हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य

काठमाडौँ : सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नाम हो गायिका सोना अमात्य। दर्जनौ चर्चित गीतहरु नेपाली सांगीतिक बजारमा पस्केर लाखौ दर्शक श्रॊताहरुको मन मुटुमा बस्न सफल भएकी सोना आफैमा चर्चित तथा स्थापित नाम हो । काठमाडौँ महानगरपालिका डल्लुमा जन्मिएकी गायिका सोना अमात्य सानै उमेर बाट संगीतमा रुचि भएकाले छ वर्षको उमेरदेखि शास्त्रीय संगीत सिक्न थालेकी थिइन्। त्यो समयमा उनले धेरै गुरुहरूसँग संगीत सिक्दै, अहिले शशिविक्रम थापासँग शास्त्रीय संगीत सिकिरहेकी छिन। बाल्यकालमा पनि फुर्सद हुने बित्तिकै गीत गाउन सुरु गरिहाल्ने उनि संगीतलाई सरस्वतीको प्रसाद ठान्छिन । परिवारको साथ सहयोगले सांगीतिक आकाशमा फड्को मार्न सफल उनि जादुमय आवाजकी धनि छिन ।

बिगत ६ बर्ष देखि ब्यबसायिक सांगीतिक यात्रा सुरु गरेकी उनको गाएको पहिलो गीत ‘पल पल’ हो। यसमा उनले कलाकार मदनकृष्ण श्रेष्ठसँग गाएकी छिन् र मोडलिङ पनि उनैसँग गरेकी छिन्। पहिलो गीत नै मदन दाइसँग गाउन पाउनु मेरो लागि ठूलो कुरा थियो, उनी सम्झिन्छिन्, एक्लै गीत गाएको देखेर मलाई हौसला दिन उहाँले मसँग गीत गाउनुभयो।

‘म त खुल्ला छु’, ‘डाली चरी’, ‘किन आत्तिनु केलाई मात्तिनु’, ‘तिम्रो र मेरो सम्बन्ध’ लगायत दर्जनौ चर्चित गीतहरु गाएकी छिन्। आफ्ना गीतमा प्रायः उनी आफैँ मोडलिङ गर्छिन् उनि। ‘मोडलिङ गर्छु भनेर गरेको होइन,’ उनी भन्छिन्, मोडलिङको कोसिस मात्र गरेकी थिएँ। दर्शकले रुचाउनुभयो। दर्शकको मायाले गायिका र मोडलिङमा सक्रिय बनायो ।

यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका सोनाले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।
‘डिजिटल मार्केटिङ’ विषयमा स्नातकोत्तर गरेकी सोना उद्यमीसमेत हुन्। उनको आफ्नै फुलसर्कल विज्ञापन एजेन्सी छ। उनी मेहनतमा विश्वास गर्छिन्। अफिस र संगीतको तालमेल मिलाउन कहिलेकाहीँ हम्मे–हम्मे पर्छ, उनी सुनाउँछिन्, अफिसबाट बचेको समय गीतका लागि छुट्याउँछु। जहाँ इच्छा, त्यहाँ उपाय भनेजस्तै इच्छा भएमा समय त जसरी पनि मिलाउन सकिँदो रहेछ।’ फुर्सदको समयमा आफ्नै कार्यालयमा समेत संगीत सिक्दै रमाउने उनि भन्छिन् गित संगीत संस्कृति भनेको हाम्रो सम्पति हो यसलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि ।
काममा सधै व्यस्त रहन रुचाउने उनलाई युवा पुस्ता अल्छी भएर बसेको फिटिक्कै मन पर्दैन। ‘युवाले आफ्नो समय बर्बाद गर्नु हुँदैन,’ उनी भन्छिन्, ‘आफूलाई केही न केही काममा व्यस्त राख्नुपर्छ। गित संगीतमा राम्रो भबिष्य देख्ने सोना फुर्सदमा देशविदेशको भ्रमणगर्न रुचाउछिन ।बहुमुखी प्रतिभाको धनी गायीका सोना अमात्य पछीलो समयमा पाश्र्व गायनमा पनि व्यस्त छन भने विभिन्न कार्यक्रममा पनि गायीका सोनाले दर्शकको मन र माया जीत्दै आएकी छीन् । गित संगितमा अब्बल मानिएकी गायिका सोना नेपालमा गीतसंगीत क्षेत्रमा राम्रो स्वर, ज्ञान र अनुभव भएकी गायिकामा पर्छिन । चाडैनै नयाँ नयाँ गित बजारमा लिएर आउन लागेकी उनि सांगीतिक क्षेत्रमा एक नक्षत्रको रुपमा परिचित छिन् ।






  • कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।
  • अम्बिका गुरुङको शब्द तथा रिमा गुरुङ होडाको आवाजमा “मारुनी” सार्बजनिक(भिडियो सहित)
  • रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा
  • खगेन्द्र यक्सो र आभा मुकारुङको बित्ला है जोबन (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

    काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

    कञ्चनजंघा अनलाईन / March 16, 2020

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution