आज: १७ मंसिर २०७७, बुधबार | Wed, 02, Dec, 2020
FLASH NEWS

निजि बिद्यालयप्रति सरकार उदासिन – सहायक डिन प्रसाई

कञ्चनजंघा अनलाईन ४ भाद्र २०७५, सोमबार ०१:०१ मा प्रकाशित ( २ साल अघि) ४८४ पाठक संख्या

बेलबारी । निजि क्षेत्रप्रति सरकार उदासिन बन्दै गएको र यो क्षेत्रमा पनि लगानीको बाताबण सिर्जना गर्न जरुरी रहेको पुर्बाञ्चल बिश्वबिद्यालयका सहायक डिन उदयराज प्रसाईले बताउनुभएको छ । मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश इङिलस स्कुलले कक्षा ११ मा भर्ना भएका नयाँ बिद्यार्थीहरुको स्वागतका लागी आयोजना गरेको स्वागत तथा साँस्कृतिक कार्यक्रममा प्रमुख अतिथिका रुपमा उपस्थित प्रसाईले नेपालको शिक्षा क्षेत्रमा निजि क्षेत्रको ठुलो योगदान रहेको चर्चा समेत गर्नुभयो ।

उहाँले दक्ष जनशत्ति उत्पादनमा निजि क्षेत्रले खेलेको भुमिका सहनिय रहेको समेत बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथिका रुपमा उपस्थित त्रिभुवन बिश्वबिद्यालयका पुर्ब परिक्षा नियन्त्रक डा.उद्धब पोख्रेलले निजि क्षेत्रलाई पनि सँगसँगै अगाडी बढाए मात्र शिक्षा क्षेत्रको गुणस्तर बृद्धि हुने बताउनुभयो । उहाँले आफनो दक्ष जनशत्ति निजि क्षेत्रबाट उत्पादन भएको भन्दै यो क्षेत्रलाई उपेक्षा गर्न नहुने बताउनुभयो । त्रिभुवन बिश्वबिद्यालय गोप्य शाखाका प्रमुख हरिबहादुर दाहालले हिजोको बिद्यार्थी नै भोलिको देशको मेरुदण्ड भएको र देशको भबिश्य उनीहरुको काँधमा भएका कारण मेहनत गरेर अध्यायन गर्न सुझाब दिए ।

प्याब्सन मोरङका सहकोषाध्यक्ष जगत बस्नेतले शिक्षा क्षेत्रमा बेलबारी मात्र नभएर पुर्बमै यो बिद्यालयले ख्याति कमाएको र आगामी दिनमा समेत थप उचाई प्राप्त गर्न शुभकामना समेत दिनुभयो ।