आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

तेह्रथुममा सुत्केरी आमा र शिशुको मृत्यु, अाफन्तहरू आक्रोशित,अस्पताल परिसर तनावग्रस्त

कञ्चनजंघा अनलाईन २५ बैशाख २०७५, मंगलवार ०८:५५ मा प्रकाशित ( २ साल अघि) १३१ पाठक संख्या

तेह्रथुम । जिल्ला अस्पतालमा सुरक्षित प्रसुति हुन नसकी एक महिलाको मृत्यु भएको छ । तीन दिनअघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षे रत्नमाया मगरको ज्यान गएको हो ।

अस्पतालको सामान्य डेलिभरी कक्षमा राखिएकी उनको चिकित्सकको लापरबाहीको कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । बच्चासमेत नबाँचेपछि मृतकका परिवार र महिला अधिकारकर्मीले अस्पताल प्रशासनको लापरवाही भन्दै विरोध गरेका छन् ।

आमा बच्चाकै ज्यान गएपछि अस्पताल परिसर तनावग्रस्त बनेको छ । प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेको छ । प्रसुति व्यथा नै नलागी महिलाको मृत्यु भएको परिवारले दाबी गरेको छ । मृत्युको कारणबारे अस्पताल प्रशासनले आधिकारिक जानकारी दिएको छैन ।