आज: २४ असार २०७७, बुधबार | Wed, 08, Jul, 2020
FLASH NEWS

म्युजिक भिडियोहरूमा ब्यस्त बन्दै राजघाटकी राधिका शर्मा

कञ्चनजंघा अनलाईन २६ पुष २०७४, बुधबार ११:२७ मा प्रकाशित ( २ साल अघि) ७२ पाठक संख्या

विराटनगर , पुस २६ – पछिल्लो समय नेपाली युवाहरू नेपालि म्युजिक भिडियो मा आर्कशित भईरहेका छन । बजारमा नया अनुहारहरू प्रशस्त पाउन सकिन्छ भने नयाँ प्रतिभावान कलाकारको आवागमनले आम कलाकारिता क्षेत्रमा नै फराकिलो दायरामा पुयाउन सफल भएको छ । लोकप्रिय बन्दै गहिरहेको युटुबमा दिनहु नया नया भिडियोहरू अपलोड भइरहेको पाईन्छ । अहिले सामाजिक सञ्जालमा पपुरल हुन युटुबको धेरै प्रयोग भईरहेको छ ।

मोरङको राजधाट स्थायि घर भएकी उनी विभिन्न स्टेज कार्यक्रम मार्फत चर्चा बटुल्दै यस क्षेत्रमा परिचित बन्दै गएकी छन । क्षमता भएका मानिसहरू रातारात ब्यस्त हुने गरेको पाईन्छ । यहि भिडमा राधिका शर्मा नेपालि म्युजिक भिडियोहरूमा ब्यस्त हुन थालेकि छिन् राधिका शर्मा । अध्यायन संगै मोडलिङलाइ अगाडि बढाइ रहेकि उनि निरन्तर मोडलिङमा लागिरहेकि उनि यसै क्षेत्रमा करिअर बनाउने सोचमा छिन । सानै देखि बिभिन्न सांस्कृतिक कार्यक्रमहरूमा सहभागि हुने स्वाभाव भएकी राधिका आफ्नो सपना पुरा गर्न बिराटनगरमा पहिलो पटक आयोजित मिस ग्लाम पूर्वाञ्चल “२०१५” आफ्नो सहभागिता जनाईन र मिस ग्लाम पूर्वाञ्चल “२०१५” बिजेता बनिन उनको यो पहिलो पटक यस क्षेत्रमा प्रयास थियो ।

पहिलो पटकमै सफलताहात परेपछि उनलाई साथि भाई घर परिवार सबैको हौसलाले उनि झन उत्साहित बनेको बताइन । मिस ग्लाम पूर्वाञ्चल “२०१५” बिजेता बने पश्चात उनलाई धेरै म्युजिक भिडियोहरूमा अफरहरू आउन थालेको तर हाललाई कार्य ब्यस्तताले निरन्तरता दिन नसकेको उनले बताइन । पहिलो पटक रिदम राईको “मेरो माया तिमिलाई” गितको म्युजिक भिडियो बाट आफनो कलाकारिता यात्रा शुरु गरेको उनले बताइन ।