आज: १३ कार्तिक २०७७, बिहीबार | Thu, 29, Oct, 2020
FLASH NEWS

नेपाली कलाकार सिक्किमको चासोक तङनाममा

कञ्चनजंघा अनलाईन १६ मंसिर २०७५, आईतवार १२:५७ मा प्रकाशित ( १ साल अघि) २७९ पाठक संख्या

तेह्रथुम , १६ मंसिर (२ डिसेम्बर)
भारतको सिक्किममा बसोबास गर्ने लिम्बु समुदायले मौलिक पर्व चासोक तङनाम(उधौली चाड) यसबर्ष पनि भव्य रुपमा मनाउने भएका छन् । आफ्नो संस्कार संस्कृतीलाई संरक्षण तथा संबद्र्धन गर्ने उदेस्यले पुर्व सिक्किमको रानिपुल स्थित साराम्सा खेतमा आउदो डिसेम्बर १४ देखी १६ तारिखसम्म लिम्बु समुदायले तेस्रो चासोक तङनाम उल्लासका साथ मनाउने तयारी रहेको छ ।

यसपटक पनि नियारा प्रोडक्शनले आयोजना गर्न लागेको चासोक तङनाममा चर्तित गायक कुसल थलङ, गायिका द्धय सिता सिंगक र सुनिता थेगिमको भाषिक तथा लिम्बु मौलिकताजन्य प्रस्तुती रहने आयोजकले जनाएको छ । कलाकारहरुले प्रत्येक दिन याक्थुङ साम्लो , हाक्पारे , पालाम साम्लो , ख्याली लगायत नेपाली गितहरु पनि गाउने कार्यक्रम तय भएको छ । साथै कार्यक्रममा वरिष्ठ हास्यकलाकार तथा लिम्बु फिल्म , म्यूजिक भिडियो निर्देशक मौसम ईम्बुङ (फुःलेन्देको बाउ)को बेजोड प्रस्तुती , मिस नेपाल २०१४ का बिजेता सुबिन लिम्बुको बिषेश प्रस्तुती तथा लिम्बू म्युजिक भिडियोका (लाखिरो आल्ल) (एप्मारो चुम्से)कलाकार सोनु ताम्लिङ ,मोडल सुम्निमा तुम्बापो र कवि नुनाम केरुङको समेत भुमिका सहितको उपस्थिती रहने कार्यक्रमको सहआयोजक याक्थुङ थाङबेन मेन्छ्या सयङ कालिम्पोङले जनाएको छ ।

पुर्व सिक्किम , दार्जि्िलङ , कालिम्पोङ ,वेस्ट वंगाल लगायतका स्थानमा बसोबास गर्दै आएका हजारौ लिम्बु, तुतु तुम्याङ, थाङबेन , मेन्छिङ, वालक वृद्ध तरुणहरुको सहभागिता रहने सो कार्यक्रममा नेपालका वरिष्ठ सञ्चारकर्मी टीआर सेनेहाङले उत्घोषण गर्ने आयोजकले जानकारी दिएको छ ।कार्यक्रममा लिम्बुहरुको मौलिक नृत्य प्रतियोगिता ,मौलिक खेलहरु, केःलाङ , हाक्पारे साम्लो , ख्याली साम्लो , फेसन सो , क्वीज , जातिय खानाको स्टल र सास्कृतिक महत्व तथा चिनारी बोकेका सामाग्रीहरुको प्रदर्शन हुने भएको छ ।

सिक्किममा जन्मेर आफ्नौ मौलिक लिम्बु सस्कृतीलाई जगेर्णा गर्ने र युवापुस्तामा पनि आफ्नोपन र जातिय बिषेशताको दृष्टबोध गराउने उदेस्यले प्रत्येक साल कार्यक्रमको आयोजना गर्ने गरिएको नियारा प्रोडक्शनका संयोजक नियारा ताम्लिङ लिम्बुले बताउनुभयो ।

कार्यक्रमलाई उदेस्य तथा उत्कर्षमा पुर्याउनका लागी आफ्नो संघको तर्फबाट जस्तोसुकै चुनौतीलाई पनि सहजै आत्मसाथ गर्ने सहआयोजक सस्था थाक्थुङ थाङबेन मेन्छिङ सयङका अध्यक्ष रोमन लिम्बुले बताउभयो । यो कार्यक्रमले सक्किमे लिम्बु र नेपालका लिम्बुहरुलाई एकै हौ भन्ने भावनाको बिकास गराउदै एकताको सुत्रमा बाध्न प्रेरणा मिल्ने चासोक तङनामका नेपाल तर्फका कार्यक्रम संयोजक नुनाम केरुङको भनाई छ ।

पछिल्लो समय अन्य सभ्यताको प्रभावले लिम्बुजन्य संस्कार तथा मौलिकतामा असर पुग्दै गएपनि सिक्किमा भने लिम्बुहरुको भाषा,लिपी , सस्कार ,सस्कृती , रितिरिवाज , मौलिक परम्परा, रहन सहन सुरक्षित रहेको पाईन्छ ।सिक्किम, दार्जि्िलङ,कालिम्पोङ लगायतका लिम्बु समुदायको बसोबास रहेको क्षेत्रमा लिम्बुहरुको मौलिक चाड तथा सास्कृतिक कार्यक्रमको आयोजना हुदै आएको छ ।