आज: २३ श्रावण २०७७, शुक्रबार | Fri, 07, Aug, 2020
FLASH NEWS

गितकार चेम्जोङ द्धारा बिद्यालयलाई आर्थिक सहयोग

कञ्चनजंघा अनलाईन १७ बैशाख २०७५, सोमबार १०:२३ मा प्रकाशित ( २ साल अघि) १३८ पाठक संख्या

टीआर सेनेहाङ
तेह्रथुम,१७ बैसाख
समाजसेबी तथा गितकार ईन्दीरा चेम्जोङले धनकुटाको राजारानीमा रहेको पुन्य माध्यमीक बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि आर्थिक सहयोग गर्ने हुनु भएको छ । बिद्यालयमा कम्प्युटर कक्षा सञ्चालनका लागि चेम्जोङले एक लाख रुपैया आर्थिक सहयोग गर्ने हुनु भएको हो । सहयोग रकम बुद्धजयन्तीको अबसरमा बैसाख १८ गते राजारानी स्थीत सोही बिद्यालयमा एक औपचारीक कार्यक्रमको आयोजना गरि रकम प्रदान गर्ने कार्यक्रम रहेको सहयोगदाता चेम्जोङले जानकारी दिनुभयो ।

समाजसेवा संगै गित सङगीतमा रुची राख्नु हुने चेम्जोङको पहिलो एल्बम अर्को जन्मबाट संकलन भएको रकम बिद्यालयलाई कम्प्युटर कक्षा सञ्चालनका लागि दिन लागेको उहाले बताउनुभयो ।

साथै बुद्धजयन्तीको अबसरमा राजारानीमा आयोजनामा हुने रारा फुडबल प्रतियोगितामा नगद १० हजार समेत सहयोग गर्नु भएको छ ।तेह्रथुम म्याङलुङ निवासी पुर्ब सांषद तेजमान तुम्बाहाङफेका कान्छी बुहारी समेत रहनुभएका चेम्जोङ धनकुटाको राजारानीमा जन्म भई रोगजारीको सिलसिलामा न्यूयोर्कमा करिब १५ बर्ष रहि हाल काठमाडौमा रहदै आउनुभएको उहाका श्रीमान दर्गमान तुम्बाहाङफेले बताउनु भयो ।

गितकार चेम्जोङको एल्वम् ‘अर्को जन्म’ मा एक लिम्बुभाषाको सहित ६ वठा गित समावेश छन् । उहाका गितमा चर्चित गायक दिपक लिम्बु, मेलिना राई , अञ्जु पन्त , मिलन अमात्य , प्रमोद खरेल , स्वरुपराज आचार्य , सिता सिंगक लगायतका गायकीहरुले स्वर दिएका छन् ।

गितकार चेम्जोङको पछिल्लो गित राईज किङ राजेश पाईल राईको आवाज आउने तयारी रहेको उहाले बताउनुभयो ।