आज: १३ आश्विन २०७७, मंगलवार | Tue, 29, Sep, 2020
FLASH NEWS

पुर्व बिद्यार्थीहरु द्धारा सरस्वती मन्दिर निर्माण

कञ्चनजंघा अनलाईन ९ माघ २०७४, मंगलवार ०२:४४ मा प्रकाशित ( २ साल अघि) ३३८ पाठक संख्या

टीआर सेनेहाङ/तेह्रथुम , ९ माघ
फेदाप गाउपालिकाको ओयाक्जुङमा रहेको शिद्धकाली मावीका पुर्व बिद्यार्थीहरुले सरस्वती मन्दिर स्थापना गरेका छन् । बिद्यालयका पुर्व बिद्यार्थीरुले आर्थिक संलकन गरि मन्दिर निर्माण गरेका हुन् । मन्दिर निर्माणका लागी सो बिद्यालयमा अध्ययन गरि हाल स्वदेश तथा बिदेशमा रहेका ३२ जना पुर्व बिद्यार्थीहरुले ६ लाख २४ हजार सात सय तिस रुपैया संकलन गरिएको मन्दिर निर्माण तथा मन्दिर व्यावस्थापन समितीका संयोजक हाल ईजराईलमा कार्यरत देव बास्कोटाले जानकारी दिनुभयो ।

बिद्यालयको परिसरमा स्थापित मन्दिर सोमबार एक समारोहका बिच मुर्र्ति अनाबरण तथा उद्ध्घाटन गरिएको छ । मन्दिरको जिल्ला शिक्षा कार्यलयका प्रतिनिधी जलजले स्रोत केन्द्रका श्रोतव्यक्ति लक्ष्मी प्रसाद दुलालले उद्ध्घाटन गर्नुभएको छ । श्रीपञ्चमीको अवशरमा आयोजित कार्यक्रमका बिच नव निर्मित भवन बिद्यालयलाई हस्तान्तरण समेत गरिएको बिद्यालय व्यावस्थापन समितीका अध्यक्ष अम्बिका पसाद दुलालले जानकारी दिनुभयो । उद्ध्घाटन समारोहमा व्यावस्थापन समती अध्यक्ष दुलाल , बिद्यालयका पुर्व व्यावस्थापन समती अध्यक्ष तथा पुर्व गाबिस अध्यक्ष भैरब प्रसाद चौलागाई लगायतले मन्दिर निर्माणका लागी आर्थिक पहल गर्ने पुर्व बिद्यार्थीहरु प्रति आभार प्रकट गरेका छन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथी स्रोतव्यक्ति दुलालले पुर्व बिद्यार्थीहरुको कार्य सराहनिय भएको बताउनुभयो । उहाले मन्दिर निर्माणका लागी प्रवासमा रहेर पनि उपलब्ध सहयोग प्रति संयोजक बास्कोटा लगायतका बिद्यार्थीहरुलाई धन्यबाद दिनुभयो ।

मन्दिर निर्माणका लागी बास्कोटाले मात्रै नगद ७० हजार सहयोग गर्नुभएको छ । अन्य बिद्यार्गीहरुले १० हजार देखी ३३ हजार सम्म संकलन गरेको पुर्व बिद्यार्थी चेतनाथ सापकोटाले जानकारी दिनुभयो । कार्यक्रमको अवशरमा आर्थिक सहयोगदाता बिद्यार्थीहरुलाई प्रसम्सा तथा सम्मान पत्र समेत बिवरण गरिएको छ । मन्दिर उद्ध्घाटन तथा सरस्वती पुजा कार्यक्रम मन्दिर निर्माण तथा व्यावस्थापन समितीका अध्यक्ष दुर्गा प्रसाद गिरीको अध्यक्षतामा सम्पन्न भएको हो ।