आज: १४ जेष्ठ २०७७, बुधबार | Wed, 27, May, 2020
FLASH NEWS

सिने सन्सारमा सब्नमको सपना

कञ्चनजंघा अनलाईन २ भाद्र २०७५, शनिबार १०:२६ मा प्रकाशित ( १ साल अघि) ६ पाठक संख्या

काठमाडौं । होस्टेल, दुख पाईस मंगले आफ्नै ढंगले, चुरी फुरी, के जमना आ लगायत आधादर्जन हाँस्य सिरियलमा आफ्नो कुशल अभिनय क्षमता प्रस्तुत गरेर लाखौ दर्शकहरुको मनमा छाप छोड्न सफल नायिका सब्नम दहालको अभिनय रहेको चलचित्र ‘१२ मासे’ शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

नायिका दहालले धुम ३, बाबु कान्छा, निसाफ आदि चलचित्रमा काम गरिसकेकी छ । अभिनय तथा नृत्यमा पोख्त सब्नम दहाल सिने मैदानमा केही गरु भन्ने उव्देश्यले संघर्षरत छिन् । मोडलिङ हुदै चलचित्र क्षेत्रमा प्रवेश गरेर आफुलाई कुशल नायिकाको रुपमा उभ्याउन प्रयासरत दहालमा एउटी सक्षम नायिकामा हुनु पर्ने गुण झल्किन्छ । अहिले दिनरात मिहेनत गरिरहेकी उनि नेपाली चलचित्रका लागि निकै सम्भावना बोकेकी कलाकार हुन ।
परिवारको प्रेरणा, हौसला र सहयोगले कलाकारिता क्षेत्रमा प्रवेश गरेकी बताउने दहाल यसै क्षेत्रमा केही गर्ने सोचका साथ अघि बढिरहेकी छन् ।