आज: १७ मंसिर २०७७, बुधबार | Wed, 02, Dec, 2020
FLASH NEWS

शिक्षामा नयाँ फड्को,नेपालमा नै पहिलोपल्ट मोबाइलमा कक्षाका सबै बिषय हेर्न मिल्ने एप्स

कञ्चनजंघा अनलाईन ७ आश्विन २०७५, आईतवार ०७:५४ मा प्रकाशित ( २ साल अघि) ३७१ पाठक संख्या

असोज ५ , काठमाडौ । नेपालमै पहिलोपल्ट मोबाइलमा नै सबै बिषय पढ्न मिल्ने पिडी स्मार्ट एजुकेशन एप्प बजारमा आएको छ् । आज पत्रकार सम्मेलन गरी एक कार्यक्रम बिच एप्स सार्वजानिक गरिएको हो ।

पिडि स्मार्ट एजुकेसनले बजारमा ल्याएको एप्समा बिद्यार्थीले सजिलैसङ्ग पढ्न सक्नेछन । फुर्सदमा मोबाइलमा नै समय खेर फालिरहेका विद्यार्थीहरुका निम्ति आफ्नो मोबाइलमा एप्सको सहायताले अझ पढाईप्रती लगाब बढाउने र शिक्षाका क्रान्ती ल्याउने यो अभिप्राय पहिलोपटक नै हो ।

बानेश्वरस्थित आफ्नै कार्यालयमा पिडी स्मार्ट एजुकेशनका अध्यक्ष गोबिन्द बहादुर केसी , प्रमुख कार्यकारी आधिक्रित गणेश जोशी,निर्देशक किरन जोशिले संयुक्त रुपमा सार्वजानिक गरिएका हुन ।

एप्स के हो खास?

सम्बन्धित बिषयमा दक्ष र अनुभवी शिक्षकहरुबाट पढाईएको भिडियो यो एप्समा रहेको छ् । फरक बिषयको लागि फरक शिक्षकहरुद्वारा पढाईने सबै पाठहरुको भिडियो उपलब्ध यो एप्समा नबुझेको पाठलाई पुन रिपिट गरेर पनि हेर्न सकिन्छ । मोबाइलको गूगल प्ले स्टोरमा राखिएको यो एप्स पिडि स्मार्ट एजुकेसन (pd smart education ) सर्च गर्दा एप्स आउँछ र आफ्नो मोबाइलमा डाउनलोड गर्न सक्नुहुनेछ । जहाँ कक्षा ११ र १२ तर्फको ब्यबस्थापन र बिज्ञान संकायको सबै बिषयको सबै युनिटको भिडियो उपलब्ध रहेको हुन्छ । जसमा बिद्यार्थीलाई चाहिने नोट ,पुराना प्रश्नहरु,मोडेल प्रश्न र नबुझेको पाठ सोध्न क्युरिज राखेको छ । भिडियोलाई सेभ गर्न मिल्दैन भने मोबाइल एप्समा नै रहनेछ ।

यसरि किन्न सकिन्छ

सबै भिडियो हेर्नको लागि कक्षा ११ र १२ को ब्यबस्थापन संकायको सबै पाठहरु समाबेश गरिएको भिडियो लिनको लागि ३,००० (तीन हजार ) र बिज्ञान संकायको कक्षा ११ र १२ को भिडियो लिनको लागि ४,०००(चार हजार ) तिरेपछी सबै सुबिधा उपलब्ध हुनेछ । ग्रामीण बिधालयहरुमा नेटको सुबिधा नहुने ठाउमा पनि अफलाइन भिडियो उपलब्ध हुनेछ । नेटको सुबिधा हुने ठाउँमा अपडेट भैरहनेछ ।

एप्प किन्ने तरिका

गूगलमा गइ सर्च अपसनमा www.pdsmarteducation.com लोग इन गनु पर्नेछ । आफुले रजिस्टरमा थिचेर आफ्नो इमेल र पासवड राखेर लग इन गर्नुपर्नेछ । जहाँ कक्षा ११ र १२ को आफ्नो संकाय छनोट गरि निश्चित पैसा बुझाउनु पर्नेछ । इ सेवा मा थिच्दा इसेवाबाट पैसा आफै भुक्तान हुन्छ भने एन आइ सि बैंकबाट निश्चित रकम तिरी फोटोलाई सेन्ट गर्न सक्नुहुनेछ । त्यसपछी सबै पाठहरुको भिडियो,नोटस,पुराना प्रश्नहरु,प्रश्न शिक्षकलाई सोध मिल्ने अपसन रहनेछ । जसबाट तपाईंले पठाउनु भएको प्रश्न ,जिज्ञासालाई सक्दो छिटो उत्तर तपाईंलाई अडियो ,भिडियो तथा फोटो मार्फत बुझाउनु हुनेछ ।

एप निर्माण गर्ने संस्था पिडि स्मार्ट एजुकेसन बारे

पिडि स्मार्ट एजुकेसनको कार्यलय नयाँ बानेश्वर स्थित शिभिल बैक अपोजिट रहेको छ । बिगत एकबर्ष अगाडी देखि नै प्रयासरत संस्थाको सम्पूर्ण काम लगभग सकिसकेको छ । समाचारहरुलाई समाबेश र विद्यार्थीहरुलाई अझ जानकारी दिनको लागि स्मार्ट न्युज नेपाल (www.smartnewsnepal.com) पनि सञ्चालनमा ल्याएको छ । अब मोबाइलबाट नै सबै पढ्न सकिन्छ र यसबाट विद्यार्थीलाई अझ सहज हुने स्मार्ट एजुकेसनमा संस्थापक गोविन्द सुबेदिले बताउनु भयो । युटुबमा गइ smart news nepal र pd smart education सर्च गरेर थप बुझ्न सक्नेहुनेछ । त्यसैगरी फेसबूकमा गइ pd smart education सर्च गरेर फेसबूक ग्रूप भेट्न सक्नुहुनेछ । जहाँ शिक्षक र विद्यार्थी मात्रै रहनेछ । आफुले नबुझेको प्रश्न सोध्न सकिने ग्रूपमा आफू जोइन हुन सक्नेछ । साथै फेसबूक पेजमा स्मार्ट न्युज नेपाल र स्मार्ट एजुकेशन सर्च गरेर लाइक गरी गतिबिधी बुझ्न् सक्नुहुनेछ । ” हामिले अधिकतम टेक्नोलोजी कै प्रयोग गरेर शिक्षक र विद्यार्थी बिचमा अनलाइन मार्फत नजिक हुने र विद्यार्थीहरुको समस्यालाई बुझ्ने कोसिस गर्छौ ।” संस्थाका सि इ ओ गणेश जोशिले बताउनु भयो ।

मोबाइलमा नै पढ्न मिल्ने यो फरक,नयाँ अनी शाहअज तरिका हो । बिशेष गरी +२ अध्ययनरत विद्यार्थीहरुका लागि एकदमै उपयोगी रहेको छ् । पिडी स्मार्ट एजुकेशनले ब्याचलर तहमा पनि मोबाइल बाट नै पढ्न मिल्ने तयारी गरिरहेको बताइएको छ्