आज: १३ कार्तिक २०७७, बिहीबार | Thu, 29, Oct, 2020
FLASH NEWS

सत्यहाङमा मेलामा आयोजिक सांस्कृतिक कार्यक्रममा बिभीन्न महानुभाबहरुद्धारा प्रायोजन

कञ्चनजंघा अनलाईन ४ पुष २०७५, बुधबार ०२:१५ मा प्रकाशित ( १ साल अघि) २०७ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ४ पुस । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर गाउँपालिका ४ फाक्चामारा दोबाटेमा परम्परादेखी लाग्दै आएको सत्यहाङमा मेलामा आयोजिक सांस्कृतिक कार्यक्रममा बिभीन्न महानुभाबहरुद्धारा प्रायोजन गर्नु भएको छ । ऐतिहाँसिक रुपमा लाग्दै आएको मेलाको अबसरमा आयोजित भब्य सांस्कृतिक कार्यक्रममा प्रथम पुरस्कार छथर ४ का फाक्चामारा मेहेलबाटे शेतीसिला आधारभुत बिद्यालयका शिक्षक मदन कुमार ईमेहाङद्धारा २० हजार प्रायोजन गर्नु भएको छ । त्यस्तै छथर ४ फाक्चामारा हाल दुबईमा कार्यरत
चिनकुमार कुरुम्भङले स्वगीय बुबा चन्द्रध्वज लिम्बु र स्वगीय आमा ईन्द्रमाया लिम्बुको स्मृतीमा दोश्रो पुरस्कार १५ हजार प्रायोजन गर्नु भएको छ ।
प्रतियोगिताको तेश्रो पुरस्कार छथर ४ फाक्चामारा बतासे हाल मलेसियामा कार्यरत चन्द्र बहादुर भुजेलले १० हजार प्रायोजन गर्नु भएको मेला ब्याबश्थापन समितीका अध्यक्ष देबेन्द्र कुरुम्भङले जानकारी लिदनु भर्एको छ । छथर ४ फाक्चामारा हाल कुबेतका योगेन्द्र थापा र छथर ४ फाक्चामारा हाल मलेसियाका कार्यरत कमल लिम्बुले एक एक थान बल प्रायोजन गर्नु भएको छ । प्रतियोगिता मेहेलबोटे सांस्कृतिक परिवार र थाक्चोलुङ तोपा माङहिम मेला ब्याबश्थापन समितीको आयोजनामा हुने भएको हो ।