आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

एकैसाथ तिम्ल्याहा बच्चा ।

कञ्चनजंघा अनलाईन ४ फाल्गुन २०७४, शुक्रबार ०२:४१ मा प्रकाशित ( ३ साल अघि) २८२ पाठक संख्या

टीआर सेनेहाङ 
तेह्रथुम,४ तेह्रथुम । संखुवासभा घर भई हाल फेदाप गाउँपालिका पोक्लाबाङ बजारमा व्यावसाय गर्दैै आएकी ३२ बर्षीय मेनुका खनालले बिहिबार एकैसाथ तिम्ल्याहा बच्चा जन्माएकी छिन् । घरैमा सुत्केरी गराउन नसकेपछि खनाललाई परिबार द्धारा स्थानीय स्वास्थ्य चौकीमा प्रसुतिका लागी लगिएको थियो । स्वास्थ्य चौकी पुर्‍याईएको केहि समय पछि नै खनालले तिन छोराको जन्म दिएकी हुन् ।

नावालक तिन छोरा मध्ये तेस्रो पटक जन्मिएको बच्चाकोे श्वासप्रश्वासमा समस्या देखिएको तर आमा भने सकुसल नै रहेको ईलाका स्वास्थ्य चौकी पोक्लाबाङकी अनमी चिनामी लिम्बूले बताईन । पहिलो बच्चाको तौल एक केजी आठ सय ग्राम र अन्य दुई बच्चाको एक केजी ६ सय ग्राम बराबर तौल रहेको श्वाश्य चौकीका ईन्चार्ज देउमान राईले जानकारी दिए । संखुवासभाको मादी घर भएका खनाल पोक्लाबाङ बजारमा तिन बर्षयता पति दिलबहादुरको साथमा तरकारीको पसल सञ्चालन गर्दै आएकी छिन् ।