आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

अनलाइनखबरकर्मी पोखरेल सम्मानित

कञ्चनजंघा अनलाईन २८ माघ २०७३, शुक्रबार ०१:२२ मा प्रकाशित ( ३ साल अघि) १३५ पाठक संख्या

२८ माघ, झापा । अनलाइनखबरका झापा संवाददाता गौरव पोखरेल सम्मानित भएका छन् । बिहीबार कनकाई नगरपालिका–३, सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा उनलाई सम्मान गरिएको हो ।
सञ्चारक्षेत्रको माध्यमबाट शिक्षा र बालबालिकाको विषयमा निरन्तर आवाज उठाएर उल्लेखनीय योगदान पु¥याएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयकी प्रधानाध्यापक आशा शर्मा शिवाकोटीले बताइन् ।
पोखरेललाई शिक्षासेवी चन्द्रप्रसाद मैनालीले दोसल्ला आढाउँदै कदर–पत्रसहित सम्मान गरे । पोखरेल कनकाई माविका पूर्व विद्यार्थी समेत हुन् ।
उनी विशेषतः बालबालिका बिटमा दख्खल राख्छन् ।