आज: २० जेष्ठ २०७७, मंगलवार | Tue, 02, Jun, 2020
FLASH NEWS

धुर्मुस–सुन्तलीको घोषणापछि मुसहरबस्तीमा खुसीयाली

कञ्चनजंघा अनलाईन ९ पुष २०७३, शनिबार ०६:५४ मा प्रकाशित ( ३ साल अघि) १९ पाठक संख्या

बर्दिवास– “हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो” यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो ।

हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले गत मङ्गलबार सो बस्तीलाई एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर अहिले खुसी भएका छन् ।