आज: २८ श्रावण २०७७, बुधबार | Wed, 12, Aug, 2020
FLASH NEWS

गाउँमै निःशुल्क दन्त शिबीर सञ्चालन हुुने

कञ्चनजंघा अनलाईन ४ पुष २०७५, बुधबार ०९:५७ मा प्रकाशित ( १ साल अघि) ८७ पाठक संख्या

प्रकाश पाक्साँवा
तेह्रथुम, ४ पुस । जिल्लाको छथर गाउँपालिका हमरजुङ स्वास्थ्यचौकी निशुल्क दन्त शिबीर सञ्चालन हुुने भएको छ । आर्थीक रुपमा बिपन्न भएका कारण दाँत उपचारमा समस्या हुँदै आएको दाँतका बिरामीहरुलाई सेवा दिने उदेश्यका साथ यही पुस ११,१२ र १३ गते सञ्चालन हुने भएको स्वास्थ्य बिभाग छथरका प्रमुख डम्बर चेम्जोङले बताउनु भयो ।

छथर गाउँपालिका कार्यलय स्वास्थ्य शाखाको आयोजना तथा पुर्बाञ्चल डेण्टल अस्पताल ईटहरी सुनसरीको साँझेदारीमा“गाउँपालिका दन्त उपहार कार्यक्रम २०७५” अन्तरगत शिबिर सञ्चालन हुने भएको हो । शिबिरमा गाउँपालिका क्षेत्रमा बसोबास गर्दै आएका नागरिकहरुलाई निशुल्क रुपमा दाँत लगाउने,आबश्यकता दाँत उखालिने भएको छ । सेवा लिन आउने नागरिकहरुले अनिबार्य रुपमा नागरिकताको प्रतिलिपी ल्याउनु पर्ने गाउँपालिकाका प्रबक्ता राजन नेपालीले बताउनु भयो ।

तिन दिन सम्म सञ्चालन हुने शिबीरमा सेवाग्राहीहरुले ११ गते पहिलो दिन नै सम्पर्क राख्नु स्वास्थ्य शाखाले अनुरोध गरेको छ । गाउँमै सञ्चालन हुने शिबीरमा आर्थीक रुपमा बिपन्नका साथै दुर्गम गाउँमा रहेका दाँतका रोगीहरुले सेवा लिन भएका छन ।