आज: ४ कार्तिक २०७७, मंगलवार | Tue, 20, Oct, 2020
FLASH NEWS

सत्र वर्षपछि पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोग सक्रिय

कञ्चनजंघा अनलाईन २७ कार्तिक २०७४, सोमबार ११:१३ मा प्रकाशित ( २ साल अघि) २१८ पाठक संख्या

बिराटनगर, २७ कार्तिक- बिराटनगरस्थित मुख्यालय रहेर सञ्चलनमा आईरहेको पूर्वाञ्चल विश्वविद्यालयमा शिक्षक एवम् कर्मचारी नियुक्तिका सम्बन्धमा १७ वर्षपछि सेवा आयोगबाट बढुवा, आन्तरिक प्रतियोगिता र विशेष प्रतियोगिता संचालन हुने भएपछि शिक्षक एवम् कर्मचारी वृत्तमा खुसियाली छाएको छ ।
विगतका वर्षहरुमा नियुक्त भएका सेवा आयोग अध्यक्ष सक्रिय रुपमा शिक्षक कर्मचारीहरुको नियुक्ति, बढुवा एवम् आन्तरिक प्रतियोगिता सक्रिय नहुँदा विश्वविद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरु मर्कामा परेका हुन । शिक्षक एवम् कर्मचारीहरुको समय समयमा हुने बढुवा एवम् आन्तरिक प्रतियोगिता संचालनमा नआउँदा उनिहरु एउटै पदमा वर्षौसम्म कार्य गर्न बाध्य भएका थिए ।सेवा आयोग सक्रिय नहुँदा विगतका वर्षहरुमा कार्यकारी परिषद्बाटनै अस्थायी, करार, मासिकज्यालादारीमा शिक्षक एवम् कर्मचारीहरु नियुक्ति भईरहेका थिए । विश्वविद्यालयमा वर्षौदेखि अस्थायी, करार, मासिक ज्यालादारी एवम् बढुवा समेत नभएको हुदाँ शिक्षक कर्मचारीहरुका लागि यो सुनौलो अवसर आएको एक कर्मचारीले बताउनुभयो ।
विभिन्न बाधा अवरोध पार गर्दै निर्वाचनको समयमा निर्वाचन आयोगसँग सहमति माँग गरि अन्यायमा परेका शिक्षक एवम् कर्मचारीहरुका लागि आन्तरिक प्रतियोगिता, आन्तरिक बढुवा र विशेष प्रतियोगिताको सूचना गर्नु नै महत्वपूर्ण उपलब्धीका रुपमा शिक्षक कर्मचारीहरुले लिएका छन् ।