आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

शरीर भरी मौरी राखेर हिडेपछि (लाइभ भिडियो)

कञ्चनजंघा अनलाईन २७ जेष्ठ २०७५, आईतवार ००:१६ मा प्रकाशित ( ३ साल अघि) ४५७ पाठक संख्या

पोखरा । सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्षिक रु. १८ लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । मह र मौरीका घार बेचेर ११ वर्षमै कमाएको पैसाले घर खर्च गरेर अहिले बेगनास तालचोकमा करिब रु. एक करोड पर्ने घर घडेरी जोडेको लामिछाने बताउछन् ।

दाजु टंक लामिछानेले मौरीको मह काडी खाँदै गरेको देख्दा मह खाने तथा मौरीपालन व्यवसायमा लाग्ने प्रेरणा जागेको उहाँको भनाइ छ । दाजुबाट दुई गोला मौरी किनेर उनले मौरीपालन थालेका हुन् । उत्पादनभन्दा बजारको माग बढी भएकाले बिक्री गर्न समस्या छैन । लामिछानेले पोखरा, लमजुङ, तनहुँ, बागलुङ, स्याङ्जा, काठमाडौँसम्म मह बिक्रीका लागि पठाउने गरेका छन् । एक वर्षमा रु. ३० लाखदेखि रु. ३५ लाखको कारोबार हुन्छ ।

अध्ययन अवलोकन गर्नका लागि लामिछाने अमेरिका, जर्मनी, नेदरल्याण्ड, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन, भियतनाम, चीन र भारत पुगिसक्नुभएको छ । लामिछानेले आफ्नो अनुहारमा मौरीको गोला राखेर आनन्द लिने पनि गरेका छन् यसले उनलाई मौरीसंग अझ निकट बनेको समेत बताउछन् हेर्नुहोस उनको यो अनौठो लाग्ने भिडियो