आज: ११ आश्विन २०७७, आईतवार | Sun, 27, Sep, 2020
FLASH NEWS

पल्सर र अपाचेलाई मात खुवाउने गरि यामाहाले ल्याउदै छ यस्तो नेकेड बाइक !

कञ्चनजंघा अनलाईन ९ कार्तिक २०७५, शुक्रबार ०१:५३ मा प्रकाशित ( १ साल अघि) १३५ पाठक संख्या

एजेन्सी । भारतीय बजारमा १५० सीसी सेगमेन्टमा एक नयाँ बाइक लन्च गर्ने तयारी गरेको छ । कम्पनीले यामाहा एमटी–१५ नामक सो बाइक आगामी सन् २०१९ मा लन्च गर्ने तयारी गरेको बताइएको छ ।

यामाहाको सो बाइक सबैभन्दा प्रिमियम १५० सीसी स्पोर्ट–नेकेड बाइक हुनेछ । प्राविधिक रुपमा धेरै हदसम्म यो यामाहा आर १५ भी ३.० जस्तो हुनेछ । कम्पनीले बजारमा हाल प्रचलित पल्सर २०० र टीभीएस अपाचे २०० सँग प्रतिस्पर्धा गर्नका लागि सो बाइकलाई बजारमा उतार्ने योजना बनाएको मानिएको छ ।

यामाहा एमटी–१५ मा आर १५ जस्तै लिक्विड कुल्ड इन्जिन हुनेछ । यसमा १५५ सीसी, सिंगल सिलिन्डर, एसओएचसी इन्जिन हुनेछ, जसले १९.३ एचपी पावर र १५ एनएम टर्क जेनेरेट गर्नेछ । यसमा ६–स्पिड गियरबक्स र स्लिपर तथा असिष्ट क्लच हुनेछ ।
केही समय पहिले थाइल्यान्डमा सार्वजनिक गरिएको यामाहा एमटी–१५ मा अपसाइड डाउन फोर्क, रियर मोनोसक, डिस्क ब्रेक, एलईडी हेडल्याम्प, स्पोर्टी फ्युल ट्यांक र अल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर आदि हुनेछ । यद्यपि मूल्यमा कमी ल्याउनका लागि यसमा केही फिचर नहुन पनि सक्ने छ ।

यसमा एबीएस स्ट्यान्डर्डको रुपमा उपलब्ध हुनेछ । यसको लुक्स मस्कुलर र एग्रेसिभ हुनेछ । यसको मूल्य हालको यामाहा आर १५ भन्दा केही कम हुने अनुमान गरिएको छ । नेपाल अटो