हेडलाईन

कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।         युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण         “मारुनी” सार्बजनिक(भिडियो सहित)         रुपा र कमलको ”ए कान्छा ” हेर्नुृहोस भिडियोमा         सुनसरीको गढी गाउँपालिकालाई नमुना गाउँपालीका बनाएरै छोड्छौ अध्यक्ष श्रीप्रसाद यादव         गायक सन्तोष विसीको आवाजमा ”भरोसा ” भिडियो सहित ।         ”माया नक्कली” (भिडियो सहित )         लिना बनिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२०         कोरोना भाइरसको प्रभाव स्वरुप इलाममा पर्यटकको कमी ।         ४८ बिधामा नाट्यश्वर म्यूजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सार्बजनिक         बिद्युत प्रसारण लाइन बिस्तारले पानीका मुहानहरु सुक्ने भन्दै आन्दोलन         युएईमा जनजागरण चेतनाशील युवा क्लब द्वारा संस्कृति कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न         राष्ट्रिय साधना म्युजिक अवार्ड २०७७ को आवेदन खुल्ला         गायिका देवी धर्तिको आवाजमा ”जुनकीरी” भिडियो सहित ।         “राष्ट्रिय नारि सम्मान-२०७६” द्वारा बरिष्ट सौन्दर्यबिद रश्मिला श्रेष्ठ सम्मानित        

कार्यक्रमहरु

मिरा साउन्ड रेकर्डिङ स्टुडियोको औपचारिक उद्घाटन

काठमाडौं , फागुन १५ । नेपाली गीत संगीतको क्षेत्रमा आधुनिक किसिमको सुविधा युक्त स्टुडियो मिरा साउन्ड रेकर्डिङ स्टुडियो को आज नेपाली सुगम संगीतमा निकै परिचित गायिका अन्जु पन्तले एक कार्यक्रमको विच रिवन काटेर उद्धघाटन गरिन । काठमाडौंको धोबिधारामा संचालनमा आएको मिरा साउन्ड रेकर्डिङ स्टुडियो आजबाट संचालनमा आएको हो । गायिका अन्जु पन्तले उद्घाटन समारोहमा बोल्दै नेपाली सुगम तथा चलचित्रका गीत संगीतको विकाश र विस्तार गर्ने कुरामा संगीतकार विकास चौधरीको व्यवस्थापनमा आएको मीरा साउन्डमा पक्कै पनि गुणस्तरीय रेकर्डिङ हुने बताइन् । मीरा साउन्डलाई सफलताको शुभकामना दिँदै गीतसंगीत एवं चलचित्र क्षेत्रमा धेरै स्टुडियोहरु भए पनि मीरा साउन्डले फरकपन दिने विश्वास लिएको उनले बताइन् ।
मिरा साउन्डमा गीतसंगीत रेकर्डिङ, फिल्म डविङ एवं अत्याधुनिक प्रविधियुक्त क्यामेरा, ड्रोन क्यामेरा लगायतका फिल्म तथा म्यूजिक भिडियोको सुटिङका लागि आवश्यक पर्ने सामग्रीहरुसमेत भाडामा उपलब्ध गराइने संगीतकार विकास चौधरीले जानकारी दिए । स्टुडियो उद्घाटनसँगै अन्जु पन्त फाउन्डेशनलाई २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । उक्त रकम लेखक निर्देशक लय संग्रौला, ओम प्रतीक, उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रिन र संगीतकार विकास चौधरीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अन्जु पन्त फाउन्डेशनका लागि अमेरिकामा रहनुहुने स्टुडियोका संचालक लोक पौडेल र प्रोप्राइटर मीरा पाठकले उक्त सहयोगको रकम पठाएका थिए । गीतसंगीतमा लगानी गरिरहँदा एउटा गायिकाले समाजसेवामा फैलाएको हातमा सबैले सहयोग गर्नुपर्ने महसुस भएको कारण मिरा साउन्डको तर्फबाट उक्त रकम सहयोग गरेको संगीतकार चौधरीले बताए ।

कार्यक्रममा निर्देशक, लेखक तथा गीतकार लय संग्रौलाले मेहनती संगीतकारको रुपमा विकास चौधरीलाई पाएको बताउँदै उनको व्यवस्थापनमा स्टुडियो संचालनमा आउनु राम्रो काम भएको बताए । उनले संचालकहरुलाई बधाई दिँदै आगामी दिनमा आफूहरुले गर्ने चलचित्र एवं गीतसंगीतका सम्पूर्ण कार्यमा मीरा साउन्डको महत्वपूर्ण भूमिका रहने बताउँदै सहकार्य गर्ने प्रतिबद्धतासमेत दिए ।

कार्यक्रममा लेखक निर्देशक ओम प्रतीक, निर्देशक उदय सुब्बा, नृत्य निर्देशक दिनेश पाख्रीन, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण पत्रकार दयाराम घिमिरेले गरेका थिए । स्टुडियोको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी संगीतकार विकास चौधरीको जिम्मामा रहेको छ भने रेकर्डिङ तथा मिक्सिङमा गोविन्द सोनी रहेका छन् ।






  • कोरोना पिडितलाई सहयोग गर्नको लागी गायिका धनकुमारी थापा सरु द्धारा आग्रह ।
  • युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण
  • अम्बिका गुरुङको शब्द तथा रिमा गुरुङ होडाको आवाजमा “मारुनी” सार्बजनिक(भिडियो सहित)
  • “मारुनी” सार्बजनिक(भिडियो सहित)
  • तलको बक्समा आफ्नो सुझाब दिनुहोस |

    मोडेल / मनोरन्जन

    भर्खरै...

    लोकप्रिय

    रोचक खबर

    मिस्टर एण्ड मिस वेस्ट मोडल र एसइइ बेस्ट मोडल अफ द एयर २०२० को दोस्रो अडिसन चैत्र १५ गते हुने

    काठमाडौँ : युथ कृयसन नेपालको आयोजनामा मिस्टर एण्ड मिस बेस्ट मोडल २०२० र मिस्टर एण्ड मिस एसइइ बेस्ट मोडल अफ द एयर... बाँकी यता

    कञ्चनजंघा अनलाईन / March 16, 2020

    नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति घोषणा

    काठमान्डौँ एस एस इन्टरटेन्मेन्टको प्रस्तुतीमा नेपाली कथानक चलचित्र आकाशे खेतीको प्रद्र्धशन मिति आज एक... बाँकी यता

    roshan pokharel / December 29, 2019

    फेसबुक

     म्युजिक भिडियोहरु

    बिज्ञापनका लागि:
     kanchanjanghaonline@gmail.com
    लेख, रचना र समाचारका लागि:
     kanchanjanghaonline@gmail.com
    हालसम्म पाठकहरुको संख्या:
    हालसम्म हेरिएको संख्या
    कञ्चनजंघा अनलाईन प्रा.लि.द्वारा संचालित दर्ता नं. १६२१८२/०७३/०७४
    संस्थापक:
    संयोजक/प्रधान सम्पादक:
    डेस्क सम्पादक:
    सर्वाधिकार © 2016 - 2020: Kanchanjangha Online मा सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution