आज: ९ कार्तिक २०७८, मंगलवार | Tue, 26, Oct, 2021
FLASH NEWS

नेपालमा पहिलो पटक रातमा क्रिकेट खेल, हेर्नुस् रोमाञ्चक भिडियो (भिडियो सहित)

कञ्चनजंघा अनलाईन २८ आश्विन २०७५, आईतवार ०१:५७ मा प्रकाशित ( ३ साल अघि) ४१५ पाठक संख्या

इनरुवा। सुनसरी सदरमुकाम इनरुवामा नाइट टि २० क्रिकेट खेल संचालन भैरहेको छ । यो नेपालमै पहिलो पटक भएको आयोजकले जनाएको छ । इनरुवा नगरपालिका सहित जिल्लाका स्थानीय तहहरु संग सहकार्य गरेर फुलबारी क्रिकेट क्लब इनरुवाले नाइट टि २० क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । फुलबारी क्लब इनरुवाका अध्यक्ष शिव यादवका अनुसार प्रतियोगितामा १० वटा टोलिको सहभागिता रहेको छ । खेल आगामी ८ गतेसम्म संचालन हुनेछ । नक आउट आधार संचालन भएको प्रतियोगिताको उपाधी बिजेताले नगद १ लाख ५१ हजार र उपविजेताले ७५ हजार सहित सिल्ड मेडल तथा प्रमाणपत्र पाउने छन् । हरेक दिनको खेल साझ ६ बजेदेखि सुरु भैरहेको छ । प्रतियोगिताको उद्घाटन एक भव्य कार्यक्रमका बीच जिल्लाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले संयुक्त रूपमा गरिएको थियो ।