलचित्रकी सहनिर्माता तथा गायिका जुनु गौतम, सङ्गीतकार राजु सिह, नायक धिरन शाक्य, चलचित्र पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, नेपाल पत्रकार संघ काठमाडौंका अध्यक्ष शान्तिराम बिडारी, चलचित्रकी कलाकार सारिका घिमिरे, कलाकार किशन सुनवार, छयाँकार शिव ढकाल, नृत्य निर्देशक कमल राईलगायतले पोष्टर सार्वजनिक गरेका थिए ।

विशाल गौतमको सहजीकरणमा भएको कार्यक्रममा बच्चादेखि जेष्ठ नागरिकसम्मले पुस्तकमा पढिएकी अर्थात कहिले काहीँ टेलिभिजनको स्क्रिनमा देखिने र सुनिने साहित्यकार झमक घिमिरेको जीवन कहानीलाई समेटी निर्माण गरिएको यो चलचित्रले केही प्रेरणा दिने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्माता तथा निर्देशक विष्टले बताए ।

चर्चित साहित्यकार घिमिरेले अपाङ्ग भएकै कारण बाल्यकालमा भोग्नु परेको सामाजिक, पारिवारिक घृष्णा र तिस्कारको कहानीलाई पुस्तकमा उतारेकी थिइन् अब त्यो पर्दामा देखिने भएको छ भन्दै अतिथिहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए ।
घिमिरेको जन्मस्थान धनकुटा, धरानको वीपी मेमोरियल अस्पताल र काठमाडौंमा छायाँकन गरिएको चलचित्रको निर्माता विनोद विष्ट भारतको सिलगुडीका रहेका छन् ।

चलचित्रमा घिमिरेको बाल्यकालको भूमिकामा अवस्था थापा, युवा अवस्थामा रोजिता बुद्धचार्य र बहिनीको भूमिकामा सारिका घिमिरे रहेका छन् । अन्य कालकारमा स्वीकृति शर्मा, टीका सुवेदी, किशन सुनार, उमा बेबीलगायत रहेका छन् ।






  • तेह्रथुमको छथर शुक्रबारे बजारमा संबिधान तथा राष्ट्रिय दिवस -२०७६(फोटो फिचर)
  • बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य
  • कला क्षमता प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन्छु – मोडल सिर्जना थापा
  • इण्डियन मोडल गीता बर्मा नेपाली मोडलिङ क्षेत्रमा आफ्नो भबिष्य खोज्दै
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

    काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

    कञ्चनजंघा अनलाईन / March 16, 2020

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution