आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

ब्राजिलसहित चार राष्ट्रमा केटाको हाहाकार, चीनमा भने केटी नपाएर हैरान

कञ्चनजंघा अनलाईन ५ बैशाख २०७४, मंगलवार १२:११ मा प्रकाशित ( ४ साल अघि) ४१३ पाठक संख्या

एजेन्सी । उमेर ढल्किँदै जाँदा पनि बिहे गर्ने एउटै केटा नपाएपछि ब्राजिलको एक सहरका केटीहरुले सामूहिक रुपमा हारगुहार गरेका छन् ।
ब्राजिलको नोइभा डो कोर्डेरियो सहरमा एकजना पनि अविवाहित पुरुष नहुँदा त्यहाँका महिलाहरु केटा खोज्दै हार गुहार गर्न बाध्य भएका हुन् । त्यो शहरमा मात्रै ६ सय जना अविवाहित महिला छन् । जसमा अधिकांश ३५ वर्षमूनिका युवती छन् ।

महिलाले भरिएको त्यो सहरमा महिलाकै बोलवाला छ । तर, विवाह गर्ने केटा नपाएपछि आफ्नो बोलवाला उनीहरुलाई अभिषाप बनेको छ ।
यता रुसमा पनि हालत उस्तै छ । केटाहरुको संख्या निकै कम छ केटीहरुको भन्दा, जस कारण महिलाहरुले जस्तो पाएपनि केटा खोजेर बिहे गर्नैपर्ने अवस्थामा छन् ।

केटा नपाउने पीडा ब्राजिल र रुस मात्र हैन अस्ट्रेलिया र भिक्टोरियामा पनि उस्तै छ । अष्ट्रेलियामा पुरुषहरुको खडेरी नै पर्न लागेको त्यहाँको एक अनलाइन सञ्चार माध्यमले जनाएको छ । भिक्टोरियामा पनि पुरुष भन्दा ६० हजार बढि महिला छन् ।

यता चीनमा भने केटीको पूरै खडेरी छ । केटी नपाएर एकल पुरुषहरुको संख्या बढिरहेको छ । भनिन्छ, भविष्यमा चीनका २५ प्रतिशत पुरुष की त अविवाहित बस्नुपर्छ की त जस्तो पाएपनि केटी खोजेर बिहे गर्नुपर्छ ।