हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

‘ब्युटिसियन नेपाल २०१८’ को उपाधी शिलास्मा मल्ललाई

काठमाण्डौं । ‘ब्युटिसियन नेपाल २०१८’ को चौथो संस्करणको उपाधि शिलास्मा मल्लले हात पारेकी छिन् । जमल स्थित राष्ट्रिय नाचघरमा आयोजना भएको ‘ब्युटिसियन नेपाल’ मा उनले अन्य १६ जना प्रतिस्पर्धीलाई पाखा लगाउँदै उपाधी हात पारिन् । उनले उपाधी सहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन । त्यस्तै फस्ट रनरअपमा सविना चित्रकार घोषित भईन । सेकेन्ड रनरअपको ताज भने बिना श्रेष्ठले प्राप्त गरिन ।

अमेजन इन्टरटेनमेन्टद्धारा ब्युटिसियन पेशामा आबद्द क्षमतावान ब्युटिसियनहरुलाई अन्तरराष्ट्रिय स्तरसम्म पुर्याउने र यसमा भविष्य खोज्ने युवतीहरूको प्रतिभा निखार्दै पेसा र समाजप्रति थप जिम्मेवार एवं उत्तरदायी बनाउने उद्देश्य र ब्युटिसियनहरुलाई सामाजिक काममा अग्रसर गराउने अभियानलाई अगाडि बढाउँदै आयोजना गरेको नेपालकै पुरानो प्रतिष्ठित प्रतियोगिता ‘ब्युटिसियन नेपाल’ को अनलाईन भोटिङ मार्फत मिसेस पब्लिक चइस अवार्ड र बेस्ट ट्यालेन्ट बिजेता शिलास्मा मल्लले नै हात पार्न सफल भईन । त्यस्तै अन्य टाईटल बिजेताहरुमा बेस्ट पर्सानालिटीमा मिट्ठु महर्जन, बेस्ट फोटोजेनिक प्रतिक्षा अधिकारी, बेस्ट कम्प्लेक्सन गंगा खड्का, मस्ट पंचलमा देवी श्रेष्ठ, मस्ट डिसिप्लिनमा सविना खत्री , मस्ट कन्फिडेन्स तथा बेस्ट ड्रेस्समा सुनिता पोखरेल, मस्ट स्मार्टमा सविना चित्रकार, मस्ट चार्मिङमा सम्झना शेर्पा, मस्ट एक्टिभमा लिना खेबाङ सुब्बा, मस्ट स्टाईलिस सविना नेपाली र मस्ट पपुलरको एवार्ड कल्पना गुरुङले हात परेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीमा संचारकर्मी, मोडेल कोरियोग्राफर कला सुब्बा हुनुहुन्थ्यो । त्यस्तै अन्य निर्णायकहरुमा मिस नेपाल २००० उषा खड्गी, मोडेल तथा नायक दिक्पाल कार्की, कस्मेटोलिजोस्ट डा. रेखा थापा, मिसेस हिमालयन नेपाल २०१८ बिजेता गोमा अधिकारी हुनुहुन्थ्यो ।

प्रतियोगितालाई युरोपियन ब्राण्ड पायस कस्मेटिक्स ले प्रायोजन गरेको थियो । प्रतियोगितालाई बिभिन्न ढंगबाट सहयोग गर्नेहरुलाई आयोजक संस्था अमेजन इन्टरटेनमेन्टका अध्यक्ष कमल खतिवडाले मायाको चिनो प्रदान गर्नुभएको थियो । प्रतियोगितालाई हिमानी सुब्बाले कोरियोग्राफी गर्नुभएको थियो भने कार्यक्रमको संचालन रोजिन शाक्यले गर्नुभएको थियो ।
प्रतिस्प्रधीहरुलाई शुभ श्रिङ्गगार ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, ईन्टरनेसनल ब्युटी क्लब एन्ड एकेडेमी र मन्जूर ब्युटी पार्लर तथा ट्रेनिङ सेन्टरको मेकअपमा अनुग्रह फेशन बुटिकको ड्रेसमा आर्टिस्ट नेपाल स्टुडियोस अफिसियल फोटोग्राफी गरेको थियो । प्रतिस्प्रधाको लाईभ प्रसारण कास्टमन्डप टेलिभिजनले गरेको थियो । कार्यक्रममा कला सुब्बाको कोरियोग्राफीमा कल्पनाज कलेक्सन तथा तेह्रथुमे ढाका कलेक्सनको आकर्शक डिजाईनमा भएको ‘फेशन शो’ ले थप रौनक प्रदान गरेको थियो ।
फोटो : कुबेर तामाङ, सगुन श्रेष्ठ






  • कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।
  • अम्बिका गुरुङको शब्द तथा रिमा गुरुङ होडाको आवाजमा “मारुनी” सार्बजनिक(भिडियो सहित)
  • रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा
  • खगेन्द्र यक्सो र आभा मुकारुङको बित्ला है जोबन (भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

    काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

    कञ्चनजंघा अनलाईन / March 16, 2020

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution